गण्डकीमा सार्वजनिक यातायातको भाडा बढ्यो, ट्याक्सी भाडा मिटर कार्यान्वयनमा चुनौती

सराङकोट न्यूज
27 January, 2022 9:18 am

पोखरा : संघीयता कार्यान्वयन भएपनि यातायात सम्बन्धी अधिकांस कार्यहरु केन्द्रीय सरकारको नियन्त्रणमा रहदै आएको छ । एकाध कार्य बाहेक अझै पनि केन्द्र सरकारकै मुठीमा छ यातायात व्यवस्थापन कार्य । गाडी दर्ता देखि लाइसेन्स परीक्षा, भाडाकार दर्ता सम्बन्धी निर्णय समेत केन्द्रले प्रदेशलाई दिन आनाकानी गर्दै आएको छ । गण्डकी प्रदेशमा कति सिसिको, कस्तो ट्याक्सी चलाउने भन्ने कुरा केन्द्रको आदेशमा भर पर्छ सेडान कारलाई ट्याक्सी बनाउने निती लादेर टाटाको टिगोर ट्याक्सी मात्र भाडाकार बनाउने बाध्यकारी नीति पोखरामा अध्यावधि छ त्यसका कारण ३० लाख खर्चेर मात्र बल्ल एउटा ट्याक्सी दर्ता हुने गर्छ त्यसको लगानी उठाउन यात्रु सँग बढी भाडा असुल्न चालक र स्वरोजगार व्यवसायी बाध्य हुने गरेको गुनासाहरु पनि सुनिदै आइएको छ ।
प्रदेश र स्थानिय तहमा चल्ने सार्वजनिक सवारी साधनको भाडा तोक्ने कार्य बल्ल गण्डकी प्रदेश सरकारले गरेको छ । केन्द्र सरकारले गत भाद्रमा अन्तर प्रदेश चल्ने सवारी साधनका भाडा बढाएको थियो । गण्डकी प्रदेश सरकारले ६ महिना पछि बल्ल भाडा समायोजनको निर्णय गरेको छ । जसमा अन्तर प्रदेश भई चल्ने लामो दुरीका सवारी साधनहरुको भाडा २३.५१ प्रतिशत वृद्धि भएको छ भने नगर बसको भाडा २२.५५ प्रतिशत वृद्धि गरिएको छ । माघ ३ गते सोमबार बसेको गण्डकी मन्त्रीपरिषद सरकारले भाडा सिफारिस समितिले गरेको प्रतिवेदनलाई समायोजन गर्ने निर्णय गरेको हो । यस्तै सिटि बसका यात्रुले हालको भाडामा २२.५५ प्रतिशत जिप चढ्ने यात्रुले ५.५ प्रतिशत र ट्रक व्यवसायीलाई साविक भन्दा १४.५७ प्रतिशत बढी भाडा तिर्नुपर्ने भएको छ ।

पोखराका ट्याक्सी मिटरमा चल्लान ?

भाडा कार्यान्वयनमा सबैभन्दा चुनौती ट्याक्सीमा देखिन्छ । मिटर चलाउन आनाकानी गर्ने, कुत मोलाई गरि यात्रु बोक्दै आएका कारण कतिपय यात्रुहरुले आफूहरु ठगिएको गुनासो गर्ने गरेका थिए । ट्याक्सी चालकले पनि तेलको मूल्य बढेकोले मिटरमा यात्रु बोक्न घाटा पर्ने बताउँदै मनोमानी भाडा लिने गरेका थिए ।
माघ ३ गते भएको भाडा समायोजनमा ट्याक्सीको मिटरमा सुरु उठ्ने फ्ल्याग डाउन मूल्य ८० रुपैया पुगेको छ भने १५ किलोमिटर दुरी सम्म पुग्ने यात्रुको प्रति किलोमिटर भाडा ५० रुपैया उठ्नेछ । १५ कि.मी. भन्दा लामो यात्रामा ट्याक्सी चढ्न प¥यो भने प्रति किलोमिटर ३७ रुपैया ५० पैसा उठ्ने छ । यस अघि ट्याक्सी मिटरको सुरु मुल्य फ्ल्याग डाउन रु. १४÷– थियो भने प्रति किलोमिटरमा रु.३९÷– चढ्ने गथ्र्यौ ।
यो भाडा बृद्धि पछि व्यवसायीलाई राहत मिल्ने निश्चित छ । के अब मिटर समायोजन पश्चात मिटरमा ट्याक्सी चल्छन् त ? अब यात्रुले कुत मोलाइ भाडा तिरेर ठगिएको गुनासो गर्ने छैनन् त ? अबको मूल्याङ्कन र निगरानी यहि नेर हुनुपर्ने देखिन्छ । पोखरेली ट्याक्सी प्रा.लि. का अध्यक्ष प्रकाश तिवारी ट्याक्सी अब मिटरमै चल्न पर्ने बताउँछन् । अझ पनि मिटरमा नचलेर यात्रु सँग मनोमानी भाडा लिन मिल्दैन लिएको पाइएमा हामी आफै कारवाहीको लागि सिफारिस गर्छौ अध्यक्ष तिवारीले बताए । पोखरेली ट्याक्सी प्रा.लि. ले आफ्ना शेयर सञ्चालक सदस्यहरुलाई समायोजन मिटर भाडा कार्यान्वयनका लागि अक्षरस कार्यान्वयन गर्न सूचना प्रवाह गर्ने र नीति निर्देशन मान्ने अध्यक्ष तिवारीले अपेक्षा राखेका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: