सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की दर्ता

सराङकोट न्यूज
17 February, 2022 7:56 pm
Advertisements
Advertisements

सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको छ । यस अघि खुल्ला फोरुमका रुपमा सूचनाको हक प्रयोग प्रचलन सम्बन्धि कार्य भइरहेकोमा अब संस्थागत रुपमै सूचनाको हकको प्रयोग प्रचलन सम्बन्धि कार्यले निरन्तरता प्रदान गर्ने भएको छ ।
सञ्जालको जिल्ला भेलाबाट पारित भएको सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीको विधान २०७८ लाई जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरि संस्था दर्ता ऐन २०३४ को नियम ४ बमोजिम दर्ता प्रमाण पत्र उपलब्ध गराएको संस्थाका अध्यक्ष यदुनाथ बञ्जाराले बताए । अब अभियानले कानूनी हैसियत पाएको छ, नेपालको संविधानको धारा २७, सूचनाको हक सम्बन्धि ऐन २०६४ बमोजिम कार्य अगाडि बढाउन जिल्ला सञ्जाल प्रतिवद्ध रहेको अध्यक्ष बञ्जाराले बताए ।
सञ्जालको वृहत भेलाबाट यदुनाथ बञ्जाराको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको बताइएको छ । सञ्जालको उपाध्यक्षमा शिवराज बस्ताकोटी, सचिवमा पुष्पराज दाहाल, कोषाध्यक्षमा पारिजात खराल छन् यस्तै सदस्यहरुमा मेघनाथ आचार्य, कृष्ण बराल र नवराज कोइराला रहेका छन् । ११ सदस्यीय समितिमा बाँकी ४ जना जिल्ला कार्यसमिति सदस्यमा क्रियासिल अभियन्ताबाट मनोनित गरिने छ ।
संस्था दर्ताको प्रमाण–पत्र हस्तान्तरण गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले ऐन नियमको परिधिमा रही सक्रियता पूर्वक कार्य गर्दै सुशासन र पारदर्शिताको लागि कार्य हुने अपेक्षा व्यक्त गरेका थिए । सहायक प्र.जि.अ. समेत रहेका सूचना अधिकारी कृष्ण चन्द्र पौडेलले सूचनाको हक प्रयोग प्रचलन कार्यमा संस्था र राज्यको सहकार्य हुनुपर्ने आग्रह गरेका थिए ।

 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: