फेवाताल खोलेर सडक विस्तार हुने

सराङकोट न्यूज
25 February, 2022 1:33 pm
फेवाताल
Advertisements
Advertisements

पोखरा

विरौटादेखि छोरेपाटनसम्म भइरहेको सडक विस्तारका लागि विरौटा चोकमा रहेको फेवा नहरको वहाव घटाउने सूचना जारी गरिएको छ । सडक डिभिजन कायाृल्य पोखराको आग्रहमा जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कास्कीले सूचना प्रकाशित गरि २०७८ फागुन १० गते देखि २०७९ वैशाख ३० गते सम्म फेवा तालको वाँध खोली फेवाको सतह घटाइने जनाइएको छ ।
विरौटाको मुख्य सडक चोकमा रहेको नहरको दुवै तर्फको कल्र्भट निर्माणका लागि नहरको पानीले अप्ठेरो पार्ने भएपछि फेवातालको सतह नै घटाएर सडक निर्माण गर्ने वातावरण वनाइएको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख किरण आचार्यले वताए । फागनु १० गतेबाट ८० दिनसम्म फेवातालको सतह घटेर किनारको भाग समेत घट्ने देखिन्छ ।
सडक बनाउने कार्यका लागि फेवाताल घटाइएको छ त्यसका कारण ताल किनाराको जग्गा अतिक्रमणमा परेर ताल घट्ने त हैन भन्ने शंंका पनि उव्जाएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: