महानगरका कमाउने व्यवसाय वर्कसप र शैलुन नै छैनन् करको दायरामा

सराङकोट न्यूज
3 March, 2022 2:55 pm
Advertisements

पोखरा : स्थानीय सरकार चल्ने आधार भनेको स्थानीय व्यापार व्यवसायीहरुले तिर्नै कर दै–दस्तुर नै हो । घर निर्माण, एकिकृत सम्पत्ति करपछि पर्ने व्यवसाय करलाई प्रभावकारी ढ·बाट कार्यान्वयनमा ल्याउन नसकेका कारण आय स्तरमा प्रगति गर्र्ने सकेको देखिदैन। काठमाडौं महानगरपालिकाले वरपरका ललितपुर महानगर, भक्तपुर नगरपालिका, किर्तिपुर नगरपालिका लगायतका विभिन्न पालिकाहरुलाई विकास निर्माणमा सहयोग गर्दै आएको छ । त्यहाँको आयस्रोत मध्य व्यवसाय कर, बहाल कर, सम्पत्ति कर ने प्रमुख भए जस्तै पोखरा महानगरको पनि आयस्रोतको दायरा समान छन् तर पनि पारदर्शिताको अभाव र प्रभावकारी कार्यान्वयन गर्न महानगर सफल हुन नसकेको कारण अपेक्षाकृत बजेट कोष मजबुद हुन सकेको छैन ।
महानगरपालिका भित्र व्यापार व्यवसाय गर्नेहरु मध्ये आधा भन्दा बढी व्यवसाय दर्ताको दायरामा आएका छैनन् । त्यसमध्ये पनि मोटर साइकल वर्कसप व्यवसायीहरु र हेयर कटिङ सैलुन व्यवसायीहरु व्यवसाय दर्ताको दायराभन्दा बाहिर रहेका छन् । मोटरसाइकल व्यवसाय सडक फुटपाथलाई सबैभन्दा धेरै फोहोरमैला गर्ने व्यवसाय मध्ये गनिन्छ तर उनीहरु न महानगरको व्यवसाय दर्ताको दायरामा छैनन् र आन्तरिक राजस्वमा कर नै तिर्दैनन् । वर्र्षेौदेखि निर्वाध रुपमा सडक किनारामा वक्र्ससप व्यवसाय र हेयर कटिङ सैलुन व्यवसाय गर्दै आएकाहरुलाई पालिका सरकार र आन्तरिक राजस्व कार्यालयहरुले दायरामा ल्याउन असक्षम देखिएको छ ।
कास्की मोटर साइकल मेकानिक्स एशोसियसनले आफ्नोे सबै व्यवसायीहरुलाई नियमानुसार व्यवसाय दर्ता गर्न पटक पटक आग्रह गरेको एशोसियसन कास्कीका अध्यक्ष रोशन लोप्चनले बताए । उनले भने हामीले गरेको आग्रह व्यवसायीहरुले कति पनि सुनुवाई नगरेको लोप्चनले बताए । व्यवसाय राज्यको नीति नियमानुसार नगर्ने, दर्ता नगर्ने करको दायरामा नआउने व्यवसायीहरुलाई अनुगमन गरि कानूनी दायरामा ल्याउन पहल गरियोस् भनेर महानगरपालिका, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालय सम्म पुगेर अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएकोले व्यवसायमा छाडातन्त्र मौलाएको अध्यक्ष लोप्चनले बताए । राज्यले आफै खोजेर नियमन गर्नुपर्ने काममा व्यवसायी संस्था स्वयमले आग्रह गर्दा पनि सुनुवाई नभएपछि एशोसियसन आफै पछि हट्न बाध्य भएको अवस्था छ । महानगरपालिका प्रशासनले बेवास्ता गर्दा ५ सय भन्दा बढी मोटरसाइकल वक्र्ससप मध्य अधिकांस व्यवसाय दर्ता र कर दर्ता दायराबाट बाहिरै रहन पुगेका छन् । त्यसो हुँदा न राज्यले कर पाउँछ न व्यवसाय व्यवस्थित भएर महानगरको स्वरुप नै बदलिन्छ । स्थानीय सरकारको निरिहताका कारण राम्रो आय आर्जन गर्ने मोटरसाइकल वक्र्ससप व्यवसाय र हेयर कटिङ व्यवसाय कर दर्ता र व्यवसाय दर्ताको दायराबाट उम्काइएका छन् ।
यस्तै, पोखरामा रहेका हेयर कटिङ व्यवसाय अधिकांसले दर्ता गरेका छैनन् । नेपालको तराई क्षेत्र र भारतबाट आइ व्यवसाय गरि रहेकाहरुलाई दर्ताको दायरामा ल्याउने पहल महानगरले गरेको छैन । सैलुन व्यवसायीहरु नेपाल नाइ संघको प्रमाण पत्र र दर सूची टासेको भरमा व्यवसाय गरिरहेका छन् । उनीहरुलाई हामीले पालिकामा र करमा किन दर्ता नगरेको भन्दा उनीहरु भन्छन् “हाम्रो दर्ता नाई संघमा छ ।” यस बारेमा नेपाल नाई संघ कास्कीका अध्यक्ष विगुलाल ठाकुर सँग प्रतिक्रिया लिँदा आफ्नोे संघमा १५० जति आवद्ध रहेको तर ८–१०वटा सैलुन मात्र दर्ता रहेको बताए । उनले दर्ता गर्ने र कर तिर्न नसकिने बताए । अध्यक्ष ठाकुरको सैलुन न महानगरमा दर्ता छ न राजस्वमा नै । संघको काम मूल्य बढाउने र सूची टाँस्ने मात्र रहेको देखिन्छ । सूची एउटा टाँस्ने ग्राहकबाट मनोमानी पैसा लिने कार्यमा उनीहरु तल्लिन देखिन्छन् ।
पोखरा महानगरपालिकाका राजस्व महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीलाई सैलुन र मोटरसाइकल वक्र्ससपहरुलाई किन व्यवसाय दर्ताको दायरामा नल्याइएको भन्ने जिज्ञासा राख्दा उनले अब महानगर भित्र व्यवसाय सम्बन्धि तथ्याङ्क संकलन अभियान चलाइएको र त्यसको विवरण संकलन भएपछि वडा–वडा कार्यालयलाई विवरण दिएर व्यवसाय दर्ता नभएका सबै खाले व्यवसायलाई दर्ता अनिवार्य गराइने बताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: