३३ हजारले चिकित्सा शिक्षाको लागि कमन इन्ट्रान्स दिदै, मदरल्याण्ड बोर्डिङमा सेन्टर,संयोग कि सेटिङ ?

यदुनाथ बन्जारा
27 July, 2021 4:04 pm
Advertisements
Advertisements

यो वर्षमा चिकित्सा शिक्षाको स्नातक तह पढ्न देशभरबाट एकै पटक कमन इन्ट्रान्स भइरहेको छ। देशभरका विभिन्न ५ ठाउँमा २९ वटा परीक्षा केन्द्र तोकेर श्रावण ९ गतेबाट परीक्षा जारी रहेको छ । परीक्षार्थीहरुलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनिवार्य गरिएको छ । पिसिआर परीक्षणको रिपोर्ट सहित परीक्षा हल प्रवेश गर्न पाइने प्रावधान आयोगले तोकेको छ ।
देशका पाँच ठाउँ मध्य पोखरा पनि एक परेको छ । पोखरामा दुई वटा सेन्टर तोकिएका छन् ति दुवै नीजि शैक्षिक संस्था हुन् । पोखराको मदरल्याण्ड वोर्डिङ स्कुल र लेखनाथको गण्डकी मेडिकल कलेजलाई सेन्टर तोकिएका छन् ।
यस अघि सरकारी तहबाट लिइने अधिकांस परीक्षा केन्द्र सरकारी तथा सामुदायिक विद्यालय तथा क्याम्पसमा हुने गरेको थियो तर उच्च महत्वका साथ हेरिएको चिकित्सा शिक्षा तर्फको कमन इन्ट्रान्स परीक्षाको केन्द्र पोखरामा दुई नीजि शैक्षिक संस्थामा तोकिएको छ । सरकारी तथा सामुदायिक स्तरमा सुविधा सम्पन्न शिक्षण संस्था रहेको पोखरामा नीजि शैक्षिक संस्थालाई केन्द्र तोकिएको प्रति अर्थपूर्ण रुपमा हेरिएको छ । धरानमा परीक्षाका लािग खटिएका चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाका अनुसार धरानमा २ वटा परीक्षा केन्द्र तोकिएका छन् ती दुवै सरकारी शैक्षिक प्रतिष्ठान हुन् । धरान पव्लिक हाइ स्कुल र विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्समा परीक्षा केन्द्र तोकिएको धरानबाट सेमन्तराज कोइरालाले वताए ।
पोखरामा भौतिक पूर्वाधार सम्पन्न सरकारी शैक्षिक संस्था हुँदा हुँदै नीजि शैक्षिक संस्थामा सेन्टर तोकिनुमा कतै सेटिङ त छैन भन्ने प्रश्न उव्जिएको छ । सेन्टर छनोटको जम्मा लिएका आयोगका पोखरा खटिएको कर्मचारी सिताराम कोइराला सँग जिज्ञाशा राख्न फोन गर्दा सम्पर्क भयो तर वोल्न चाहेनन् । पछि उनले मोवाइल अफ गरे ।

मदरल्याण्ड परीक्षा केन्द्रमा दुईलाई होम सेन्टर

मदरल्याण्ड वोर्डिङबाट १२ कक्षा उत्तीर्ण गरेका दुई विद्यार्थीले श्रावण ९ गतेको एम.वि.वि.एस प्रवेश परीक्षामा होम सेन्टरको अवसर पाएका छन् । आफ्नै विद्यालयको केन्द्रमा परीक्षा दिन पाउने दुई विद्यार्थी मध्य एक जना मदरल्याण्ड वोर्डिङ स्कुलकै फाउण्डरका छोरा हुन् भने अर्का पोखरा महानगर शिक्षा महाशाखाका शाखा अधिकृतका छोरा हुन् ।
नीजि विद्यालय मदरल्याण्ड वोर्डिङ स्कुलमै परीक्षा केन्द्र तोकिनु सोही विदालयमा पढेको विद्यालयकै फाउण्डरका छोरा र सोही विद्यालयमा पढेका शिक्षा महाशाखाका शाखा अधिकृतका छोराले होम सेन्टरको अवसर पाउनुलाई संयोगमात्र मान्ने कि सेटिङ भन्ने विषयमा आयोगले सुक्ष्म ढंगले समिक्षा गर्नु पर्ने अवस्था आएको छ । मदर ल्याण्ड वोर्डिङका एक फाउण्डर परीक्षाका केन्द्राध्यक्ष रहने प्रावधान छ । विद्यालयले आफ्नो उत्पादनलाई राष्ट्रिय चर्चामा ल्याउन पनि विभिन्न तारतम्य मिलाएर परीक्षाको केन्द्र सेटिङ मिलाएको हुन सक्ने अड्कल गरिएको छ ।
मदरल्याण्ड मै किन परीक्षा केन्द्र भन्ने हाम्रो जिज्ञाशाको उत्तर दिन परीक्षामा खटिएका कर्मचारी सिताराम कोइराला तर्कनुले पनि शंकाको सुविधा दिएको छ । सिसि क्यामेरा जडित सुविधा सम्पन्न विद्यालयको रुपमा पोखरामा मदरल्याण्ड एक मात्र परीक्षा केन्द्र हो भने होम सेन्टर सुविधा पाएका फाउण्डरकै छोरा र शिक्षाका कर्मचारीका छोराको परीक्षाको गतिविधि सिसि क्यामेरा फुटेजबाट पनि आयोगले समिक्षा गर्न सक्छ होम सेन्टर संयोग हो कि सेटिङ भन्ने वारेमा ।
अर्को परीक्षा केन्द्र लेखनाथको रिठ्ठेपानीमा रहेको गण्डकी मेडिकल कलेजको डेण्टल कलेजमा तोकियो । उक्त कलेज पनि नीजि शैक्षिक संस्था हो । परीक्षाको केन्द्राध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ सहितको अस्पतालको कर्मचारी खटाइएको थियो त्यहाँ विडिएसको इन्ट्रान्स परीक्षा लिइएको थियो ।
कुनाकानी खोजेर सेन्टर तोक्ने, नीजि शैक्षिक संस्थामा सेन्टर तोक्ने, फाउण्डरका छोराछोरीलाई सहज पार्ने गरी सेन्टर तोक्ने कार्यले चिकित्सा शिक्षा आयोगको अहिले सम्म सतिसाल झै उभिएको साख नुहिन्छ कि ? भन्ने आम नागरिकको चिन्ता रहेको छ यो चिन्ता आयोगले कति लिन्छ त्यो हेर्न वाँकी छ ।

 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: