एकिकृत ट्रेड यूनियनलाई फुकुवा मिल्यो

सराङकोट न्यूज
15 February, 2022 12:34 pm

पोखरा

नेकपा एस निकट भातृ संस्था गठन पश्चात नेकपा एमाले निकट भातृ संस्थाले श्रम अदालतमा मुद्धा हाली लगाएको बन्देजमा श्रम अदालतकै अन्तिम फैसलाले फुकुवा गर्ने निर्णय सुनुवाई गरेको छ । एकिकृत ट्रेड युनियन महासंघका महासचिव दिपक पौडेलले फागुन २ गते एक प्रेश वक्तव्य जारी गर्दै सम्वद्ध सवै पक्षप्रति आभार प्रकट गर्दै न्याय पाएकोमा खुसी व्यक्त गरेको छ ।
नेकपा एमाले फुटेर वनेको नेकपा एस आवद्ध रहेका मजदुरहरुले २०७८ मंसिर २९ गते नेपाल सरकार, श्रम विभागबाट एकिकृत ट्रेड यूनियन महासंघ नेपाल (क्ष्ऋत्ग्) दर्ता भएको थियो । दर्ता भए लगत्तै एमाले निकट जिफन्टले एकिकृत ट्रेड यूनियनलाई काम नगर्न नगराउन अन्तरकालिन आदेशको माग गर्दै श्रम अदालत काठमाडौंमा मुद्दा हालेको थियो । मुद्दाको अन्तिम किनारा नलाग्दासम्म काम कारवाही अगाडि बढाउन स्थगन भएको थियो ।
श्रम अदालतले फुकुवा दिए लगत्तै देशका ७ वटै प्रदेशमा क्रियाशिल एकिकृत यातायात मजदुर संगठन र एकिकृत ट्रेड युनियन महासंघ नेपाल र घटक यूनियनहरु गठन हुने जानकारी केन्द्रीय सदस्य तिल बहादुर वि.क. तिलकले वताए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: