कुश्मा–१३ नम्बर वार्डको बजेटमा मनोमानी, योजनाको पैसा सचिवको खल्तीमा

सराङकोट न्यूज
20 January, 2022 9:44 am

पर्वत : संघीय लोकतन्त्रमा सिंह दरबारको अधिकार गाउँ गाउँमा आउँछ भन्दै जनतालाई सत्तारोहणको भरेङको खुट्किलो नै बनाइयो । सोझा निमुखा जनताले पनि हो कि त भन्ने विस्वासमा परेर मतदान गरेर वडा सरकार देखि सिंहदरबार हुँदै बालुवाटार र सितल निवास सम्म पु¥याउने कार्य गरे । सार्वभौम जनताको पगरी गुथेर बसेका जनतामा कुनै प्रगति भयो न समृद्धि नै आयो बरु उल्टै वडा देखि केन्द्र सम्म चरम भ्रस्टाचार बढ्यो महंगी बढ्यो नियमन गर्न स्थापित गरिएका निकायका कानून कमजोर बनाइयो फलत अनुचित कार्य गर्नेहरु र भ्रस्टहरु असनका साँढे जस्तै अनमत्त हुँदै गए ।
सिंहदरबारको अधिकार परिपालक भनिने स्थानिय तहका सरकारहरु नै सबैभन्दा बढी आलोचनाका पात्र बन्न पुगेका फेहरिस्तहरु क्रमश बाहिरिन थालेका छन् । संघीय लोकतान्त्रिक संविधान आए पछिको पहिलो सरकारका सबै तहका अधिकांस जनप्रतिनिधिहरु आम नागरिक प्रति भन्दा आफ्ना कार्यकर्ता र आफन्तवाद, नातावादको दायरामा सीमित रहन गई कमाउ धन्दामा लिप्त रहन पुगेको पाइएको छ ।
यस्तै एउटा उदाहरण घटना कुश्मा नगरपालिकाको वार्ड नं.१३, खौला लाँकुरीमा फेला परेको छ । कुश्मा नगरपालिकाको १३ नम्बर वार्ड अध्यक्ष जंगबहादुर के.सी र सचिव मोहलाल लामिछानेले गरेको साढे ४ वर्षको विकास निर्माण कार्य र त्यसमा भए गरिएका आर्थिक पारदर्शितामा स्थानिय वडा बासीहरुबाटै गम्भिर प्रश्न उब्जिएको छ । विकास निर्माणका लागि विनियोजन गरिएका बजेटहरु विकासै नगरी खर्च देखाइएका छन भने कतिपय योजनाका बजेट वडा सचिवकै पोल्टामा हालेर राखिएको स्वयम् वडा अध्यक्ष जंगबहादुर के.सीले स्वीकार गरेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ को बजेट शिर्षक मध्ये विद्यार्थीको पोशाक उपलब्ध गराउन विनियोजित रकम २ लाख सचिवकै पोल्टामा पुगेर बसेको छ । वार्ड अध्यक्ष के.सी.ले भने उक्त बजेट सचिवको नाममा पेश्की लिएको छ । फछ्र्यौट भएको छैन । कोट पूजाका लागि विनियोजित रकम २ लाख मध्ये एक लाख कोट पूजा समितिका अध्यक्ष खड्क बहादुर के.सीकै पोल्टामा उनी वडा अध्यक्ष जंग बहादुर के.सीका भिनाजु नाताका व्यक्ति हुन् ।
नगरपालिकाबाट छुटिएको योजनाहरुलाई मनमौजी रकमान्तर गरिएको छ । कृषकको माटो परीक्षणको बजेट रकमान्तर गरि रुख कटानमा लगाइएको छ । माटो परिक्षणको बजेट डेढ लाखा रुख कटानमा भएको खर्च पनि पाददर्शी नरहेको खुलेको छ । ह्युम पाइपको बजेट छुट्याएर कालो प्लास्टिक पाइपमा खर्च गरेको वडा अध्यक्ष के.सीले बताए ।
यस्तै जेष्ठ नागरिक सम्मान, सामुदायिक भवन निर्माण लगायतका योजनामा आएको बजेटको खर्च पनि हचुवा तालमा कागज मिलाई खर्च देखाइएको, विकास निर्माण कार्यमा भएका अनियमित कार्यशैलीका सम्बन्धमा स्थानिय तहमा भुसको आगो जस्तै धुवाइरहेको छ तर पनि स्वतन्त्र छानविनको अभावमा आर्थिक अनियमितताको सत्य तथ्य विवरण बाहिर आउन नसक्दा चोरलाई चौतारी सज्जनलाई सुली जस्तै हुन पुगेको छ ।
त्यसो त उक्त प्रकरणका सम्बन्धमा अख्तियार कार्यालयले छानविन कार्य अगाडि बढाएको बेलामा कुश्मा नगरपालिकाबाटै प्रतिरक्षा गरि जोगाउने प्रयास भएको भन्दै चर्चाको विषय बनेको छ । नागरिकहरु खुलेर बोल्न सक्दैनन् । उनीहरु चाहन्छन्, अख्तियारले आ.व.२०७४–७५ देखिकै विकास निर्माण योजना लगायत सम्पूर्ण फाइल तानेरै छानविन गरि राज्यकोषमाथी मनमौजी ढंगले गरिएका अपारदर्शी कार्य उपर छानविन गरियोस् र दोषी उपर कारवाही होस् । जनताको नाममा आएका सबै प्रकारका कार्य योजना पारदर्शी र नियम सँगत नगरि बपौती झै गर्ने कार्य रोकिनु आवश्यक छ । यसबारेमा बुझ्न खोज्दा कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी र उप मेयर सिता काफ्लेको फोन उठेन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: