१० वर्षसम्म कसले खायो ९ दरबन्दी ? स्थायी शिक्षकको दरबन्दी पनि गुमनाम !

यदुनाथ बन्जारा
24 August, 2021 4:53 pm
Advertisements

पोखरा

जिल्ला भरको शिक्षा प्रशासन हेर्ने जिम्मेवारी लिएर बसेका साविक जिल्ला शिक्षा कार्यालय र हाल शिक्षा विकास समन्वय इकाइ कार्यालयका कर्मचारीहरु कति गैह्र जिम्मेवार र अकर्मण्य हुन्छन् भन्ने उनीहरुले गर्ने कार्य नतिजाले पुस्टि गरेको छ। कास्की जिल्लाका ५ वटा पालिकाहरुमा रहेका सरकारी तथा सामुदायिक विद्यालयहरुमा कति दरबन्दी छन्? कुन विद्यालयमा कुन तहमा कति दरबन्दी शिक्षक कार्यरत छन् कति दरबन्दी रिक्त छन् ? भन्ने समेत जानकारी नरहेको प्रकरण बाहिरिएको छ ।
कास्की जिल्लाको मा.वि. तहका जम्मा ३८० दरबन्दी २०६८ सालमै स्वीकृत भएको हो । तर १० वर्ष देखि ३७९ जना शिक्षकलाई मात्र दरबन्दीमा खटाएर एउटा दरबन्दी गोप्य ढ·ले निष्कृय राखिएको खुलासा भएको छ । कास्कीमा २०६८ सालमा दरबन्दी मिलान गरिएको थियो । त्यस यता साविक विद्यालयहरु पालिका अन्तर्गत सञ्चालनमा रहदै आएका छन्। पालिकाहरुले शिक्षा विकास समन्वय इकाइले पठाएका दरबन्दी बमोजिम शिक्षकलाई तलब भत्ता खुवाउँदै आएका छन्।
कास्की जिल्लामा स्वीकृत भई कायम रहेको दरबन्दी मध्ये मा.वि. तहको अंग्रेजी विषयको दरबन्दी विगत लामो समयदेखि जिल्ला शिक्षा कार्यालयले लुकाएर राखेको तथ्य हालै मात्र सार्वजनिक भएको छ। ३८० वटा मा.वि. दरबन्दी स्वीकृत भएकोमा ३७९ वटा मात्र दरबन्दीमा शिक्षक पदपूर्ति गरिएको छ । कहिलेबाट एउटा दरबन्दी गायव बनाइयो भन्ने बारेमा शिक्षा विकास समन्वय इकाई कार्यालय कास्कीका कर्मचारीहरु बताउन चाहदैनन् ।
करिब एक दशक अघि स्वीकृत गरि दरबन्दी मिलान गरिएको थियो। त्यस यता दरबन्दी मिलान पनि भएको छैन भने एउटा दरबन्दी रिक्त राखिएको खुल्न आएको छ। इकाइका कर्मचारीहरु दरबन्दी लुकेको चालै नपाएको बताउँछन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र काठमाडौंले शिक्षक दरबन्दीको ०७७/०७८ को विवरण माग गरेपछि मात्र स्थायी शिक्षक दरबन्दी १ र राहत दरबन्दी ९ वटा बल्ल फेला परेको समन्वय इकाई कार्यालयले बताएको छ ।
दरबन्ददी फेला परे लगतै उक्त स्थायी दरबन्दी पार्दी मा.वि. पोखरा–१७ लाई वितरण गरिएको छ । जिल्ला शिक्षा समिति कास्कीको २०७८ श्रावण २९ गतेको निर्णय वमोजिम करिव १० वर्ष पछि फेला परेको दरवन्दी पार्दी मा.वि.लाई दिइ उक्त दरवन्दीमा महेन्द्र मा.वि. भलामका शिक्षक वमादेव पौडेललाई सरुवा गर्ने र भलाममा शुक्ला गण्डकी मा.वि. माछापुच्छ«े का शिक्षक ढक वहादुर पुनलाई महेन्द्र मा.वि. भलाममा सरुवा गर्ने टुङ्ग·ो लगाइएको खवर सराङकोट न्यूजलाई प्राप्त भएको छ ।
यस्तै मा.वि. १ स्थायी सहित ९ वटा राहत दरवन्दी विगत लामो समय देखि गुमनाम राखिएको पाइएको छ । ति फेला परेका राहत दरवन्दीमा पनि शिक्षक दरवन्दी मिलान तथा वितरण गर्ने कार्य जिल्ला शिक्षा समितिले गरेको छ । शिक्षा समितिले ५ वटै पालिकामा विद्यालय नै तोकेर दरवन्दी दिएको भन्दै प्राथमिकता अनुसार शिक्षक दरवन्दी मिलान हुन नसकेको भन्दै पालिका तहमा रहेका शिक्षा शाखाहरु सन्तुष्ट हुन सकेका छैनन्।
शिक्षाका कर्मचारीहरुले आफ्नो जिल्लामा प्राप्त जनशक्तिको दरवन्दी पहिल्याउन असक्षम हुँदा विभिन्न पालिकामा रहेका विद्यालयका विद्यार्थीहरुले शिक्षकको अभावमा नियमित पढाइबाट वञ्चित हुनु प¥यो भने आन्तरिक आय नभएका कतिपय विद्यालयले विद्यार्थीसँग शुल्क लिएर वा चन्दा उठाएर विद्यालय धान्न परेको थियो । सरकारले मा.वि. तहसम्मको निःशुल्क शिक्षा दिने नीति वमोजिम व्यवस्था गरेको भौतिक पूर्वाधार र शिक्षक दरवन्दीको लागि राज्यले दिएको सुविधा वर्षौ देखि गुम्न पुगेको छ ।
हरेक पालिकाले आफ्नो पालिकामा कति दरवन्दी छ भन्ने विवरण अध्यावधि गरी समन्वय इकाइमा पठाएको हुन्छ, समन्वयले उक्त विवरण विभागमा अध्यावधि गरेको हुनुपर्ने हो । त्यसो गर्दा शिक्षकको पुरै दरवन्दीको एकिन हिसाव आउँछ । त्यसमा पनि तलव मागफाराम भर्दा हरेक विद्यालयले आफ्नो विद्यालयको दरवन्दी, राहत दरवन्दीको हिसाव छर्ल·ै हुन्छ तर कास्कीमा अनौठा चर्तिकला देखिएको छ। १० वटा शिक्षकको दरवन्दी लुकेको कुरो त्यहाँको शिक्षा समन्वयका कर्मचारीलाई थाहा भयो न पालिकाका कर्मचारीलाई।
जिल्ला शिक्षा समितिलाई जिल्लाभरका पालिका सँग समन्वय गरी शिक्षक दरवन्दी मिलान र वितरण गर्ने अधिकार छ भने यति लामो समयसम्म किन एकिन दरवन्दी खोजविन गरिएन ? यो आमनागरिकले सोध्ने प्रश्न हो । हरेक चौमासिक रुपमा निकासा भई आउने तलव भत्तामा अनियमितता भएको जानकार शिक्षकहरुवाटै आशंका उव्जिएको छ । दरवन्दी मिलान भएको २०६८ साल यताकोे फाइल तानेर अख्तियारले अनुसन्धान गर्नु जरुरी छ ।
कर्मचारीको नियत माथि गंभिर प्रश्न उव्जेको छ । शिक्षाका कर्मचारी माग हैन आलेप गर्ने निकाय मलेप गर्ने निकाय सवै दोषी छन् यो प्रकरणमा । शिक्षकको तलवका लागि आएको वार्षिक ३५–४० लाख रुपैयाँ किन फिर्ता भयो, कुन शिर्षकबाट फिर्ता भयो भन्ने प्रश्न किन उठेन ? यसमा दुईवटा कुरा हुन सक्छन् पहिलो कुरा दरवन्दी वितरणमा दलका शिक्षक संघ संगठनसँग वार्गेनिङ मिलने दोस्रो चाही कर्मचारीले शिक्षक दरवन्दी र पदपूर्तिका वारेमा चासो नै राखेनन् ।

कहा कहा वाडियो दरवन्दी ?

वर्षो देखि लुकेको र लुकाइएको १ स्थायी मावि दरवन्दी र वाँकी ९ वटा राहत दरवन्दी कहाँ वाडिँयो हेर्नुहोस् यो चार्ट दरवन्दी तह वितरण गरिएको स्कुल पालिका
मा.वि. – पार्दी मा.वि., पोखरा – पोखरा
निमावि राहत – सितलादेवी सा.मा.वि. – पोखरा
निमावि राहत – अभिमान मे.मा.वि. – अन्नपूर्ण
नि.मा.वि. राहत – शितला मा.वि. – अन्नपूर्ण
नि.मा.वि. राहत – राष्ट्रज्योती मा.वि. सैमराङ – मादी
नि.मा.वि. राहत – जनमन्दिर आ.वि. थुम्सीकोट – मादी
नि.मा.वि. राहत – तारेवराह आ.वि. – माछापुच्छ«े
नि.मा.वि. राहत – देउराली आ.वि. – माछापुच्छ«े
नि.मा.वि. राहत – स्थानिय तहका नाममा – माछापुच्छ«े
नि.मा.वि. राहत – रुपा गा.पा. अन्तरर्गत – २ वटा रुपमा
यि समेत जोडेर कास्की जिल्ला भर रहेका शिक्षक दरवन्दी
प्रा.वि. दरवन्दी – १५८८
प्रा.वि. राहत – ९८
नि.मा.वि. स्थायी – ३८३
नि.मा.वि. राहत – १३१
मा.वि. स्थायी – ३८०
मा.वि. राहत – १०७
उ.मा.वि. – १३०
जम्मा – २८१७

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: