नव आदर्श सामुदायिक विकास संस्थाको खुल्ला रक्तदानमा ४५ यूनिट रगत संकलन

सराङकोट न्यूज
19 February, 2022 5:19 pm
Advertisements

पारिजात खराल

नव आदर्श सामुदायिक विकास संस्थाको खुल्ला रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । हरेक वर्षको फागुन ७ गते प्रजातन्त्र दिवसका दिन संस्थाले खुल्ला रक्तदान गर्दै आएको छ । ७२ औं प्रजातन्त्र दिवसको दिन संस्थाले २२ औं रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले वताइन् ।
कास्की जिल्लामा रगतको अभाव भइरहेको वेला नव आदर्श सामुदायिक विकास संस्था लामाचौर पोखराले गरेको रक्तदान कार्यक्रमबाट थप टेवा मिलेको रक्तसंचार केन्द्र पोखराले वताएको छ ।
संस्थाका पूर्व सल्लाहकार समेत रहेका आइ.एन. एफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले प्रमुख अतिथिको आशनबाट पहिलो रक्तदाता एवम् संस्थाका पूर्व अध्यक्ष वुद्धि बहादुर खत्री क्षेत्रीलाई ब्लड व्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन भएको थियो । क्षेत्रीले संस्थाको कार्यक्रममा १८ औं पटकको रक्तदान गरिसकेका छन् भने पूर्व अध्यक्ष नविन अधिकारीले संस्थामा २१ पटक रक्तदान गरिसकेको वताइएको छ ।


२०५४ भाद्र ८ गते पोखराको लामाचौरमा स्थापना भएको नव आदर्श सामुदायिक विकास संस्था सामाजिक क्षेत्रमा जिल्लामै उत्कृष्ट बन्न सफल भएको छ । स्वास्थ्य, शिक्षा, सुरक्षा देखि संस्कृतिको जगेर्नामा कृयाशिल रहँदै आएको संस्थाले बर्षेनी प्रभावकारी सेवामा कोशेढुंगा बन्न पुगेको छ । स्थापनाको २४ वर्ष पछि क्लवको नेतृत्व महिला सामाजिक व्यक्तित्व रेश्मा शेरचनले गरेकि छिन् ।
रक्त दान कार्यक्रममा सह आयोजकमा युवा रेडक्रस सर्कल गण्डकी वोर्डिङ स्कूल, जुनियर रेडक्रस सर्कल इन्द्र राज्य लक्ष्मी मा.वि. लामाचौर र एल.सी. व्रदर्श र ह्याप्पी क्लव पश्चिमाञ्चल क्याम्पसको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सचिव थिर बहादुर थापाले गरेका थिए । आकस्मिक सेवा उपसमितिका संयोजक राजु सुनारको सकृयतामा भएको कार्यक्रममा विशेष अतिथि शिक्षा सेवी सुरेन्द्र मानसिंह भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: