ठेकेदारको लापरवाहीका कारण विद्यालय निर्माणमा समस्या

सराङकोट न्यूज
12 November, 2021 11:41 am
Advertisements

पोखरा : निर्माण व्यवसायीहरुले तोकिएको सम्झौता भित्र भवन निर्माण सम्पन्न नगर्दा विद्यालयले पठन पाठन कार्यमा वाधा अवरोध भोग्नु परेको छ । ठेक्का हाल्दा घटी रकममा ठेक्का हाल्ने तर समयमा कार्य सम्पन्न नगर्दा विद्यार्थीहरुलाई कक्षा कोठा अभाव हुन पुग्दा पढाइ कार्यको व्यवस्थापनमा चुनौती थपिएको छ ।


यस्तै मध्यको एउटा उदाहरण पोखरा–१६ वाटुलेचौरको विन्ध्यवासिनी मा.वि. रहेको छ । पुननिर्माण प्राधिकरणबाट निर्माण हुने साउदी फण्डको १२ कोठे भवन र शौचालयको निर्माण ठेक्का पाएको वानियाँ निर्माण सेवा प्रा.लि. हेटौंडा–१८ ले २० अगस्त २०२० बाट काम सुरु गर्ने गरी ५ अगस्ट २०२० मा सम्झौता गरेको थियो । ३ करोड २५ लाख ५० हजार २ सय ५६ रुपैयाँमा निर्माण गर्ने ठेक्का पाएको उक्त कम्पनीको १५ महिना भित्र अर्थात् २० नोभेम्वर २०२१ मा कार्य सम्पन्न गर्नु पर्ने निर्माण कार्यस्थलमा टाँस गरिएको सूचनामा उल्लेख छ ।
ठेक्काको अवधि सकिन अव १० दिन वाँकी छ तर कार्य प्रगती भने करिव ५० प्रतिशत मात्र भएको छ ।
अवको १०–१२ दिनमा सकिसक्नु पर्ने कामको गती अत्यन्त सुस्त हुँदै गएको छ ।
निर्माण कार्यमा भएको ढिलाई प्रति केन्द्रिय आयोजना कार्यान्वयन इकाई र मातहतको निकाय जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कास्कीको ध्यान गएको नदेखिएको विद्यालय गठन गरेको अनुगमन समितिले गुनासो गरेको छ । सरकारी निर्माण कार्य ढिलाई हुनुका धेरै कारण र लापरवाहीहरु मध्य मजदुरको ज्याला भुक्तानी समस्या मुख्य रहेको वुझ्न सकिन्छ । कामदार मजदुरहरुले नियमित ज्याला नपाउँदा कामदार मजदुर हरुले टिकेर काम नगर्ने र नयाँ कामदार खोज्दा हप्तौं, महिनौ ढिला हुने गरेको विन्ध्यवासिनी मा.वि. भवन निर्माण कार्यबाट वुझिएको छ ।
विद्यालयले हिरक जयन्ती यसै वर्ष मनाउने तयारी भइरहँदा भवन निर्माण कार्यको उद्घाटन र पठनपाठनमा समेत वाधा पर्न जाने अवस्था टड्कालो देखिएको छ । निर्माण कम्पनीका एक कर्मचारी उज्वल वानियाँले केहि महिना पहिला भएको सम्वादमा समयभित्रै काम सक्ने बताएका थिए तर काम भने अलपत्रै रहेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: