ने.रे.सो. पोखरा वडा नं. २, ३ उपशाखाको सभापतिमा पुनः पराजुली चयन

सराङकोट न्यूज
20 January, 2022 7:10 pm

नेपाल रेडक्रस सोसाईटी पोखरा वडा नं २, ३ उपशाखाको १५ औ साधारण सभा तथा ८ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट खगेन्द्र पराजुली सभापतिमा चयन हुनुभएको छ । त्यस्तै क्रमशः सावित्री पराजुली (उपसभापति महिला), विन्दु शर्मा (सचिव), शान्ति देवि पराजुली (कोषाध्यक्ष), गोविन्द पराजुली (उप–सचिव), सोमकला पराजुली ( उप–कोषाध्यक्ष) एवं सदस्यहरुमा महिला सदस्य कविता गुरुङ्ग, पुष्पा नापित, गिता कुँवर, सरु अधिकारी र हुमकुमारी क्षेत्री चयन हुनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्य प्रसाद ढकालले आतिथ्यता ग्रहण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सूर्य प्रसाद ढकालले नेपाल रेडक्रस सोसाइटी पोखरा वडा नं. २, ३ उपशाखा कास्की जिल्ला मै उत्कृष्ट हुन सफल भएकोमा बधाई तथा शुभकामना दिनुभएको थियो । उहाँले संस्थागत विकास र समग्र रेडक्रस अभियानमा मानवीय सेवा भावका साथ नेरेसो पोखरा वडा नं. २, ३ उपशाखाले गरेका कार्यहरुको प्रशंसा गर्नुभएको थियो । उहाँले सम्मानित हुने महानुभावहरु तथा संघ संस्थालाईप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्र्दै यसरी नै आगामी दिनहरुमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य टंकमान नापित, सुसिला पराजुली, रामेश्वर मल्ल, दिपक शाहले दिनुभएको थियो । रेडक्रसका सात सिद्धान्तहरु सोमकला पराजुलीले वाचन गर्नु भएको थियो ।
कार्यक्रममा ने.रे.सो. पोखरा वडा नं. २, ३ उपशाखालाई विभिन्न क्षेत्रबाट सहयोग गर्नुभएका महानुभावहरु तथा संघसंस्थालाई सम्मानित गरिएको थियो । जसमा सम्मानितहरुमा सि.ए. प्रकृतिराज तिमिल्सिना, सि.ए. लक्ष्मण अधिकारी, आजीवन सदस्य सोममाया राई तथा सम्मानित हुने संघसंस्थाहरुमा नदिपुर युनाईटेड क्लब, भिमसेनटोल ल्याम्पपुचं, पोखरावेशि सेवा समिति र नारायणी वेकरि उद्योग रहेका छन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: