कहिल्यै घाटामा नजाने बैंकको व्यापार, कुन बैंकले कति बाड्दैछन् लाभांश ?

सराङकोट न्यूज
7 December, 2021 12:21 pm
Advertisements

पोखरा : नेपालको बैकिङ क्षेत्र कहिल्यै पनि घाटामा नजाने व्यापारको रुपमा लिन सकिन्छ। मुलुकमा जुनसुकै संकट आएपनि महामारी परेपनि बैंकलाई त्यसले कमै असर पार्ने गरेको पाइन्छ । भुकम्पको महासंग्रामबाट नेपाल र नेपालीलाई उठ्नै नसक्ने गरि थिलोथिलो पारेको अवस्था होस् या कोभिड–१९ को महामारीले आम नागरिकहरुलाई डसेपनि नेपालका ठूला बैंकहरुले त्यसबाट कुनै घाटा बेहोर्नु परेको छैन बरु नाफै नाफाका कुस्त लाभान्स बाँड्न उस्तै मग्न देखिन्छ ।
हो नेपालमा बितेका २ वर्षका अवधिमा यहाँका बैंकहरु प्रत्यक्ष मारमा नपरेको बुझ्न सकिन्छ । विगतका वर्षमा जस्तै यी पिडित वर्षहरुमा पनि अधिकांश वाणिज्यहरुलाई नाफैमा चल्न उद्धत देखियो। बैंकहरुलाई जसरी भएपनि फाइदामै जानुछ, लाभांस बाड्नु छ त्यसले पनि बैंकरहरु आम सर्वसाधारण ऋणिहरुलाई राहत दिनु भन्दा ऋणमा मनमौजी ब्याज बढाएर कुस्त फाइदा बनाउनु नै मुख्य उद्देश्य रहेको पाइन्छ ।
राष्ट्रबैंक, बैंकहरुको पनि नियामक सरकारी बैंक हो तर कतिपय बैंकहरुले राष्ट्रबैंकको नीति नियमलाई अवज्ञा गर्दै ग्राहकको ढाड सेक्ने गरेका छैन । बैंकको स्पे्रड दर घट्दा होस् या तरलता बढ्दा होस् बैंकले ऋणीको ब्याज घटाउन नखोज्ने तर ब्याज बढाउन प¥यो भने ऋणीलाई जानकारी नदिई ब्याज बढाउने बैंकहरुको स्वभावै बनिसकेको छ ।
कोरोनाका कारण भएको गासदी र लकडाउनको दुरावस्थामा नेपालका ठूला भनिने वाणिज्य बैंकहरुले कति लाभांस बाढे ? अर्थात कति कमाए त्यसबारेमा हामीले एक विवरण उल्लेख गरेका छौं।

कुन बैंकले कति बाड्दै छन् लाभांस

गत आ.व. २०७७/०७८ मा भएको कारोबार गर्ने बैंकहरु मध्ये नविल बैंकले सबैभन्दा बढी कमाएको छ । उक्त बैंकले बोनस शेयर र नगद लाभांस गरी ३८ प्रतिशत बाढ्ने भएको छ । यस्तै हिमालयन बैंकले २६ प्रतिशत, सानिमा बैंकले १८ प्रतिशत, प्राइम बैंकले १६ प्रतिशत र नेपाल इन्भेस्ट बैंकले पनि १६ प्रतिशत लाभांस बाड्दै छ ।
यस्तै सिटिजन बैंकले १६ प्रतिशत, एनएमवी बैंकले १५.८ प्रतिशत, एन.आइ.सी. एसिया बैंकले १५.७८ प्रतिशत, बंगलादेश बैंकले १५, सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांस बाड्ने भएका छन् । यस्तै माछापुच्छे« बैंकले १४, बैंक अफ काठमाडौंले १४ प्रतिशत, ग्लोबल आइएमइ बैंकले १३.५, स्ट्याण्डर्ड चार्टड बैंकले १३ प्रतिशत, प्रभु बैंक र मेगा बैंकले १२ प्रतिशत र लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांस बाड्ने भएका छन् ।
नाम चले पनि बेस्सरी फाइदा गर्ने ठूला बैंकको दर्जामा रहेका एस.वि.आइ बैंक सबैभन्दा कम लाभांस बाड्नेको सूचीमा परेको छ । त्यस्तै १० प्रतिशत भन्दा कम लाभांस बाड्ने वाणिज्य बैंकमा एभरेस्ट बैंकले १० प्रतिशत र एन.सि.सि बैंकले ७ प्रतिशत बाड्ने भएका छन् ।
नेपालका ठूला कमर्सियल बैंक मात्र हैन विकास बैंक, ग र घ वर्गका फाइनान्स कम्पनीहरु समेतले ऋणीहरु उपर गम्भिर धोका दिने गरेका चर्चा बाहिरिन कम जारी रहेका हुन् । ऋण सम्झौता एउटा ब्याजदरमा गर्ने तर ऋणको रकम डिस्चार्ज नहुँदै ब्याज बढाउने गरेका छन् यस्ता जनगुनासोहरुको यथोचित सम्बोधन गर्ने र कारबाही गर्ने सरकारी नियामक निकाय राष्ट्र बैंकको निगरानी बढाउन आवश्यक देखिन्छ । बैंकको फाइदा लगानी कर्ताले पाउने भएपनि ऋणीहरु बढी मात्रामा पीडित बन्ने गरेको पाइन्छ यस तर्फ ध्यान जानुपर्छ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: