पोखरा महानगरको अपारदर्शी योजना, ५० औं लाखको योजना हस्तान्तरण नहुँदै भत्काइयो

सराङकोट न्यूज
28 October, 2021 11:25 pm
Advertisements
Advertisements

पोखरा : पोखरा महानगरपालिकाका योजना कति अपारदर्शी ढंगबाट चलाइन्छ भन्ने रहस्य खुल्दै गएका छन् । जन निर्वाचित सरकारले गर्ने कार्य योजनाहरु झन् बढी भद्रगोल र मनमौजी ढंगबाट गरिँदा करोडैं रुपैयाँ बालुवामा पानी हाले जस्तै अर्थहिन वन्ने गरेका छन् ।
पछिल्लो एउटै निर्माण योजनामा भएको खर्च र हस्तान्तरण नहुँदै भत्काइएको उक्त कार्यबाट छर्ल· बनाइदिएको छ । पोखरा महानगर पालिका वडा नं. ८ मा रहेको पुरानो दमकल राख्ने स्थानमा दमकल हटाइयो । दमकल हटाइएपछि उक्त स्थानमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र राखियो ।
शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र कै लागि फलामको ट्रस निर्माण कार्य गरियो । करिव २ वर्ष अगाडि निर्माण गरिएको फलामे ट्रस सहितको भवनमा महानगरको पैसा खर्च भयो । रकम कति खर्च भयो काम कसले ग¥यो भन्ने वारेमा महानगरका कर्मचारी कसैले जवाफ दिन चाहेनन्। नागरिकले तिरेको कर राजस्वबाट चल्ने महानगरको खर्चको लेखा जोखा नै भएको छैन । हामीलाई प्राप्त अपुष्ट समाचार अनुसार ५० लाख भन्दा बढी रकम उक्त हल भवन निर्माणमा खर्च भएको खुल्न आएको छ ।


यति खेर उक्त हल भवन भत्काइदै छ । भवनमा जोडिएका जिप्सन टायल, यूपिभिसी, पंखा वत्ती सवै नष्ट पारिएको छ । नागरिकको करबाट संकलित पैसामा भएको होली खेलाई प्रवृत्तिप्रति महानगरका जनप्रतिनिधि र कर्मचारी कसेको पनि मन विझाएको छैन । वाटोमा ढलेको टौवाबाट जसलाई जति पराल तानेर लगे पनि भए जस्तै छ ।
पचास लाख भन्दा बढी खर्च भई निर्माण गरिएको उक्त हल भवन प्रयोगमा नआइ भत्काएर त्यहि ठाउँमा महानगरको प्रशासकीय भवन वनाउने गरी टेण्डर गरिएको छ ठूलो भवन नै निर्माण गर्नु थियो भने २ वर्ष मात्र अगाडि किन हल भवन वनाइएको होला आम नागरिकको प्रश्न अझै निरुत्तरित छ ।
महानगरपालिकाले गुरुयोजना नै नबनाइ कोषको पैसाको व्यापक दुरुपयोग गरिरहेको यो प्रकरणले पुष्टि गरेको छ । देशकै ठूलो नगरपालिका हो पोखरा । शैक्षिक चेतना, राजनीतिक चेतना भएर पोखरा महानगरपालिकाको कार्यशैली टिठ् लाग्दो रहेको देख्नुलाई विडम्वना पूर्ण मान्न सकिन्छ ।
भर्खर बनाएको हल भवन प्रयोग नै नगरी भत्काएर प्रशासकिय विल्डिङ बनाउन सुरु गरिएको वताइएको छ । नयाँ भवन वनाउने जिम्मा भूमि वुद्ध ओम वुद्ध जेभी मोरङले टेण्डर पाएको इञ्जिनियर नविन गौतमले वताए । १२ करोड ५९ लाखमा आगामी १८ महिना भित्र भवन निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता गरिएको बताइएको छ ।
पोखरा महानगरपालिका एउटा भए पनि यसका कार्यालय ५ ठाउँमा राखिएका छन् महानगर अन्तरगतका कृषि सम्बन्धि सेवा लिन विरौटामा सामाजिक विकास सम्बन्धि सिर्जनाचोकमा, शिक्षा सम्बन्धि सेवा लिन ड्याम साइटमा, स्वास्थ्य महाशाखा र खरिद शाखा सम्बन्धि सेवा लिन नयाँ बजार जाने बाटो अनुपम मार्ग धाउनु पर्ने अवस्था छ ।
महानगरपालिकाले आफ्नो एकिकृत सेवा एकै ठाउँबाट दिन असमर्थ पाइएको छ । माटेपानीमा रहेको पशुसेवाको झण्डै १ सय रोपनी जग्गा लिएर भवन निर्माण गर्ने योजना जग्गा प्राप्तिमा अड्किएको छ । प्रदेश सरकार जग्गा दिन सकारात्मक भएपनि केन्द्रिय सरकारले जग्गा दिने निर्णय नदिएका कारण आफ्नै व्यवस्थित भवन निर्माणमा महानगर पछि परेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: