कुलमान घिसिङको असक्षमताले पोखरामा आइतबारदेखि मिटर जडान सेवा ठप्प

सराङकोट न्यूज
13 December, 2021 3:54 pm
Advertisements
Advertisements

पोखरा : नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रमा नयाँ विद्युत जडानका लागि प्रयोग हुने विद्युत मिटरको अभाव भएको छ । विगत ३/४ महिना देखि नै मिटर अभाव भएको भएपनि प्राधिकरणले नयाँ मिटरको प्रबन्ध गर्न सकेको छैन । अझै ५/६ महिना सम्म विद्युत मिटर आउने अवस्था नरहेको प्राधिकरणका अधिकारीले बताएका छन् ।
९७ हजार ग्राहक पोखरा वितरण केन्द्रमा मात्र रहेका छन् । यही अनुपातमा ग्राहक थपिने क्रम पनि जारी रहेको छ । विद्युत जडानका लागि दिनका दिन आवेदन परिरहेका छन् तर नयाँ मिटर दिन विद्युत प्राधिकरण असक्षम बन्न पुगेको छ । विगत तीन महिना अगाडिबाटै हो नयाँ मिटर सकिएको तर खरिद भने नगरी पुराना घरहरुमा प्रयोग भई लागत कट्टा भई आएका पुराना मिटरहरु नयाँ आवेदन दिने ग्राहकहरुलाई दिइदै आएकोमा मंसिर २६ गते आइतबार देखि पुराना मिटर सकिएकोले मिटर जडान सेवा ठप्प हुन पुगेको छ ।
पुरानो मिटर सकिएको नयाँ मिटर नआउन केहि महिना लाग्ने पोखरा वितरण केन्द्रमा प्रमुख ऋषिकुमार वरनवालले बताए । नयाँ मिटर आउने पुराना मटिर पनि सकिएपछि वरनलालले भने “नयाँ ग्राहकको घरमा विद्युत जडान बन्द गर्न बाध्य भएकाछौं ।”

नेपाल विद्युत प्राधिकरणले बेलैमा विद्युत मिटर खरिद प्रक्रिया अघि नबढाउँदा आम सर्वसाधारणले बिजुली प्रयोग गर्नबाट बाञ्चित हुनुपर्ने अवस्था आएको छ । प्राधिकरणमा दोस्रो पटक नियुक्ती भएका कुलमान घिसिङ यो प्रकरणमा असफल पात्रको रुपमा आलोचित बन्न पुगेका छन् । जनतासँग पैसा लिएर बिक्री गर्ने मिटरको समेत समयमै प्रबन्ध गर्न नसक्दा जनताले विद्युत बाल्न नपाउने अवस्था एकातिर छ भने अर्को तर्फ नेपालमा उत्पादित विद्युत खपतमा समेत कमि आउने देखिएको छ ।
प्राधिकरण विद्युत खपत गर्न आम जनतालाई अनुरोध गर्छ तर विडम्बना विद्युत जडान गर्ने मटिर व्यवस्था गर्न सक्दैन । सफल भनी कहलिएका, अरबौ नाफा आर्जन गर्न सकेका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले सर्वसाधारण सँग जोडिएका आवश्यकता तर्फ सोचेर बेलैमा मिटर खरिद प्रक्रिया अगाडी बढाउन नसकेको पुस्टि हुन आएको छ । कति मिटरको माग हुन्छ, कति स्टक छ भन्ने बारेमा हेर्ने कर्मचारीहरु मिटर सकिएर रित्तो भइन्जेल सम्म आँखा नपुग्नुलाई गैह्र जिम्मेवारी पूर्ण रुपमा हेरिएको छ ।
आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने ग्राहस्थ मिटर (घरायसी प्रयोग) मात्र हैन प्राधिकरणले ट्रान्सफर्मर समेत प्रयाप्त व्यवस्थापन गर्न नसक्दा ट्रान्सफर्मर जल्दा, पड्कँदा समयमै फेर्न नसकेका कारण कति दिन सम्म अंध्यारोमा वस्तु पर्ने अवस्था गुजार्दै आएका थिए ।
यता औद्योगिक तर्फको विद्युत थ्री फेज तर्फका मिटरमा स्मार्ट प्रणालीको मिटर जडान कार्य पोखरामा पनि ९८ प्रतिशत सफल भएको जनाइएको छ । पोखरा वितरण केन्द्रका प्रमुख ऋषि कुमार वरनलालका अनुसार आयोजनाको तर्फबाट थ्रि फेजमा १८७० वटा स्मार्ट मिटर जडान गरिसकिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: