अक्सिजनमा आत्मनिर्भर वन्दै क्षेत्रीय अस्पताल

सराङकोट न्यूज
19 August, 2021 9:50 am

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान हुँदै गरेको अक्सिजन प्लान्ट हो यो । विदेशमा वस्ने नेपालीहरु (एनआरएन) ले चीनबाट करिव डेढ करोड रुपैयाँमा खरिद गरी क्षेत्रीय अस्पताल पोखरालाई सहयोग स्वरुप उपलव्ध गराएको यो प्लान्ट ले २४ घण्टामा ४६ लिटरका २ सय सम्म सिलिण्डर अक्सिजन उत्पादन गरी भर्न सक्ने क्षमताको रहेको क्षेत्रीय अस्पताल पोखराका अक्सिजन आपूर्ति व्यवस्थापन तर्फका फोकल पर्सन विमल वरालले वताए ।
अहिले प्लान्ट जडानको अन्तिम चरणमा पुगेको छ । प्राविधिक समस्या नआएमा अवको केहि दिन भित्रै यो प्लान्टले उत्पादन सुरु गरी अक्सिजन आपूर्ति व्यवस्थामा सहजता प्रदान गर्ने लक्ष लिएको छ । यो प्लान्टको पूर्ण संचालन पछि क्षेत्रीय अस्पतालले दैनिक ४०–५० सिलिण्डर मात्र किने पुग्छ । नीजि उद्योगबाट अक्सिजन खरिद गर्दा उत्पादनमा समस्या आउँदा अस्पताललाई पर्ने संकट पूर्ण अवस्थाबाट मुक्ति पाउने अपेक्षा गरिएको छ । यो प्लान्ट उत्पादन स्थलबाट पाइप लाइन मार्फत् सिधा वेड सम्म अक्सिजन सप्लाई गर्ने गरी पाइप लाइनको विस्तार कार्य भइरहेको असप्ताल स्रोतले वताएको छ । पाइपलाइनबाट सिधा सप्लाई कार्य भएपछि सिलिण्डरको अक्सिजन रिजर्भ स्रोर्सको रुपमा रहने छ ।

उता वतास अर्गनाइजेशको अग्रसरमा ल्याइदै गरेको जर्मन प्रविधिको प्लान्ट पनि एक महिना भित्र पोखरा आइ पुगने वताइएको छ । उक्त प्लान्ट समेत जडान भएपछि पोखराका सरकारी अस्पताल अक्सिजनमा पूर्णतया आत्मनिर्भर हुने प्राय निश्चित छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: