चोर–पुलिसको लुकामारी जस्तै सवारी साधन चोरी काण्ड, हराउने र फेला पर्ने क्रम मिल्दोजुल्दो

सराङकोट न्यूज
14 December, 2021 10:16 am
Advertisements

पोखरा : पोखरामा सवारी साधनहरु सियो जस्तै हराउने क्रम अपत्यारिलो ढंगबाट अघि बढिरहेको पाइएको छ । पहाडी भेगको शहर हो पोखरा, तराई सम्म लगेर सवारी काटकुट पार्ने, फेरफार गर्ने सम्भावना पनि कल्पना गर्न सकिन्न । हरेक जिल्ला र पहाडी सडक देखि तराई छिचोल्ने नाका नाकामा पुलिस चौकी छ, चेकिङ पनि गर्ने गरेको पाइन्छ । तर पनि दुई पांग्रे देखि चार पागं्रे सवारी हराउने, चोरी हुने गरेका छन् । त्यति मात्र हैन कहिलेकाही यात्रु बस नै चोरी गरि हराएका र केही दिनपछि अन्य जिल्लामा बेवारिसे अवस्थामा फेला पर्ने गरेका घटनाहरु पनि सार्वजनिक हुने गरेका छन् यसले गाडी चोरी गिरोहको सक्रियता बुझ्न सकिन्छ।
सवारी चोरी काण्ड तराई तथा भन्सार नाकाहरुमा बढी हुने गरेका पाइन्छन् । त्यस्ता चोरीका गाडी किनबेच काण्डमा नेपाली पनि मुछिएको पाइन्छ । यस्तै चोरी घटना कास्कीमा पनि घट्ने गरेका छन् । नक्कली चाबी बनाएर बाइक चोर्ने र पहाडी र ग्रामीण भेगमा पु¥याई सस्तो मूल्यमा किनबेच गर्ने गरेको पाइन्छ । जहाँ प्रहरीको उपस्थिति कम हुन्छ वा प्रहरी भएर पनि चेकजाच गर्ने हिम्मत गर्दैनन् त्यस्ता ठाउँहरुमा चोरी बाइकहरु चल्ने गरिएको पाइन्छ तीमध्ये चोरी बाइक निकासी गर्न सजिलो बाटोको रुपमा भिमाद नाका प्रयोग हुने र त्यही नाकाबाट ग्रामीण सडक हुँदै डेढ गाउँ देखि नवलपुर सम्म पु¥याई कारोबार गर्ने गरिएको स्रोतबाट खुल्न आएको छ । केही वर्ष मात्र प्राप्त जानकारी अनुसार पोखरा बाट हराएका झण्डै दुई दर्जन बाइक भिमादको बाटो हुँदै नवलपरासी तर्फ पुगेको खुलेको थियो । भिमादमै रहेको प्रहरी टोलीको आँखामा धुलो हाल्यो या चोरले मिलेमतो ग¥यो भन्ने बारेमा प्रहरीको तालुक अड्डाले छानविन गर्न जरुरी थियो तर हुन सकेको पाइएन त्यही कारणले पनि होला सवारी साधन चोरहरुको मनोबल बढ्यो र सवारी साधन चोरी तस्करी धन्दा बढ्यो ।

कास्कीमा कति हराए कति भेटिए ?

ट्राफिक प्रहरी कार्यालय कस्कीका अनुसार गत आर्थिक वर्षमा मात्र कास्कीबाट १३२ वटा सवारी साधनहरु हराए अर्थात चोरले गायब पारे । ती मध्ये ट्राफिक प्रहरीको सक्रियताले १०४ वटा सवारी भेटियो भने २८ सवारी साधन अझै फेला पर्न नसकेको अवस्था छ ।

चोरी भएको बाइक ग ७ प ४७४७ भेटिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्र.ना.नि. शिव प्रसाद पाठक सवारीधनी भिम बहादुर मल्ललाई हस्तान्तरण गर्दै ट्राफिक कार्यालय पोखरा परिसरमा । शब्दचित्रः पारिजात खराल

यस्तै चालु आ.व. को साढे चार महिनामा मात्र ६२ वटा सवारी साधन हराएका छन् । त्यसमध्ये ४२ वटा सवारी साधन फेला परेका छन् भने २० वटा सवारी साधन अझै फेला परेका छैनन् । झाडीमा सियो हराए झै कास्कीबाट सवारी साधन हराएको घटना डर लाग्दो छ । सडकमा मात्र गुड्ने साधन कहाँ पु¥याइयो, चोरी गिरोहलाई नियन्त्रणमा लिएर सत्य तथ्य छानविन गर्न सकिन्थ्यो तर अधिकांस हराएका सवारी साधन बेवारिसे अवस्थामा भेटिनाले गर्दा चोरी गिरोह प्रहरीको आँखाबाट ओझेल परेको छ । १३२ हराउँदा १०४ वटा भेटिनु २८ वटा गायब हुनु, ६२ वटा हराउँदा ४२ वटा मात्र भेटिएर २० वटा गायब हुनुमा आम नागरिकमा चिन्ता छाएको छ ।
सवारी हराउनुमा सवारी धनी वा चालकको पनि उतिकै कमजोरी हुन सक्छ । चाबी सवारीमै छोड्नु, एकान्तमा सवारी राख्नु, सवारी लक नराख्नु, अपरिचितलाई गाडी, बाइक स्कुटर चलाउन दिनुका कारण सवारी चोरीका घटना बढेको प्रहरी स्रोतको दाबी रहेको छ । सवारी चालकहरुको कागजपत्र जाँच हुन नसकेका कारण चोरी घटनाले बढावा पाएको बुझिन आएको छ । शंकास्पद सवारी साधन चालकका सवारी नियन्त्रणमा लिएर चालकलाई छोडिदा चोरी गिरोहले उन्मुक्ति पाउँदै आएको बुझ्न सकिन्छ । त्यस्ता सवारी साधन र चालक दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न सकेमा चोरी गिरोह पक्राउ पर्न सक्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: