थ्रि एन्जलस नेपालको चौधौँ साधारणसभा सम्पन्न

सराङकोट न्यूज
22 August, 2021 1:59 pm

संस्था आत्मनिर्भरको बाटोमा: प्रमुख कार्यकारी डा. गौतम

पोखरा : थ्रि एन्जल्स नेपालको १४औँ साधारण सभा शुक्रबार सम्पन्न भएको छ । पोखरा १५ नयागाउँस्थि संस्थाको आप्mनै कम्प्लेक्समा सेमि भर्चुवल माध्यमबाट सधारणसभा गरिएको हो ।
कार्यक्रममा बोल्दै थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी डा. राजेन्द्रकुमार गौतमले संस्थाको दिगोपन र आत्मनिर्भरका लागि गरिएका प्रयासमा सबैको साथ मिलेको बताउनुभयो । संस्थाको सफलताका निमित्त संस्थामा आवद्ध सबैको भूमिका उत्तिकै हुने बताउँदै डा. गौतमले मानिसप्रतिको प्रेम र उसको क्षमता पहिचान गर्न सकेको खण्डमा कुनैपनि संस्था दिगो रुपमा अघि बढ्न सक्ने बताउनुभयो । डा. गौतमले चौध वर्ष अघि संस्था स्थापना गर्दाको अवस्था स्मरण गर्दै संस्थालाई सहयोग गर्ने संस्थाका कर्मचारी, राज्यका निकायहरु, स्थानीय तह, प्रहरी प्रशासन, र सम्पूर्ण सरोकारवालाहरुलाई धन्यबाद दिनुभयो ।
आगामी कार्ययोजना र रणनीतिबारे बताउँदै डा. गौतमले अब दिगोपनका लागि आत्मानिर्भताको बाटोतर्फ अघि बढेको जानकारी दिनुभयो । उहाँले अब संस्थाका विभागहरुलाई स्तरोन्नती गर्दै संस्थालाई अझ शशक्त बनाउँदै लैजाने योजना सुनाउनुभयो । मानिसप्रतिको प्रेम र क्षमता पहिचान गरी उनीहरुको विकास गर्न सके समाजबाट विकृति विसंगती र बेचविखन जस्ता जघन्य अपराधहरु समेत कम हुँदै जानेमा डा. गौतमको जोड थियो ।
सोही अवसरमा आफ्ना धारणा राख्दै थ्रि एन्जल्स नेपालका अध्यक्ष सारदा खत्री गौतमले थ्रि एन्जल्सका नेपाल संस्था मात्र नभई एउटा परिवार पनि भएको बताउनुभयो । कोरोनाको महामारीका बीच समेत संस्थामा आवद्ध सबैले मानव बेचविखन विरुद्ध खटिएर काम गरिरहेको उहाँको भनाई थियो । साथै संस्थाले सामाजिक लेखाजोखा र साधारणसभा तोकिएकै समयमा सम्पन्न गर्ने अभ्यास गरिरहेको बताउनुभयो । साथै कोरोना संक्रमणका कारण चरक अस्पतालको भेन्टिलेटरमा उपचारत संस्थाका मानब संसाधन विभाग म्यानेजर किसान बहादुर गुरुङ गुरुङ्गको स्वास्थ्यलाभको कामना गर्नुभयो ।
कार्यक्रमा शुभकामना मन्तव्य राख्दै थ्रि एन्जल्स नेपालका पुर्व सचिब भुपेन्द्र आर्चयले लामो संघर्ष र निरन्तर मेहनतले संस्था सफलताको बाटोमा आइपुगेको बताउनुभयो । भ¥याङ्ग मुनि कार्यालय राखेर सुरुवात भएको संस्था अहिले आफ्नै सुधिासम्पन्न भवनबाट सञ्चालन हुनुमा संस्थापक अध्यक्ष डा. राजेन्द्रकुमार गौतम र सह–संस्थापक शारदा खत्री गौतमको योगदान महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
यसैबीच संस्थाले हरेक वर्ष उत्कृष्ठ कार्य गरेवापत प्रदान गर्दै आएको सर्वोत्कृष्ठ कर्मचारी अवार्ड शुभतारा थ्रि एन्जल्स मिसन स्कूलका जनसम्पर्क प्रमुख विष्णु ढकालले प्राप्त गर्नुभयो । उहाँलाई संस्थाका अध्यक्ष शारदा खत्री गौतम, प्रमुख कार्यकारी डा. राजेन्द्र गौतम र अघिल्लो वर्ष सोही अवार्ड प्राप्त गरेका भीम पौडेलले संयुक्तरुपमा ट्रफी हस्तान्तरण गर्नुभयो ।
सााधारणसभामा संस्थाका सचिव गणेशकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष ०७७÷७८ को प्रगाति बिवरण र संस्थाका कोषाध्यक्ष रमेश पाण्डेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन सर्व सम्मतिले पारित भएको छ ।
संस्थाका अध्यक्ष शारदा खत्री गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका कानून अधिकृत अधिवक्ता भीम पौडेलले गर्नुभएको थियो । कार्यक्रममा, संस्थाको विभिन्न शाखाका प्रतिनिधिहरु भने भर्चुवल रुपमा सहभागी भएका थिए ।

 

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: