मणिपालमा पोखरा फ्लाईट सेन्टरको शुभारम्भ

सराङकोट न्यूज
6 September, 2021 1:54 pm
Advertisements
Advertisements

पोखरा फ्लाईट सेन्टर टुर्स एण्ड ट्राभल्सले आफ़नो सेवा विस्तार गरेको छ ।

१५ बर्ष पुरानो यस ट्राभल्सले मणिपाल टिचिङ्ग हस्पिटलको पहिलो तल्लाबाट सेवा सञ्चालनमा आएको हो । बिगत १५ वर्ष देखि पोखराको लेकसाईडबाट ट्राभल्स तथा टिकेटिङ सेवा दिदै आएको पोखरा फ्लाईट सेन्टर टुर्स एण्ड ट्राभल्सको सिटी अफिस पोखरा-१७ हिमाली टोलमा रहेको छ ।
पर्यटनसँग सम्बन्धित विभिन्न कामहरु गर्ने उद्देश्यले नेपाली पर्यटन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस कार्यालयबाट ट्राभल्स, ट्रेक्स, टुर्स, एडभेन्चर्स, कुरिअर्स, रेमिटेन्स लगाएत सेवा लिन सकिने संचालक ऋषी पौडेलले जानकारी दिनुभयो । स्वदेशी तथा बाह्य उडानका हवाई टिकट, भारतका विभिन्न स्थानमा जान रेल टिकट, काठमाण्डौ, पोखरा, चितवन, मुस्ताङ, लुम्बिनी लगायतका स्थानमा जाने एसीबस, हायस जीपहरु भाडामा उपलब्ध गराउने सञ्चालक पौडेलले जानकारी दिनुभयो ।


नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरुमा देशदर्शन कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं ११ का वडाध्यक्ष मोहन बास्तोला, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष संजय कान्त सिग्देल, मणिपाल अस्पतालका डिन दिलीप अग्रवालले संयुक्त रूपमा ट्राभल्स कार्यालयको शुभारम्भ गर्दै यस क्षेत्रमा पर्यटन संम्बन्धि काम गर्ने स्तरीय संस्था नभएकामा आज खुलेको यस क़ार्यालयबाट गुणस्तरीय सेवा प्रबाह हुने अपेक्षा व्यक्त गर्नुभयो । ट्राभल एजेन्सी नुहँदा हवाई टिकट खरिद तथा अन्य पर्यटन गतिविधि कार्यक्रमका बारेमा जानकारी लिन लेकसाईड जानु पर्ने बाध्यता थियो । अब भने यहीबाट सबै काम हुने भएकाले स्थानीयले थप सेवा सुविधा पाउने भएका छन् ।


शुभारम्भ कार्यक्रममा बुद्व एयर लायन्सका भुवनेश्वर त्रिपाठी, एती एयरलायन्सबाट राम लामिछाने, नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारी, मणिपाल अस्पतालका बिभागिय प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: