नेपाल जनता पार्टी सिन्धुपाल्चोकको पुनर्गठन

सराङकोट न्यूज
26 October, 2021 3:02 pm

नेपाल जनता पार्टीले नेपालको पहाडी जिल्लाहरुमा संगठन विस्तार कार्यलाई अगाडी बढाउने कार्यलाई निरन्तरता दिइरहेको खबर सराङकोट न्युजलाई प्राप्त भएको छ । २०६१ सालमा श्याम शरण शाहले स्थापना गरेको नेपाल जनता पार्टीको वर्तमान केन्द्रीय अध्यक्ष त्रिभुवन नाथ पाठक रहेका छन् । अध्यक्ष पाठकले तराई, पहाड, हिमालका सबै क्षेत्रमा पार्टीको संगठनलाई स्थापित गराउँदै लाने नीति बमोजिम पहाडी जिल्लाहरुमा संगठनको गठन र पुनर्गठन कार्य जारी रहेको पार्टीका केन्द्रीय सदस्य कृष्ण प्रसाद लुइटेलले बताएका छन् ।
यसै क्रममा नेपाल जनता पार्टी सिन्धुपाल्चोक जिल्ला कमिटी पुनर्गठन भएको छ । २०७८ कार्तिक ३ गते सिन्धुपाल्चोकको मेलम्चीमा बसेको जिल्ला कमिटीको बैठकले पार्टीको जिल्ला कमिटी पुनर्गठन भएको समाचार प्राप्त भएके छ । पुनगर्ठित जिल्ला कार्य समितिको अध्यक्षमा साविककै संगीता भण्डारीको नेतृत्व रहेको छ । उपाध्यक्ष द्वयमा बाबुराम चालिसे, प्रकाश माझी रहेका छन् भने सचिवमा कुमार आचार्य “चञ्चलद महामन्त्रीमा विष्णु ढुङ्गाना, मन्त्रीमा विधिका माझी रहेका छन् भने सदस्यहरुमा गोमा माझी, रामचन्द्र भट्टराई, कविराज भट्टराई लगायत रहेको जनाइएको छ । पार्टीले निर्वाचन क्षेत्रलाई लक्षित गरेर क्षेत्र नं.२ “ख” को कार्यसमिति चयन गरेको छ । जिल्ला सचिव कुमार आचार्य चञ्चलको अध्यक्षतामा सदस्यहरु सुनकुमारी लुइटेल, समिर तामाङ, राजेन्द्र माझी र पवन आचार्य सदस्य रहेको कार्यसमिति गठन गरेको छ ।
जिल्ला पार्टी कमिटी पुनर्गठनमा पार्टीका केन्द्रीय सदस्य कृष्ण प्रसाद लुइटेलको प्रमुख आतिथ्यता रहेको थियो । केन्द्रीय सदस्य लुइटेलले बाढी पीडित पूर्ण प्रभावित क्षेत्र सिन्धुपाल्चोकमा सक्रिय रहेर पीडितहरुको हित र न्यायका लागि संगठन एक ढिक्का भएर लड्नुपर्ने आवश्यकता औल्याउनु भएको थियो । जनता पार्टी नेपाल देश र जनहितमा स्वार्थमा केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गर्दै पार्टीमा आवद्ध सक्रिय नेता तथा कार्यकर्ताहरुलाई संकटको सामना गर्न र अनियमितता, ढिला सुस्ती र भ्रष्टाचारको विरुद्धमा एक ढिक्का हुन आव्हान गरेका थिए ।
पार्टीले अब रामेछाप–दोलखा–काभे्र लगायतका जिल्लाहरुमा पनि संगठन निर्माण गर्दै जनताको मन जित्ने गरी काम गर्ने गरी कार्य योजना बनिरहेको पनि केन्द्रीय सदस्य लुइटेलले बताएका छन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: