नेताहरुमा देखिएको विचारविहिन सिद्धान्तहिन राजनीति

शिवराज वस्ताकोटी (शिवदाई)
17 August, 2021 12:38 pm
Shiva Raj Bastakoti

नेपालमा सात सालदेखि आजसम्म आइपुग्दा यति धेरै पाटिको उदय भयो यति धेरै नेता जन्मिए कि भनी साध्य छैन तर पनि देसले असल राजनेता पाउन अति नै कष्ट भ‍ोग्नु पर्यो त्यसमा पनि जति नेता जन्मिए ती नेता जिवित छदा आलोचित मृत्यु पश्चात् सन्मानित हुनु पर्यो देसमा पुष्पलाल विपि गणेशमान किशुनजि मदन भण्डारि जस्ता नेताले जन्म लिए तर तिनको पनि जिवित छदा आलोचना हुँदै गयो मृत्युु पश्चात् भने हिजो विरोध गर्ने खुट्टा तान्ने हरुले नै बडो सन्मान गर्न थाले यहाँ सम्म कि हामी वहाहरुले नै देखाएको बाटो अघि बढि रहेका छौ भन्दै जान थाले ।कागं्रेस ले ता अझै पनि विपिवादको नारा लगाउदै आएको छ लाजै नमानि हामी विपिवादको बाटोमा छौ भन्छ तर कागं्रेसमा विपिवादको छनक तक देखिदैन मात्रै विपिको नाम भज्दै विचारविहिन सिद्धान्त हिन राजनीतिक यात्रामा कागं्रेस अगाडि बढि रहेको छ ।
यता देसकै सबैभन्दा ठूलो पाटि भन्दै आएको एमाले पनि बर्षौ देखि स्व मदन भण्डाारिकै नाम बेचेर धानिदै आएको छ र लाजै नमानि हामी मदन भण्डारीले देखाएको बाटोमा लागि रहेका छौ भन्दै आइरहेको छ । उनको हत्यारा आजसम्म पत्ता लगाउन एक रत्ति पनि चासो नदिने उनले देखाएको बाटो विराउदै जाने तर उनै मदन भण्डारिको नाम मात्रै लिएर राजनीति गर्ने सत्तामा जाने सबैका इच्छा आकाक्षा पुरा गर्ने शिवाय अरु केही देखिदैन एमालेले पनि विचार विहिन सिद्धान्त हिन राजनीतिक यात्रामै दसकौ विताउदै आऐको छ ।यता नेपालका कुनै पनि कम्युनिस्ट पाटि हरुले वास्तविक पाटिको नीति पद्दतिलाई कुल्चदै माओवाद मार्क्सवादी लेनिनवाद लाई त्याग्दै आएका छन् यहाँ सम्म कि अब मात्रै शब्दमै सिमित कम्युनिस्ट छन् सबका सब पाटि र नेता विचार विहिन सिद्धान्त हिन राजनीतिक यात्रामा छन्।यहाँ पाटिको नीति पद्धति विचार र सिद्धान्तमा नत कुनै पाटि न त कुनै नेता छन् बास सबैको सत्तावाद सिद्धान्त र वालुवाटार विचार छ।
हिजो विपिले जुन समाजवाद भनेका थिए के कागं्रेस त्यहि समाजवादको बाटोमा छ त यदि यहि प्रस्न गर्ने हो भने स्वय कागं्रेस कै नेताहरु समेत अलमलमा पर्छन् उनिहरु पनि यसो कुनै राजनीतिक समस्या आयो कि विपिकै नाम अगाडि त्यर्स्याएर आफ्नो शासन सत्ता सरक्षण गर्न तिर लाग्न थाल्छन् जब जब पाटिमा संकट र समस्या आाउछ तब तब विपिवाद लाई ढालको रुपमा त सत्ता स्वार्थ लाई तरवार बनाउदै आइ रहेका छन् ।यतिबेला का प्रधानमन्त्री को पाचौ पटक वालुवाटार यात्रा पनि विपिवादको व्याजले धानिएकै कारण पाटिको अस्तित्व बचे पनि विचारविहिन सिद्धान्त हिन राजनीतिक यात्राको सकेंत तथा प्रमाण हो।
त्यसैले भन्नै पर्ने हुन्छ नेपालका यो वा त्यो नभनिकन जुनसुकै दल भएपनि जति नै ठुला कुरा गर्ने नेता भएपनि जति नै चर्का भाषण गरे पनि सबै पाटि र नेताहरुले हिजोका दिनमा चाहे पाटि प्रशिक्षणमा होस् चाहे भाषण गर्दा नै होस् जे भनेका थिए त्यसको एक अंश पनि पटिको नीति नियम विधान अनुशासन आचारिहिता कुनै पनि पाटिका नेताहरुले पालना गरेका छैनन्।।कहिले राजा ठिक कहिले राष्ट्र पति ठिक कहिले सवैधानिक राजतन्त्र ठिक कहिले लोकतान्त्रिक गणतन्त्र ठिक कहिले जस्तो राजनीतिक परिस्थिति आउँछ त्यहि ठिक बास् सबैको एउटै उदेश्य सत्तामा कसरि पुग्न सकिन्छ भन्नेमा मात्रै केन्द्रित राजनीतिक यात्रा छ।चाहे त्यो काकं्रेस एमाले होस् चाहे त्यो माओबादि पाटि राप्रपा वा जुनसुकै पाटि होस् सबै पाटि जब जब सत्ता बाट अलि टाढा हुन थाल्छन् तब तब पाटिको नीति पद्दति विचार र सिद्धान्त का कुरा गर्न थाल्छन् जब सत्ता नजिक पु्ने सभावना देख्न थाल्छन् तब सबै नीति पद्धति विचार सिद्दान्त लाई बाग्मतिमा बगाएरै वालुवाटार प्रवेस गर्न उद्दत रहन्छन् ।
यसमा अरुलपाटि भन्दा पनि विशेष गरेर कांग्रेस र कम्युनिस्ट बढि दोषि देखिन्छन्। त्यसमा पनि कागं्रेस विपिवाद लाई विर्सदै गएपनि विपिकै नाममा धानिएको छ । एमाले उनलाइ बिर्से पनि उनको हत्या प्रकरण लाई पटक पटक सत्तामा पुग्दा पनि खोजविन छानविनको प्रकृयामा नल्याए पनि उनै मदन भण्डारिकै नाम जपेर धानिएको छ माओवादि पनि हिजोको दसबर्षे जनयुद्दको शाखमा र परिवर्तनको नाराकै भरमा धानिएको छ ।तर अब सबै पाटि भित्रै प्रस्न उठ्न थालेका छन् कहिले सम्म यस्तो राजनिति गरेर जनता लाई झुक्याउदै वालुवाटार छिर्ने र सत्ता भागबण्डामै रमाउने कहिले सम्म विचार विहिन सिद्धान्त हिन राजनीतिक यात्रामा लागेर देसमा परिवर्तन ल्याउने कहिले सम्म विपि र मदनको नाम लिएर जनता लाई झुक्याउदै जाने झुक्याउनु को पनि सिमा हुन्छ । अनि नेपालका कम्युनिस्ट हरुले कहिले सम्म ससदवाद लाई भर्याङ बनाएर कमाउ राजनीति गर्ने र लाजै नमानि वालुवाटार र सिहदरवारमा साइरन बज्ने सवारिमा सवार भइ रहने । आम नेपाली जनताका मनमा यस्ता धेरै प्रस्नले जन्म लिदै गएका छन्।कहिले सम्म विचारविहिन सिद्धान्त हिन राजनीति गरेर देस र जनता लाई आफ्नै पाटिका कार्यकर्ता लाई झुक्याउदै जाने त्यसैले भन्नै पर्ने हुन्छ यदि नेताहरु बेलैमा चेताएनन् भने यी र यस्ता प्रस्नहरु सग सगै लाखौ जनताले औला ठड्याएर घेरा हाल्दै के यहि हो विपिवाद के यहि हो मदन भण्डारिले देखाएको बाटो के यी हो परिवर्तन भन्दै सोध्ने छन् सायद ती दिन पनि धेरै टाढा छैनन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: