बल्ल आयो बिजुलीको मिटर

सराङकोट न्यूज
2 March, 2022 10:35 am
Advertisements

पोखरा : नेपाल विद्युत प्राधिकरणले बिजुलीको मिटर बिक्री गराउन सुरु गरेको छ । विगत ४ महिना देखि नयाँ मिटर वितरण कार्य ठप्प भएको थियो । नयाँ मिटर सकिएको तर समयमै खरिद टेण्डर गर्र्ने नसक्दा नेपालभरका हजारौं नयाँ ग्राहकले विद्युत जोड्न मिटर पाएका थिएनन् । खास गरि नयाँ घर निर्माण गरिरहेका र निर्माण सम्पन्न भएकाहरुले बिजुली जडान गर्र्नेबाट वञ्चित पारिएका थिए । नयाँ मिटर नआउँदा लगत कट्टा भएका पुराना मिटरहरु समेत प्राधिकरणले ग्राहक सेवा कार्यालय मार्फत विक्री वितरण गर्दै आएको थियो त्यो पनि गत पुषबाट सकिएको भन्दै मिटर दिन र लाइन जडान गर्र्ने पूर्णतया रोक लागाएको थियो ।
प्राधिकरणको नेतृत्वमा दोश्रो पटक नियुक्ति पाएका कुलमान घिसिङले पनि समयमै मिटर दिन नसकेको भन्दै पिडित नागरिकहरुले देशभरिबाट विरोधको आवाज बुलन्द गरेका थिए । नागरिकहरु अधेरोमा बस्न बाध्य भइरहेको तर बिजुली मिटर नपाएको बारेमा सराङकोटले पटक पटक खबर प्रकाशन गरेको थियो ।
फागुनको पहिलो हप्ताबाट बिजुलीको मिटर उपलब्ध गराउन थालेपछि ग्राहक सेवा कार्यालयमा सेवाग्राहीको भिड लाग्न थालेको छ । यस अघि निवेदन दिएका ग्राहकहरुले मिटर पाइएका छन् भने नयाँ निवेदकहरुलाई पनि मिटर दिने कार्यलाई निरन्तरता दिइरहेको पाइएको छ । वर्र्षेमा अरबौं रुपैया फाइदा कमाउन सफल नेपाल विद्युत प्राधिकरणले पछिल्लो ३ महिना जनतालाई मिटर दिन नसकेका कारण अँधेरोमा बस्न बाध्य भएकाहरुले प्राधिकरण प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: