घार्मी वन फडानी प्रकरणको छानविनमा ढिलाई किन ? अख्तियारको ताकेता व्यर्थ बनाइदै

यदुनाथ बन्जारा
16 November, 2021 11:55 am
Advertisements
Advertisements

पोखरा : पोखरा महानगरपालिका वडा नं. १९ को घार्मी डाँडामा रहेको ५०३ वटा रुख वुट्टा फडान गरियो । कोरोना महामारीको व्यापक चर्चा सुरु भइरहँदा २०७६ चेत्रको पहिलो साता डाडै सोतराम पार्ने गरी वन फडानी भयो। डिभिजन वन कार्यालय कास्कीको टोलीले वन फडानी स्थलगत मुचुल्का र नापजाँच र गणना गर्दा चिलाउने, उतिस, मौवा सहितका ५०३ वटा रुखहरु फेदै लगाएर ढलिएको पुष्टि ग¥यो । त्यहि मुचुल्का र तथ्यलाई आधार बनाई सराङकोट साप्ताहिक र सराङकोट न्यूज अनलाइनले विस्तृत रिपोर्ट प्रकाशन ग¥यो ।
समाचार प्रकाशन भए लगत्तै अख्तियार कार्यालय पोखराले वन फडानी काण्ड छानविन गरी सोको प्रतिवेदन सहितको जानकारी गराउन डिभिजन वन कार्यालय कास्कीलाई पत्राचार ग¥यो । वन डिभिजन कार्यालय कास्कीले वन फडानी मुद्दा अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकि नियुक्ती गर्न जिल्ला प्रशासन कार्यालय कास्कीलाई प्रकृया अगाडि वढायो तर राजनीतिक दवाव र प्रभावमा परि अनुसन्धान अधिकृतको नियुक्ती पत्र दिन आलटाल ग¥यो । १६ दिन पछि वल्ल तल्ल सहायक वन अधिकृत ममता शर्मा अनुसन्धान अधिकृत तोकिएकी थिइन् ।
अनुसन्धान अधिकृत तोकिएको पनि डेढ वर्ष नाघिसक्यो तर अनुसन्धान र छानविनले गति लिन सकेको छैन । भुमे पुज्ने सामुदायिक वनसँग जोडिएको सार्वजनिक वन क्षेत्रमा ५०३ वटा रुख काटिदा पनि अनुसन्धान अगाडि नवड्नुमा दलगत स्वार्थ र राजनीतिक पहुँच नै रहेको आशंका गरिएको छ । तत्कालिन के.पी. शर्मा ओली नेतृत्वको सरकारका क्याविनेट मन्त्री जगत बहादुर विश्वकर्मा सुनारको अग्रसरतामा उक्त फडानी काण्ड भएका कारण मन्त्रीलाई जोगाउन जिल्ला प्रशासन कार्यालय र जोडिएका दृश्य अदृश्य शक्तिका कारण वन कार्यालयलाई मुद्दा अनुसन्धान अगाडि बढाउन वाधा पारेको हुन सक्ने विषयले चर्चा पाएको छ ।
अीख्तयार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालयलाई अनुसन्धान गर्न र सो को जानकारी उपलव्ध गराउन पटक पटक तोकता पत्र पठाइसकेको अख्तियार स्रोतले सराङकोटलाई वताएको छ ।
यस विषयमा डिभिजन वन कार्यालयमा वुझ्दा वन फडानी सम्बन्धमा आवश्यक अुसन्धान भई मुद्दा दर्ता प्रकृयामा जानुको विकल्प नरहेको वताएका छन् ।
मुद्दाको अनुसन्धान ढिलाई भएको विषयमा डिभिजन वन कार्यालय कास्कीका डिभिजन वन अधिकृत केदार वराल सँग प्रतिकृया लिदा अनुसन्धान कार्य अगि वढेको बताए । वडा नम्वर १९ कार्यालयलाई फडान भएको वन क्षेत्रको जग्गा कसको भोगचलन हो र रुख वुटा हटाइएको वारे के आधार हो खुलाइ पठाउन अनुरोध गरी पत्राचार भएको र लिखित प्रति उत्तर आएपछि थप वताउन सकिने वताएका छन् । वडा नम्बर १९ का अध्यक्ष शोभा मोहन पौडेलले वन कार्यालयबाट पत्र प्राप्त भएको र वडाका जनप्रतिनिधि सहितको वैठक वसी प्रतिउत्तर पठाउने वताएका छन् ।
भूमे पुज्ने वन सँग जोडिएको उक्त फडानी भएको जग्गा सरकारी पर्ती रहेको जिल्ला नापी कार्यालय कास्कीले प्रष्ट पारेको छ । वन कार्यालयले उक्त जग्गाको यथार्थ अवस्था वुझ्न नापी कार्यालयलाई आग्रह गरेपछि नापी टोलीले स्थलगत अवलोकन सहित सर्भे गरेको थियो । तर वन फडानी गर्नेहरु अधिकांसले उक्त वन क्षेत्रको जग्गा आफैले वर्षौ देखि भोग चलन गर्दै आएको वताएका छन् । महेन्द्र मा.वि. घार्मीले स्कुल वनाउन योगदान गर्नहरुलाई जग्गा दिएको दावी गर्दै आएका छन् तर त्यसको कानुनी आधार पाइएको छैन ।
रुख फडानी गर्नेहरु यतिखेर खुल्न चाहेका छैनन् तर तत्कालिन जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठले काटिएका वन सँग घर जग्गा जोडिएका ९ जना व्यक्तिको नाउँमा पत्र लेखि वयानका लागि वोलाएका थिए तर आरोपितहरुले पत्र वुझ्न मानेनन् । पत्र नवुझ्दैमा आरोपबाट जोगिन सकिने दाउ खोजिरहेको देखिन्छ ।
स्मरणीय छ घार्मी वन काण्ड भएको समय आसपासमै मादी गा.पा. वडा नं. १२ को वन क्षेत्रमा डोजर लगाई २१ वटा रुख ढालिएको आरोपमा ३ जना लाई मुद्दा चलाइ ७५ हजार धरौटीमा छुटेका छन् २ जनालाई ४०÷४० हजार धरौटी कास्की जिल्ला अदालतले मागेको थियो । डिभिजन वन कार्यालयको सकृयता मादीमा देखिएको तर घार्मी वन फडानी काण्ड अगाडि वढ्छ वढ्दैन मुद्दा चल्छ छल्दैन त्यो भने हेर्न वाँकी छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: