पोखरामा राइड शेयरिङ चल्न नदिइने

सराङकोट न्यूज
8 October, 2021 2:39 pm

पोखरा : निजी सवारी साधनलाई यात्रु ओसारेर भाडा असुल गर्ने व्यवसाय राइड शेयरिङ मेइकल पोखरामा चल्न नदिइने भएको छ । बौद्ध कानूनी ढ·बाट हुने कुनै पनि व्यवसायलाई स्वीकार गर्न नसकिने गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले बताएको छ ।
कानून त निजी नम्बरका दर्ता भएका सवारी साधन भाडामा प्रयोग गर्नुलाई प्रयोजन विपरित मानिन्छ । कानून विपरित सञ्चालन हुने त्यस्ता सवारीका कारण दुर्घटना, बिच लगायतका समस्या आउने गरेका छन् । काठमाडौंमा टुटल, पठाओ जस्ता कम्पनीले एप्लीकेशन बनाएर राइड शेयरिङ व्यवसाय चलाउँदै आएका छन् । उक्त पेशा पूर्णतया गैह्रकानूनी भएपनि तत्कालिन प्रधानमन्त्री केपी ओलीको मौखिक ठाडो आदेशमा चल्न दिइएको थियो । प्रधानमन्त्रीकै आदेश विरुद्ध यातायात प्रशासन, स्थानीय प्रशासन र प्रहरी निरीह भएको थियो ।
कानूनमै नभएको उक्त विषयमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले मन्त्रालयका सचिवको संयोजकत्वमा यातायात व्यवसायी संहित संलग्न एक कार्यदल बनाएको छ । कार्यदलले कानूनी पक्षको बारेमा अध्ययन गर्ने मन्त्रालयले बताएको छ ।
पोखरामा मोटरगाडी नामक कम्पनी खोलेर राइड शेयरिङ धन्दा चलाउने एउटा समूहले तयारी गरेको छ । त्यसलाई बेलैमा रोक्न सकिएन भने यातायात क्षेत्रमा अराजकता भित्रन सक्ने जानकारहरुले औल्याएका छन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: