१७ वर्षदेखि सार्वजनिक जग्गाको आम्दानी गुमनाम, राज्य उदासिन

यदुनाथ बन्जारा
15 February, 2022 12:29 pm
Advertisements
Advertisements

पोखरा

पोखरा महानगरपालिका वडा नं. १ मा रहेको पृथ्वीनारायण क्याम्पसको मुलगेटमा रहेको करिव १ रोपनी सार्वजनिक जग्गा १७ वर्षदेखि सरकारको ट्रयाक भन्दा वाहिर छ । कृषि उपज बजार राख्नका लागि तत्कालिन पोखरा उपमहानगरपालिकाले योजना अघि सा¥यो, बजेट पनि खर्च ग¥यो तर कृषि उपज बजार राखिएन बरु व्यापारिक प्रयोजनका लागि नीजि क्षेत्रलाई प्रदान गरियो । त्यहि जग्गामा पन्थी आइसक्रिम पसल तथा होटल र पोखरा पाउँ भण्डार व्यापारीलाई भाडामा दिइयो । तर दुर्भाग्य त्यो सार्वजनिक जग्गाको प्रयोग न कृषि उपजमा प्रयोग भयो र व्यापारीले तिरेको भाडा राज्यको आम्दानीमा नै वाँधियो । अहिले सम्म पनि त्यहाँको आम्दानी राज्यको दायरामा आउन सकेको छैन । स्थानिय भिमकालीपाटन साझेदारी टोल विकास संस्थाको पोल्टामा भाडाको आम्दानी केन्द्रीत भइरहेको छ ।
अहिले पन्थी डेरी तथा होटलले मासिक १७ हजार भाडा तिर्दै आएको छ भने पोखरा पाउँ भण्डारले मासिक ५ हजार भाडा तिर्ने गरेको टोल विकास संस्थाको अध्यक्ष कल्पना पराजुली रोजीले बताइन् । मासिक उठेको २२ हजार रुपैयाँ भाडा वापतको रकम हालसम्म कति संकलन भयो र कहाँ कति खर्च भयो भन्ने विषयमा अध्यक्ष पराजुलीले बताउनुभएन । गत वर्ष हामीले उक्त स्थानको सार्वजनिक जग्गाको आय व्यय विवरणको लेखा परीक्षण प्रतिवेदन उपलव्ध गराउन वडा कार्यालयका सूचना अधिकारी र वडा अध्यक्ष समक्ष लिखित माग गर्दा हालसम्म पनि आय व्यय र लेखा परीक्षण विवरण उपलव्ध हुन सकेको छैन । सूचनाको हक प्रयोग गरी पारदर्शिताको लागि गरिएको प्रयास असफल वनाइएको प्रति थप शंका उव्जाएको छ ।
भूतपूर्व अध्यक्ष दिपक आचार्यले आफ्नो कार्यकालमा ५ लाख वढी रकम जम्मा भएको र आफ्नो कार्यकाल पछि कति जम्मा भयो कति खर्च भयो भन्ने वारेमा अनविज्ञता व्यक्त गरे । भूपू अध्यक्ष नै सार्वजनिक स्थलको आय व्ययबाट गुमनाम रहन्छन् भने अन्य सर्वसाधारण जनता कसरी सुसूचित हुन सक्छन् भन्ने जिज्ञाशा उव्जिएको छ ।
सार्वजनिक जग्गाको रुपमा स्थापित उक्त जग्गामा देवी पाञ्चायन मन्दिर रहेको छ भने दायाँ बायाँ व्यापारिक सटर छन्। मन्दिरको खर्च चलाउन जग्गा भाडामा दिएको टोल विकास संस्थाले बताइरहँदा बगरमै रहेको वडा कार्यालय भने उक्त सार्वजनिक जग्गाको आय व्यय वारे बेखवर रहेको छ । २०५५ साल अघिदेखि आजका मितिसम्म सार्वजनिक जग्गा हर हिसाव किताव पारदर्शी बन्न सकेको छैन तर राज्यकै निकाय मौनता साँधेर वसेका छन् ।

५ वर्ष सम्मको ताकेता व्यर्थ

वडा नं. १ कार्यालयले सार्वजनिक जग्गाको उचित व्यवस्थापन गर्न सकेन । पिएन क्याम्पस गेट चोकमा रहेको जग्गा खाली गराएर नीति अनुसारको योजना लागु गर्ने पहल गरेको तर सफल नभएको वताउँछन् । वडा अध्यक्ष शारदा पराजुलीले पिएन क्याम्पस गेट चोकको व्यापारिक संरचना हटाउन पटक पटक ताकेदा गर्दा पनि नहटेको बताउँछिन् । फागुन १५ गतेभित्र हटाइसकिने र उक्त स्थानमा खुल्ला व्यायामशाला बनाउने योजना रहेको बताइन् ।
ट्याक्सी चोकमा फुटपाथमा रहेको तरकारी तथा फलफूल वजारले सडक समेत अस्तव्यस्त रहेको छ तर नगरपालिकाले तरकारी तथा फलफूल वजार व्यवस्थापन गर्न सरेको छैन । तरकारी तथा फलफूल वजार व्यवस्थापन गर्न ल्याइएको नीति विपरित होटल र किराना व्यापारमा प्रयोग गर्न दिइएको छ तर नियमन गर्न स्थानिय सरकार असक्षम वनेको छ ।

आय व्यय किन गोप्य ?

सार्वजनिक स्थानको जग्गा भाडामा लगाएको आम्दानी १७ वर्षदेखि राज्यको दायरा भन्दा वाहिर छ । सुरुमा पन्थी डेरीलाई मासिक ३ हजारमा दिएको जग्गा भाडा अहिले १७ हजारमा पुगेको छ । महानगरको खातामा जम्मा भई महानगरके समग्र विकासमा खर्च गर्नु पर्ने रकम एउटा संस्थामै राखेर चलाइँदा पनि गुमनाम छ राज्यका अंगहरु ।
सूचना अभियन्ता र नागरिकहरुले आय व्यय पारदर्शिताको माग गर्दा किन भएन सुनुवाई ? किन लुकाइयो सूचना ? सार्वजनिक जग्गाको आम्दानी टोल विकासको हुन्छ कि राज्य मातहतको ? टोल विकास संस्थाकी अध्यक्ष कल्पना पराजुली रोजीले अघिल्लो कार्यकालको आय व्यय थाहा नभएको तर आफ्नो कार्यकालको मात्र हिसाव दिने बताउनुले पनि अघिल्ला कार्यकालमा भएका गतिविधि माथि शंका उव्जाएको छ । राज्यका जिम्मेवार निकायको ध्यान जानु जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: