तयारीको सुस्त कार्यशैलीले पोखराको नयाँ एयरपोर्ट कहिले चल्छ ?

सराङकोट न्यूज
18 January, 2022 11:21 am
Advertisements
Advertisements

पोखरा : पोखरामा चिनिया कम्पनीले निर्माण गरिरहेको पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने प्रश्नको जवाफ अनभिज्ञ नै रहेको छ । सम्झौताको शर्त

को समय पूरा भई सकेर म्याद थपको प्रक्रियामा निर्माण कार्य भइरहेको छ । निर्माण कम्पनीलाई हवाला दिएर सरकारले २०२२ फेब्रुअरीबाट सञ्चालनमा आउने दाबी गरेको थियो सरकारको दाबी यो दोस्रो हो ।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ? रन वे निर्माण र भौतिक संरचना निर्माण कार्यको ९२ प्रतिशत भन्दा बढी निर्माण सम्पन्न भइसकेको बताइए पनि विमानस्थल सञ्चालनका लागि विभिन्न अवरोध हटाउनै बाँकी रहेको छ । विमानस्थल क्षेत्रसँग जोडिएको बाच्छे बुढुवामा रहेको फोहोरमैलाका डम्पिङ साइड हटाएर सफा बनाएर गिद्ध, चिल र चरा चुरु·ीको उडान कार्य शुन्यमा झार्नु जरुरी हुन्छ तर पोखरा महानगर प्रशासनले हाल सञ्चालनमा रहेको डम्पिङ साइड खाली गरि नयाँ ठाउँमा डम्पिङ साइड राख्ने बारे यकिन गरेको छैन ।

महानगरपालिकाले पोखरा–१६ र २० नम्बर वडाको सिमाको खोँचमा ल्याण्ड फिल्ड बनाउन ल्याइएको प्रस्ताव विरोधका कारण निर्णयमा पुग्न सकेको छैन । वडा नं.१६ का अध्यक्ष संयोजक रहेको उक्त स्थानमा ल्याण्ड फिल्ड साइट निर्माण कार्य भएमा त्यहाँको बासिन्दाले प्रयोग गर्दै आएका ५ वटा पानीका मुलमा नकरात्मक असर पर्ने जनाउँदै वडा नम्बर २० का वडा अध्यक्ष सहित स्थानियले घोर विरोध गरेका छन् । विरोधका कारण विकल्प तय हुन सकेको छैन त्यसले गर्दा बाच्छेबुढुवा ल्याण्ड फिल्ड साइड सार्ने स्थान तय नभए सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पूर्णता पाएपनि त्यसको सञ्चालनमा हुने सम्भवना छैन ।
२२ अरब रुपैया खर्च गरी निर्माण सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तोकिएकै समयमा सञ्चालनमा ल्याउने मुख्य दायित्व केन्द्रीय सरकारको हो । केन्द्रीय सरकारले एयरपोर्ट निर्माण कार्य हुनु लगत्तैबाट हालको ल्याण्डफिल्ड साइड हटाइ नयाँ निर्माणमा जुट्नु आवश्यक थियो । एयरपोर्ट बनाउन अरबौ लगानी गर्ने सरकारले सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट दिएर प्रदेश सरकार र पोखरा महानगर सरकारसँग समन्वय गरेर कार्य गर्नुपर्ने हो तर सरकार राष्ट्रिय गौरवका योजना बनाउने अधुरो योजना अघि सारेर आफ्नो असक्षमता प्रदर्शन गर्न उद्धत देखियो । अवस्था यति सहज थियोकी तीनवटै तहमा नेकपा एमालेकै एकमना सरकार थियो तर दुरदर्शिताका अभावका कारण अरबौ खर्च गर्न सक्ने सरकारले करोड खर्चेर विमानस्थलमा उडानको तयारी गर्न सकेन ।

सुस्त छ डाँडा कटान

लेखनाथको बुढिबजार पश्चिम तर्फ रहेको डाँडाको कटान गर्न नसकेसम्म ठूला विमानको उडान सम्भव नै छैन । विज्ञ प्राविधिकको अध्ययन अनुसार डाँडाको ४० मिटर टुप्पो भाग कटान गरेर डाँडा होचो बनाई अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने योजना तय भएको थियो तर डाँडा कटान कार्य सुस्त छ । एयरपोर्ट सञ्चालन मिति आइसक्दा पनि प्रभावित क्षेत्रको व्यवस्थापन गर्न सरकारको ध्यान गएको छैन । यहि गतिमा काम गर्ने हो भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने मिति लामो समयसम्म अनिश्चित रहने देखिएको छ ।
सराङकोटबाट उड्ने प्याराग्लाइडिङ समेतको स्थान परिवर्तन जरुरी रहेको छ । ल्याण्ड फिल्ड साइड, उडान रुट अग्लो डाँडा कटानलाई तिब्र गतिमा सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यक छ । सरकारको ध्यान तत्काल जान अपरिहार्य बनेको छ । कुम्भकर्ण जस्तै गरि सुतेको सरकार ब्युझन जरुरी छ । तब मात्र राष्ट्रिय गौरवको योजनाले सार्थकता पाउन सक्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: