अवैध बालुवा खानी काण्डमा सरकारी विद्यालय मुछियो, अख्तियारले थाल्यो छानविन

यदुनाथ बन्जारा
14 December, 2021 6:20 pm
Advertisements

पोखरा : पोखरा–१९ स्थित सेती गण्डकी किनारको धैरेनी (ढोडेनी) घाटबाट नेपाल सरकारले प्रतिबन्ध लगाएको समयमा बालुवा खानी सञ्चालन गरी ठेक्का लगाई अवैध ढंगबाट बालुवा उत्खनन् गरी अवैध कार्य गरेको उजुरीको आधारमा अख्तियार कार्यालय पोखराले छानविन कार्य अगाडी बढाएको छ ।
पोखरा–१९ पुरुन्चौर स्थित भारती भवन मा.वि.ले आफ्नो विद्यालयको आय स्रोत बढाउने उद्देश्यले धैरेनी घाट सञ्चालन गर्न माग पश्चात पोखरा महानगरपालिका १९ कार्यालयले विद्यालयलाई अनुमती दिएपछि भारती भवन मा.वि.ले साढे १२ लाख रुपैया एकमुस्ट असुल गरी स्थानिय केही व्यक्तिलाई बालुवा गिट्टी संकलन र निकासी गर्न ठेक्का दिएको थियो ।
वडा कार्यालय र विद्यालयले ठेक्का दिएपनि प्रहरीले उक्त घाट खानीमा बालुवा उठाउन गएका ५५ वटा ट्रक तथा ट्याक्टरहरुलाई पक्राउ गरी कारबाहीका लागि महानगरपालिका बुझाएको थियो । साउन ९ गते महानगर बुझाइएका ५५ वटा ट्रक तथा ट्याक्टरले अवैध बालुवा खानीबाट बालुवा ओसारपसार गरेको भन्दै जरिवाना तिराएको थियो । जरिवाना तिर्ने ट्रकहरु मध्ये ४ वटा लोड भएका थिए भने ५१ वटा ट्रक तथा ट्याक्टर रित्तो अवस्थामा पक्राउ परेका थिए । रित्तो अवस्थामा पक्राउ परेका ट्रक ट्याक्टर चालकहरु समेतले ठेक्का अनुमती दिने वडा र विद्यालयले ठेक्का दिएका व्यक्तिहरुबाट क्षतिपूर्ति भाग गरेका थिए । गण्डकी ढुवानी प्रा.लि.का अध्यक्ष राम बहादुर तामाङले भने “हामीलाई वैध खानी हो भन्दै झुक्याएर हाम्रा चालकहरुलाई फसाइयो त्यसको क्षतिपूर्ति हामीले पाउनु पर्छ ।”
यता बालुवा ठेक्का पाएका व्यक्तिहरुले पनि विद्यालयलाई बुझाएको एकमुस्ठ रकम बराबर हामीले काम गर्न नपाएको समयको रकम अनुपातमा फिर्ता पाउनुपर्ने माग गरेका छन् । तर ठेक्का दिइ आम्दानी पाउने विद्यालय भारती भवन मा.वि.ले विद्यालयले पाएको रकम फिर्ता नगर्ने बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रनाथ अधिकारीले भने “विद्यालयले विज्ञान चलाउन उठाएको पैसा हामी फिर्ता गर्न सक्दैनौ ।” अध्यक्ष अधिकारीले भने नियम कानूनले ठेक्का दिन मिल्दैन थियो तर हामीले विद्यालयको हितका लागि ठेक्का दिएर उठाएको हो। विद्यालय चलाउन महेन्द्र गुफा, डेभिड फल्स, गुप्तेश्वर गुफाले पैसा लिन पाउने तर हामीले नपाउने किन भन्दै प्रति प्रश्न गरेका थिए ।
नेपालको प्रचलित कानून बमोजिम असार देखि भाद्र मसान्तसम्म कुनै पनि खोला, नदीबाट गिट्टी, बालुवा, ढुंगा केही पनि निकाल्न निकासी गर्न पाइन्न । सरकारले नपाउने भनेको घाट खानीबाट बालुवा ओसार गरेको विषयमा अख्तियार कार्यालय पोखराले छानविन अगाडी बढाएको छ । अख्तियारले पोखरा–१९, कार्यालय, पोखरा महानगर कार्यालय सँग बालुवा ठेक्का दिदा भए गरेका निर्णयका कागज पत्र माग गरेको छ।
प्रतिवन्धित समयमा गरिएका कार्यलाई अवैध कार्य मानिन्छ । सरकारी विद्यालय सञ्चालन गर्नका लागि भन्दै अवैध बालुवा खानी चलाउनु व्यवहारिक रुपमा अनुकुल देखिए पनि कानूनी रुपमा प्रतिकुल र अवैध मानिन्छ ।
यस अघि पोखरा ३२ र ३३ बीचको सेती नदी स्थित सेती घाट गोगन मा.वि.ले उठाउँदै आएको थियो । यहुजी अवैध समयमा गोगन मा.वि.ले नउठाए पनि उक्त घाट तत्कालिन जि.विसले नियन्त्रणमा लिएको थियो हाल महानगरले ठेक्का लगाई उठाउँदै आएको छ ।
विद्यालय सञ्चालन गर्ने जिम्मा सरकारको हो । त्यसमा पनि महानगरको क्षेत्राधिकार पर्छ ढोडेनी घाट अवैध ठेक्का दिने र कारवाही गर्ने प्रकरणमा महानगरपालिकाको दोहोरो भूमिका रहेको पाइएको छ । यसबाट विद्यालय ठेकेदार र ट्रक, ट्रयाक्टर चालक सबै समस्यामा परेका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: