पत्रपत्रिका चलानको टिकट महसुल भाउ बढ्यो, दुरदराजका जनता उपेक्षित

सराङकोट न्यूज
15 March, 2022 11:54 am

पोखरा : सरकार सूचना प्रवाह र पत्रपत्रिका वितरणमा अनुदार देखिएको छ । हजारौ कर्मचारी पालेर काम दिन नसकेको हुलाकलाई सरकारले पत्र पत्रिकामा लाग्ने टिकट चार्ज वढाएर कमाउने धुनमा लागेको देखिन्छ । सहरबाट प्रकाशन हुने पत्रपत्रिका निःशुल्क वितरण गर्दै आएको हुलाकले गतवर्ष देखिप्रति पत्रिका वितरणमा दुई रुपैयाँमा महसुल लगाएको थियो ।
अर्थमन्त्री वावुराम भट्टराईको पालामा पत्रिका चलानमा लाग्दै आएको टिकट दर हटाई निःशुल्क गरिएको थियो । निःशुल्क दुर्गम गाउँ गाउँमा पत्रपत्रिका प्रेषण हुँदा प्रकाशकहरुले ठूलो संख्यामा पत्रिका पठाउँदै आएको थिए । प्रति पत्रिका दुई रुपैयाँ भए लगत्तै पे्रषण अनुपात ५० प्रतिशतमा झरेको थियो भने देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पत्रपत्रिका प्रेषण टिकटदरमा १२० प्रतिशत वृद्धि गरेर प्रति पत्रिका ५ रुपैयाँ टिकट लाग्ने गरि ऐन संसोधन गरेका छन् ।
संचार तथा सूचना प्रविधि मन्त्रालयले २०७८ पुष २६ गते राजपत्रमा सूचना प्रकाशन गरि माघ १ गते देखि वढेको टिकट लागु गर्ने निर्णय गरेको हो । पत्रपत्रिकाको दर्ता नविकरणमा पनि सत प्रतिशत शुल्क वढाएको पाइएको छ । दर्तावाला पत्रिकाको टिकट दर सय ग्राम सम्मको प्रतिमा हुलाक टिकट दर वढेको छैन । तर जिल्ला भित्र वितरण हुने सय पत्रिकामा दिइएको छुट कटौती गरिएको छ ।
सरकार छापा संचारमाध्यमप्रति कति अनुदार छ भन्ने यो उदाहरण हो । सरकारले सानो तिनो राजस्व महसुल असुल गर्ने वहानामा खल्तीको गतिलो स्रोत गुमाइरहेको छ । एनसेलबाट उठाउनु पर्ने अरवौ रुपैयाँ मिनाहा दिने सरकार लोडसेडिङका वेला डेडिकेटेड र टं«क लाइन लिएका उद्योगी व्यापारीले तिर्नु पर्ने अरवौं रुपैयाँ मिनाहा दिने सरकारे दुर्गम गाउँमा निःशुल्क पठाउने पत्रपत्रिकाबाट कर महसुल उठाएर पत्रपत्रका नै वन्द गराउन उद्दत रहेको वुझ्न सकिन्छ । ओली सरकारले वढाएको महसुल देउवा सरकारले घटाउने अपेक्षा राखिएको थियो तर लोकतान्त्रिक सरकारले पनि सूचना पाउने जनताको अधिकारलाई कमजोर पार्दै लगेको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: