अभियान युवा क्लवको अध्यक्षमा गिरी

सराङकोट न्यूज
25 July, 2021 3:41 pm
Advertisements
Advertisements

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको अभियान युवा क्लवको अध्यक्षमा राजु गिरी चयन भएका छन् । शनिबार भएको क्लवको १२ औं साधारण सभा तथा चौथो अधिवेशनबाट गिरी अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले उपाध्यक्षमा मुक्ति बिजुक्छे, सचिवमा मुक्त गिरी, कोषाध्यक्षमा विक्रम थापा, सहसचिवमा जिवन आचार्य, सहकोषाध्यक्षमा अमृत गुरुङ चयन भए । त्यस्तै कार्यसमिति सदस्यमा जय गुरुङ, राजेन्द्र खत्री, रमेश जिसी, द्रवेश बोहोरा, अशोक थापा, निर्दोषजंग थापा र विश्व बास्तोला चयन भएका छन् ।

यसअघि भएको साधारण सभालाई उत्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रवक्त तथा वडा नं. ५ का वडाध्यक्ष धन बहादुर नेपालीले कुनै पनि संघसंस्थाले व्यक्तिलाई प्रत्यक्ष सकरात्मक असर पर्ने कार्र्य र मानिसको जीवन फेरिने कार्य गर्नुपर्ने बताए । संस्थाले समाजमा गर्ने विभिन्न कार्यक्रममा साझेदारी गर्न वडा सधै तयार रहेको समेत उनले बताए । अहिलेको अवस्थामा मानव स्वास्थ्य सचेतनाका कार्यक्रम अरु कार्यक्रमभन्दा अलि बढी राख्नुपर्ने उनको भनाई थियो ।

पोखरालाई उत्कृष्ट पर्यटकिय गन्तब्य बनाउनका लागि महानगरको समन्वयमा वडाले अहिले जिरो किमीदेखि हल्लनचोकसम्म ब्युटिफिकेशनको कार्य गरिरहेको समेत उनले जानकारी दिए ।

त्यस्तै वडा ५ का जनप्रतिनिधि उज्वल खत्रीले थोरै काम गर्नुपर्ने तर उत्कृष्ट कार्य गर्नुपर्ने सुझाव दिएका छन् । राम्रा कामका लागि वडा सधै साथमा रहेको प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष जगदिश प्रसाद अधिकारीले समाज रुपान्तरण समेत क्लव लागेको बताए । क्लवले संस्थापन कालदेखिनै सक्रियरुपमा लाग्दै अहिले वडाको नमुना क्लवको रुपमा चिनिएको उनको भनाई थियो ।

त्यस्तै अभियान महिला समुहकी अध्यक्ष शर्मिला केसीले अव आउने नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकार्य गर्न तयार रहेको बताइन् ।

साधारण सभामा क्लवका अध्यक्ष मोहन बहादुर केसीले आफ्नो कार्यकालमा साथदिने सबैमा धन्यवाद ज्ञापन गरे ।

पोखरा ५ फिर्के तमु समाजघरमा भएको साधारण सभाबाट अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ ।

आगामी कार्यकालका लागि चयन भएको टिमले राजकुमारी थापा, उज्वल खत्री, नारायण शर्मा, कृष्णबहादुर थापा, धर्मराज खत्री र अभियान महिला समूहलाई सल्लाहकारमा चयन गरेको छ । साथै क्लवलाई समाज हितमा अग्रसर गराउँदै क्लवको गरिमालाई उचाइमा पुराउने प्रतिवद्धता व्यक्त गरे ।

२०६३ सालमा स्थापना भएको क्लवले सामाजिक, वातावरण, शिक्षा, स्वास्थ्य तथा खेलकुदका कार्यक्रम गर्दै आएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: