कानून नमान्ने पोखराका नोबेल र चरक बन्द हुँदै

सराङकोट न्यूज
2 December, 2021 2:08 pm
Advertisements
Advertisements

पदम बहादुर खड्का/सराङकोट

पोखरा : सरकारले पटक पटक सूचना निकालेर नर्सिङ पढाउने कलेजहरुले आफ्नै अस्पताल खोल, राम्रो सँग क्लिनिकल अभ्यास गराउ र दक्ष जनशक्ति उत्पादन गर भन्यो । करिब ११ वर्ष अघि २०६७।११।०९ गते नै स्वास्थ्य मन्त्रालयले नर्सिङ परिषद, सिटिइभिटी र विश्वविद्यालयहरुलाई सूचना जारी ग¥यो तर कुनै नर्सिङ कलेजले टेरेनन् । नियमनकारी निकाय नर्सिङ काउन्सिल, सिटिइभिटी र विश्वविद्यालयहरु नै शुभलाभको चक्करमा परेर अस्पताल खोल्नै पर्छ है भन्न समेत खोजेन बरु खुरु खुरु सम्बन्धन दिने, सिट संख्या दिने, नविकरण गरिदिने, भर्ना अनुमति दिने कार्य गरे ।
यतिखेर नर्सिङ कलेज अपा· बनेका छन् । समय घक्र्यो । पैसा अरबौ कमाए तर कानूनी हैसियत गुमाए । जब चिकित्सा शिक्षा ऐन बन्यो अनि आफै अपा· बने । ऐन नै बनेपछि नेता मन्त्री, उच्च पदाधिकारीको केही जोड चलेन । अन्नत अधिकांस नर्सिङ कलेज खारेजीमा परे । सिटिइभिटीका ११२ वटा नर्सिङ कलेज मध्ये ६७ वटा कलेज आफ्नै अस्पताल नभएका कारण बन्द हुन पुगे । बाँकी ४५ वटा कलेजको आफ्नै अस्पताल भएका कारण चल्न पाए । बन्दको सूचीमा परेका मध्ये पोखराको फेवासिटी र फिस्टेलका आफ्नै अस्पताल भए पनि कागजी प्रक्रिया नमिलेका कारण खारेजी हुनबाट जोगिन सक्ने देखिन्छ । शेयरधनी नै अस्पताल हुनुपर्ने कागज भिड्नुपर्ने र त्यसको प्रक्रियामा रहेको फेवासिटी अस्पताल व्यवस्थापक त्रिभुवन पराजुली बताउँछन् । हाल पोखराका मणिपाल चरण मेमोरियल इन्स्टिीच्युटले पूर्ण मान्यता पाएका छन् भने पद्म नर्सिङ होम स्कुल अफ नर्सिङ बन्द भइसकेको छ । प्रि–डिप्लोमा तहका एकाघ कलेज सम्बन्धित विषयमा स्तरोन्नतिका लागि अगाडी बढेका छन् भने अधिकांस बन्दको सूचनीमा छन् ।
स्नातक तहको नर्सिङ तथा प्यारामेडिक विषयको पढाइ गर्दै आएका कलेजहरु मध्ये पोखराका दुई वटा कलेज आफ्नो हस्पिटल नै नभएका कारण बन्द हुने भएका छन् । यो वर्षबाट उनीहरुको विद्यार्थी भर्ना बन्द भएको छ । चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार पोखरा–८, न्युरोडको नोभेल एकेडेमी र पोखरा १३ को चरक एकेडेमी बन्द हुने सूचीमा परेका छन् । बन्द हुनबाट जोगिन १ सय बेडको अस्पताल सँग मर्ज हुनुको विकल्प देखिदैन । नोभेल एकेडेमी अघिल्लो वर्ष देखि नै विवादमा परेको छ । उसले गत वर्ष प्रक्रिया पूरा नगरी वि.एस.सी नर्सिङको भर्ना लिएको थियो । विद्यार्थीहरुले लाइसेन्स परीक्षाको बारेमा संकट बेहोर्न पर्ने अवस्था रहेको छ । विद्यार्थीहरुले केही महिना अघि आन्दोलन तथा हड्ताल समेत गरेका थिए । गुलिया आस्वासन दिएर हड्ताल मत्थर पारे पनि त्यसको सहि निकास भने दिन सक्ने अवस्था छैन ।
अध्ययनरत विद्यार्थीहरुको क्लिनिकल अभ्यास कहाँ कुन अस्पतालमा भइरहेको छ ? उक्त अस्पतालको प्रयोगात्मक अभ्यासले मान्यता पाउने नपाउनेमा दुविधा रहेको छ । नोवेल एकेडेमीलाई २०७६ मा नै नर्सिङ काउन्सिल र विश्वविद्यालयले पत्राचार गरि चेतावनी दिएको थियो । यस विषयमा तहाँ अध्ययनरत विद्यार्थीहरुले समयमै सोचेर अगाडी बढ्न सके राम्रो हुने जानकारहरु बताउँछन् । उक्त एकेडेमीमा ब्याच्लर तहको नर्सिङ र फार्मेसी पढाइ हुन्थ्यो । चिकित्सा शिक्षा ऐन बमोजिम आयोगले कलेजको सम्बन्धन माथी नै प्रश्न उठाएको छ भने यसै सत्रबाट बन्द गरिदिएको छ ।
यस्तै चरक एकेडेमी पनि ब्याचलर तह र पिसियल नर्सिङ दुवै बन्द हुने भएको छ । उक्त एकेडेमीले कलेज भवन, कार्यालय भवन भिमकाय बनायो तर अस्पताल बनाउन सोचेन त्यही परिणाम भोग्दै छ । करोडौको लगानी खेर गएको छ । अरुको बैशाखीमा नर्सिङ कलेज चलाउँदा कानूनले घोक्रेठ्याक लगाएपछि बल्ल चेत खुलेको छ अब सम्भव न्यून रहेको देखिन्छ । सय बेडको अस्पताल भएको सँग मर्ज गर्न नसके आगामी वर्षदेखि सधैंका लागि नर्सिङ कलेज बन्द हुने निश्चित प्राय रहेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: