हिमालय क्लबको १२ औं अधिवेशन सम्पन्न, सुशिल बस्नेतको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन

सराङकोट न्यूज
31 October, 2021 6:09 pm
Advertisements

“मानव सम्पदाको महत्व, शान्ति, सेवा र सहअस्तित्व” भन्ने मूल नाराका साथ सञ्चालित पोखराकै पुरानो एवम् ऐतिहासिक सामाजिक क्लबको २५औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न भएको छ । १२ अधिवेशनले शिक्षाविद् सुशील बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
सर्वसम्मत निर्वाचित प्रथम उपाध्यक्ष दुर्गालाल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा प्रकाश थापा, सचिवमा शिवराज देवकोटा, कोषाध्यक्षमा पुष्पराज अधिकारी, सह–सचिवमा तुल बहादुर बस्नेत, सह–कोषाध्यक्षमा लक्ष्मी तिमिल्सिना रहेका छन् । यस्तै सदस्यहरुमा विष्णु नेपाली, भुवन बहादुर बस्नेत, लालकुमार अधिकारी र योगेन्द्र बहादुर बस्नेत सहित पुरै १५ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएका छन् । बाँकी २ जना सदस्य र सल्लाहकार समिति नव निर्वाचित कार्यसमितिले मनोनित गर्ने क्लबले जनाएको छ ।

२०५४ सालमा स्थापना भएको हिमालय क्लबको विशुद्ध गैह्र राजनैतिक संस्थाको रुपमा शान्ति र सेवा मूलक कार्यमा समर्पित रहदै आएको छ । पदाधिकारी मात्र हैन क्लबमा काम गर्ने सदस्यहरुले समेत संयोजक रहि कार्य योगदान गर्दै आएका छन् ।
क्लब शिक्षा मन्त्रालय काठमाण्डौं, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला समन्वय समिति, जिल्ला शिक्षा कार्यालय, पोखरा महानगरपालिका समाज कल्याण परिषद्, आन्तरिक राजस्व कार्यालय पोखरा, गैह्र सरकारी संस्था महासंघ, खेलकुद विकास समिति र वडा नं. १६ कार्यालय सँग आवद्धता रहि सहकार्य गर्दै आएको निवर्तमान सचिव तथा नव निर्वाचित द्वितिय उपाध्यक्ष प्रकाश थापाले बताए । क्लबमा ३०८ जना आजीवन सदस्य र २ जना मानार्थ सदस्य रहेका छन् ।
क्लबले कृषकलाई लहरे बाली वितरण, आम नागरिकलाई कोरोना सचेतमा कार्यक्रम, विपन्नलाई सहयोग कार्यक्रम, क्यान्सर पिडितलाई सहयोग संकलन (कोषाध्यक्ष शिवराज देवकोटाको पहलमा) बेवारिसे शव व्यवस्थापन कार्य गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
क्लबको २५औं साधारण सभा तथा १२औं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै वडा अध्यक्ष जीवन प्रसाद आचार्यले क्लबले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै समाज परिवर्तनका लागि निस्वार्थ सेवा गरिएको प्रति आभार व्यक्त गरेका थिए । उनले राष्ट्रिय प्रतिभाको खोजी गर्दै उनीहरुले प्रवद्र्धन गर्न मिडियालाई आग्रह गरेका थिए ।
क्लबका सल्लाहकार समेत रहेका कृषि विज्ञ बेनी बहादुर बस्नेतले आफ्ना स्वर्गीय दाजु उदय बहादुर बस्नेतको स्मृतिमा २५ हजारको अक्षयकोष स्थापना घोषणा गरेका थिए । उद्घाटन सत्रमा बोल्ने अधिकांस वक्ताहरुले क्लबको नवगठित नेतृत्व प्रति शुभेच्छा व्यक्त गरेका थिए । मोहन थापाको अध्यक्षतामा आयोजित उद्घाटन सत्र सकिए लगतै बन्द सत्र आयोजना गरिएको थियो ।
१२औं अधिवेशनको निर्वाचन सम्पन्न गर्न चित्र बहादुर थापाको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलको सदस्यहरुमा रामबहादुर बानिया, दिल बहादुर बस्नेत र मोहन थापा रहेका थिए ।

राष्ट्रिय भलिबल टिम क्याप्टेन इम राना मगर सम्मानित

हिमालय क्लबले वर्षेनी विभिन्न विद्यामा ख्याती कमाएका पात्रहरुलाई सम्मान प्रदान गर्दै आएको छ । यसै क्रममा क्लबले २५औं वार्षिक साधारण सभा नेपालको प्रसिद्ध खेल राष्ट्रिय भलिबल टोलीका प्रमुख क्याप्टेन इम राना मगरलाई नगद, प्रमाण पत्र र दोसल्लाले सम्मान अर्पण गरेको छ।


कास्कीको रुपमा गा.पा. वडा नै ६ मोहिरयाका स्थायी बासिन्दा राना मगरले २०५७/०५८ देखि भलिबल खेलमा प्रवेश गरेको बताएका छन् । उनले हाल भलिबल संघको राष्ट्रिय टोलीका प्रशिक्षक तथा क्याप्टेनको रुपमा सक्रिय रहेको बताएका छन् । उनले भने यो सम्मानले खेल जीवनमा थप उर्जा प्राप्त भएकोमा खुसी व्यक्त गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: