सराङकोट भ्यु टावर प्रवेशमा अवरोध, पर्यटकहरु मर्कामा, प्रहरी रमिते मात्र

सराङकोट न्यूज
4 January, 2022 3:11 pm
Advertisements

पोखरा : पोखरा पर्यटकीय नगरको नामले परिचित छ । पोखरालाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउने अभियान चलेको छ । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले पुष १५ गते रेवान पोखराले आयोजना गरेको सडक महोत्सवको उद्घाटनका क्रममा पर्यटन नगरी पोखराका व्यवसायी र पर्यटकहरुलाई धरपकड नगर्न, दुख नदिन र शान्ति सुरक्षा प्रदान गरी २४ सै घण्टा लेकसाइड खुल्ला राख्ने प्रबन्ध मिलाउन प्रहरी प्रशासनलाई निर्देशन दिए ।
लेकसाइडको सभामा बोलेका गृहमन्त्रीका भाषण सराङकोट भ्यु टावरमा लागू हुन सकेको छैन । स्थानिय व्यक्तिले धार्मिम क्षेत्र विकास समितिको नाममा सराङकोट भ्यु टावरको प्रवेश मार्गमा बार लगाएर अवरोध गरेका कारण स्वदेश तथा विदेशबाट घुम्न आएका हजारौं पर्यटकहरु टावर प्रवेश गर्नबाट रोकिएका छन् । उनीहरु प्रवेश नपाई फर्किरहेका थिए । काठमाडौं, भक्तपुर, विराटनगर, नेपालगञ्ज र भारतका विभिन्न प्रान्तबाट आएका पर्यटकहरु स्थानियले बाटो ब्लक गरेपछि रुस्ट हुँदै गन्तव्यतिर फर्किरहँदा नेपाल प्रहरीको सराङकोट प्रहरी पोस्टका प्रहरीहरु रमिते मात्र बनेका थिए। त्यहाँ खटिएका सराङकोट प्रहरी पोस्टका इञ्चार्ज प्र.स.नि. सफल तिवारी प्रवेश मार्ग अवरुद्ध गरी पर्यटकलाई फर्काउने उपर कानूनी कारवाही गर्न माथिको आदेश नआएको भन्दै आफुले केही गर्न नसक्ने बताएर छेकिएको बाटोबाट फर्किएका पर्यटकहरुको असन्तुष्टि र विजोग हेर्न रमिते जस्ता मात्र बनेका थिए ।
आइतबार राति अबेर सम्म पोखरा महानगरका प्रमुख प्रशासकिय अधिकृत बलराम रिज्यालको पहलमा बार्ता गरी समस्या समाधान गरिए पछि टेण्डर प्राप्त व्यक्तिले सोमबारबाट आफ्नो काम सुरु गर्ने भएका छन् ।

कारण यस्तो रहेछ

सराङकोट सूर्योदय हेर्न र पोखराको दृश्यालोकन गर्ने आकर्षक गन्तव्य हो । विहान ५ बजेबाटै सराङकोट भ्यु टावरमा आन्तरिक र बाह्य पर्यटकहरुको चलह पहल बढ्ने स्थान हो । त्यही स्थानको तल्लो भागमा विशाल शिव मुर्ती पनि निर्माणाधिन रहेको छ । विगत वर्षहरुबाटै उक्त स्थानमा स्थानिय तहले टेण्डर दिएर भ्यु टावर सञ्चालन गर्दै आएको थियो । कोरोना महामारीका कारण निषेधाज्ञा र लक डाउन हुन थालेपछि टेण्डर र प्रवेश आवागमनमा कमी आएको थियो ।
कोरोना कहरको समयमा स्थानिय विद्यालय जनजागृती मा.विज. पदेली र स्थानिय व्यक्ति प्रेम बहादुर जिसी अध्यक्ष रहेको सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले सहयोग रसिद छपाई प्रवेश शुल्क असुल गर्दै आइरहेका थिए । उक्त स्थान पोखरा महानगरपालिकाको वडा नं. १८ मा पर्ने भएकोले पोखरा महानगरले टेण्डर आव्हान ग¥यो । टेण्डर परेका मध्य मेन्स विल्डर्सलाई वार्षिक ३१ लाख ६९ हजार वार्षिक एकमुस्ठ बुझाउने गरी टेण्डर परि सम्झौता समेत भयो । टेण्डर पाएका व्यक्तिले महानगरलाई अग्रिम ठेक्का रकम बुझाई कार्यदेश पनि पायो।
रकम बुझाएका टेण्डर वाला आधिकारिक कम्पनी मेन विल्डर्स फिल्डमा सम्झौता बमोजिम कार्यान्वयनमा जाँदा विद्यालय र धार्मिक क्षेत्र विकास समितिका केही व्यक्तिले अवरोध गरे, गरिरहे । टेण्डर परेको पनि तीन महिना पुगिसक्यो तर काम गर्ने वातावरण नै पाएका छैनन् बरु उल्टै धरपकड गर्ने, धम्की दिने गर्दै आएको मेन विल्डर्सका सञ्चालकले बताए । पटक पटक प्रयास गर्दा पनि काम गर्न नदिएका स्थानिय विद्यालय र समितिले अहिले आएर प्रवेश द्वार नै बन्द गराएर पर्यटक फिर्ता गरिदिएका छन् । ठेक्कावाला र पर्यटक दुवैले सुरक्षा चिन्ता आभाष गरेको बताएका छन् । यस विषयमा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापा सँग जानकारी गराउँदा उनले भने “बगरबाट थप सुरक्षा पठाएर आवश्यक प्रक्रिया अगाडी बढाउँछु ।”
पोखरा महानगरपालिका भित्रै जहाँ पर्यटकको सुरक्षाको लागि प्रहरी चौकी पनि राखिएको छ । प्रसनिको कमाण्डमा ड्युटी पनि छ । महानगरले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलार्य २०७८।०८।२० गते पत्र लेखेर शान्ति सुरक्षाको माग पनि गरेको छु । कानून बमोजिम आय ठेक्का पाउनेलाई काम गर्न संलग्नलाई कारबाही गर्न सहयोग आग्रह गरेको छ तर अवैध सुल्क असुल गर्ने संस्थालाई कारवाही गर्ने र प्रवेश मार्ग बन्द गरी पर्यटकलाई फर्काइ सास्ती हैरानी दिने हरुलाई कास्की प्रहरी मातहतको प्रहरी टोली किन रमिते बनेको छ ? प्र.स.नि. तिवारीले भने अनुसार कारवाहीका लागि जिल्लाले आदेश नै नदिएको होला र ? बुझिनसक्नुको विषय बनेको छ।
गृहमन्त्री बालकृष्ण खाणले पुष १५ गते दिएको भाषण र निर्देशन लेकसाइडका पर्यटन व्यवसायी र पर्यटकका लागि मात्र होकी पोखरा र कास्की आसपासका अरु पर्यटकीय क्षेत्र र व्यवसायीलाई पनि हो ? भन्ने कुरा जिज्ञासाकै विषय बनेको छ ।
सराङकोट भ्युटावर प्रवेशमा जारी विवाद सोमबारबाट हटेको छ । महानगरले टेण्डर दिएका व्यक्तिलाई काम गर्ने वातावरण बनाउने काम बल्ल सुरु भएको छ हालै आएका पोखराका प्रमुख प्रशासकिय अधिकृतको विशेष पहलमा यो विवाद समाधान भएकोमा टेण्डर प्राप्त कम्पनी मेन्स विल्डर्सका संचालक मतिलाल पौडेलले खुशी व्यक्त गरेका छन् ।
पोखरा १८मा रहेको पर्यटकीय गन्तव्य सराङकोट भ्यू टावर रहेको स्थानमा भएको अवैध असुली कार्य स्थगित भई टेण्डरमा गएको छ । यहि प्रकृतिका अन्यत्र स्थानहरुमा पनि राज्यको ध्यान जानु जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: