प्रकृति मानव केन्द्रित जन अभियान नेपालको पाचौं राष्ट्रिय सम्मेलन सम्पन्न, ७५ सदस्यीय केन्द्रीय कमिटी गठन

सराङकोट न्यूज
15 March, 2022 12:00 pm

पोखरा : प्रकृति मानव केन्द्रीत जन अभियान नेपालको पाचौं राष्ट्रिय सम्मेलन सिन्धुलीमा सम्पन्न भएको छ । सम्मेलनले कृष्ण प्रसाद गौतमको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विन्दु सापकोटा, उपाध्यक्षमा राजन के.सी., महासचिवमा भुवनेश्वर मण्डल, सचिव द्वय घनश्याम सुवेदी र माया के.सी. गौतम, र कोषाध्यक्षमा सुर्य बहादुर शाही सर्वसम्मत निर्वाचित भएका हुन्।
राष्ट्रिय सम्मेलनले नेपालका विभिन्न भेग मिलाएर केन्द्रीय समिति सदस्य चयन भएका हुन् । यस्तै नवगठित केन्द्रीय समितिको पहिलो बैठकले केन्द्रीय अध्यक्षतामा २५ सदस्यीय सचिवालय गठन गरिएको वरिष्ठ उपाध्यक्ष विन्दुर सापकोटाले बताए ।
सम्मेलनको उद्घाटन सिन्धुलीको कमलामायी नगरपालिका मेयर खड्क बहादुर खत्रीले गरेका थिए । प्रमुख अतिथि खत्रीले वातावरण जोगाउन देशव्यापी रुपमा अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको बताए । पर्यावरणमा आएको परिवर्तनले मानव सभ्यतामाथि गम्भिर प्रश्न उब्जाएको जनाउँदै प्रकृति मानव केन्द्रीत जन अभियानले मात्र समस्या न्यूनिकरण गर्न सक्ने मेयर खत्रीले बताए ।
देशभरबाट करिब ३५ जिल्लाबाट गरि १५० बढी अभियनताहरुको सहभागिता भएको थियो । उद्घाटन सत्रको सञ्चालन महासचिव राजन के.सीले गरेका थिए भने स्वागत कृष्ण प्रसाद गौतमले गरेका थिए । नवराज के.सी.को अध्यक्षतामा सम्मेलनको उद्घाटन सत्र कार्यक्रम भएको थियो ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: