रामघाट खानी ‘न यता, न उता’

सराङकोट न्यूज
26 September, 2021 6:01 pm

पोखरा : वर्षको झण्डै आठ करोड प्रत्यक्ष आम्दानी दिने पोखराको केन्द्र भागको रामघाट खानीको ठेक्का लगाइएको छैन । ३५ वर्ष लामो अवधिको लागि ठेक्का दिने प्रस्तावका वारेमा टिका टिप्पणी र विरोधको क्रम जारी रहेको छ। जनस्तरको विरोध र मुद्दा मामिलाका कारण ३५ वर्षे सम्झौता हुने हो कि हैन यसै भन्न सक्ने अवस्था छैन ।
महानगरको जनप्रतिनिधिका लागि वाँकी अवधि महिनामा गनिदै गर्दा हुन लागेको रामघाटको ३५ वर्षे सम्झौता अनिश्चयको वादलभित्र हराइरहेको छ ।
हरेक वर्ष ठेक्का लगाएर वार्षिक करोडौ रुपैयाँ आम्दानी हुने उक्त घाटमा यो वर्ष ठेक्का लगाइएको छैन । अरु सानातिना ठेक्का आव्हान गरी मूल्यांकन कार्य भइरहेको छ । अवको करिव हप्ता दिनमा ठेक्का सम्झौता भइसक्ने छ तर गत वर्ष साँढे सात करोड रुपैयाँ आम्दानी गरेको रामघाट ठेक्का यो वर्ष शून्य अवस्थामा पुगेको छ ।
महानगरले यो वर्ष साढे ७ करोड रोयल्टी र राजस्वले करोड भन्दा वढी रुपैयाँ गुमाउँदै छ रामघाट ठेक्का नखुलाएका कारण । वताससँग हुने भनिएको सम्झौता पनि नहुने ठेक्का पनि नखुलाउने गर्दा रामघाट यता न उता पर्न सक्ने अवस्था छ ।
ठेक्का खुलाएको अवस्थामा दैनिक २५ सय जना मजदुरहरुले वालुवा चालेर, वोकेर पेट पालो गर्ने ठाउँ हो रामघाट देखि तुलसीघाट सम्मको वगर । महानगरले ठेक्का नलगाउँदा रामघाट आश्रित मजदुरहरुको रोजिरोटी गुमेको अवस्था छ यस विषयमा राज्यका निकाय वेखवर जस्तै छन् । राज्य संयन्त्र न राज्यको आम्दानी वढाउन तयार छ न मजदुरको रोजिरोटी नै ग्यारेन्टी गर्न ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: