स्थानिय तह निर्वाचन समिक्षा : अन्तरघात कि मौलिक अधिकार ?

यदुनाथ बन्जारा
31 May, 2022 5:48 pm

स्थानिय तहको निर्वाचन सम्पन्न भइसकेको छ । आम नागरिकमा रहेको खुलदुली मेटिएको छ । सोचे जस्तो भयो भएन त्यो आफ्नै मनमा राखेका छन् मतदाताले । पहिलो निर्वाचनमा ठूलो बनेको दल नेकपा एमालेले वैशाख ३० गतेको चुनाव आफ्नो पकडमा आउने दाबी गर्दै आएका थिए । एमाले अध्यक्ष केपी ओलीले जहाँ जहाँ पुगेर भाषण गरे त्यहाँ त्यहाँ जन मास त उर्लियो तर भोट भन्ने झर्न सकेन । केपी ओलीको विश्वास र दाबीलाई जनताले साथ दिएनन्। ओलीको अभिव्यक्तिलाई खारेज गरिदिए जनताले । गठबन्धनले राहत महसुस गरे तर गठबन्धनकै दल नेकपा एसको नेताहरु माधव नेपाल झलनाथ खनाल, बेदुराम भुषाल लगायतका नेताहरुले अपेक्षाकृत सफलता नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे । पोखरा महानगर र हेटौडा उपमहानगर जितेकोलाई मात्र उपलब्धि मान्दै अन्यत्रको हकमा एक्लै लडेको भएपनि जित्ने दाबी गरे तर उनीहरुले आफ्नो मतले कांग्रेस र माओवादीले कति फाइदा लिए भन्ने तथ्यांक दिन सकेनन्। यता पार्टीभित्रै अन्तरविरोध खेप्दै आएको नेपाली कांग्रेस भने निर्वाचनको नतिजाबाट फुरु· भएको पाइएको छ यद्यपि शेखर कोइराला गठबन्धन नगरेको भए बढि सिट जित्ने डङ्का पिटिरहेका छन्। शिर्ष नेताहरुमा कोहि खुसी त कोहि दुःखी बनेका छन् । प्रकाशमान सिंह जसले काठमाण्डुलाई आफ्नो जातिय वर्चस्व सम्झन्थे अन्ततः उनकै श्रीमती सिर्जना सिंह भारी मतको अन्तरमा बालेन शाहसँग पराजित भईन । यता वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्ना प्रतिस्पर्धी बेनका नेकाको विद्रोही बनेर कारवाहीमा परेका गोविन्द राज जोशी र एमालेको गठबन्धनसँग आफ्ना कार्यकर्ताले जितेकोमा दंग देखिन्छन् ।
नेकपा एमालेले यो चुनावबाट गतिलो सवक सिकेको छ । ५४ सालमा चुनाव जितेको केशव स्थापित जसले आफू सर्वस्वीकार्य उम्मेदवार भन्दै आएका थिए । अन्तत उनी तेस्रो स्थानमा थच्चारिन पुगेका छन् । छुद्र बचन, आलोचित जीवन चरित्र, मात्रै हैन पार्टीको भ्रस्टाचारी संरक्षण नीतिबाट अवाक भएका जनताले आफ्नो असन्तुष्टि देखाइदिएका छन् । यस पटक महानगरमा एमाले पाखा लागेको छ । आफ्नो गढ भनिएको कास्की, मकवानपुर, सुनसरी जस्तो जिल्लाका ठूलो पालिकाहरुमा पराजित देखियो । पार्टीलाई डम्पिङ साइड जस्तै बनाएर बाहिरबाट भित्र्याएका विरगंजका विजय सरावती जस्ता पात्रलाई पत्तासाफ गरिदिएका छन् यस पटक ।

यस्तो छ नतिजा चित्र

नेपालका ७५३ वटा पालिकाहरु मध्ये ७५२ वटा पालिकाको नतिजा घोषणा भइसकेको छ । त्यसमा नेपाली कांग्रेसले ३२९ वटा पालिकाको मेयर अध्यक्षमा जित हासिल गरेको छ । एमालेले २०५ पालिकाको प्रमुख अध्यक्षमा जित हासिल गरेको छ । माओवादी केन्द्रले १२१ पालिकामा जित हासिल गरेको छ। जसपाले ३०, नेकपा एस.२०, लोसपा १६ र राप्रपा लगायत स्वतन्त्र गरि ३१ स्थानमा जित हासिल गरेको छ ।
यस्तै उपमेयर÷उपाध्यक्षमा नेपाली कांग्रेसले ३०१ स्थान, एमालेले २४० स्थान, माओवादी केन्द्रले १२६, नेकपा एस. २४, जसपा ३१ र अन्त्यमा १८ स्थान विजयी गरेका छन् ।
मुख्य मानिएका ६ वटा महानगरमध्ये नेपाली कांग्रेसले ललितपुर महानगर, विराटनगर महानगर, नेकपा माओवादीले भरतपुर महानगर, नेकपा एस.ले पोखरा महानगर, जसपालपे विरगंज महानगर, स्वतन्त्र बालेन्द्र शाहले काठमाडौं महानगरमा जित हासिल गरेका छन् । यस्तै ११ उपमहानगर मध्ये नेपाली कांग्रेसले नेपालगंज, विरगंज, र बुटवलमा प्रमुख जितेका छ, एमालेले, तुलसीपुर, घोराही र कलैयामा जितेको छ भने माओवादी केन्द्रले जितपुर सिमरामा जितेको छ । नेकपा एस.ले हेटौडामा प्रमुख जितेको छ भने धरान, जनकपुर र धनगढीमा स्वतन्त्रले जितेको छ ।

Advertisements

प्रदेशमा कसको कति ?

प्रदेश नं. १: एमालेले विगत वर्षमा आफ्नो गढ क्षेत्र दाबी गर्ने प्रदेश नं. १ मा नेकाले ५० प्रतिशत पालिकामा कब्जा जमाएको छ । १३६ पालिका मध्ये ६९ पालिकामा कांग्रेसले जितेको हो । ४८ पालिकामा एमालेले जितेर ३४.६ प्रतिशत जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्र १२ पालिका जितेर ८.६ प्रतिशतमा रहेको छ ।
मधेश प्रदेश ः यसमा १३८ पालिका छन् जस मध्ये नेपाली कांग्रेसले ४६ पालिका अर्थात ३३.८% एमालेले ३० पालिका, २२%, जसपा २५ पालिका १८.४%, लोसपा १४ पालिका १०.३%, माओवादी केन्द्र ९ पालिका अर्थात ६.६%, नेकपा एसले ६ पालिका ४.४% र अन्यले ४.४% अनुपातमा विजयी भएका छन् । मधेशमा मधेशवादी शक्ति तेश्रो र चौथो स्थानमा पुगेका छन् । त्यहाँ दुवै मधेशवादी शक्ति जोड्दा पनि नेपाली कांग्रेस एक नम्बर स्थानमा पुगेको छ ।
बागमती प्रदेशः– यो प्रदेशमा ११९ पालिका छन् । ती मध्ये नेपाली कांग्रेस ५८ पालिकामा जितेको छ । यो कुल पालिकाको ४८.७ प्रतिशत हो । यो प्रदेशमा नेकपा एमालेलाई पछि पार्दै माओवादी दोश्रो स्थानमा पुगेको छ । २७ सिट अर्थात २२.७% विजयी बनेको छ भने तेश्रोमा एमालले २६ पालिका जितेर २१.८% पाएको छ । चौथोमा नेकपा एसले ५ पालिका जितेर ४.२% स्थान लिएको छ । अन्य तीन रहेको त्यहाँ जसपा र लोसपा निल बनेका छन् ।
गण्डकी प्रदेशः– कुल ८५ पालिका रहेको गण्डकी प्रदेशमा ३६ पालिका जितेर नेपाली कांग्रेसले १ नम्बर स्थान जमाएको छ । ४२.४ प्रतिशत स्थान हो । यस्तै दोश्रोमा नेकपा एमालले ३५ पालिका जितेर ४१.२% स्थान ओगटेको हो । तेश्रोमा माओवादी केन्द्रले ११ पालिका जितेको छ ।
लुम्बिनी प्रदेशः– १०९ प्रदेश रहेको लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले ४८ पालिका जितेको छ । यो ४४ प्रतिशत हो । एमालेले २७ पालिका जितेर दोश्रो स्थान लिएको छ यो २४.८ प्रतिशत हो । तेश्रोमा नेकपा माओवादी केन्द्रले २५ पालिका जितेको छ । यो २२.९ प्रतिशत जित हो । त्यहाँ जसपाले ३ र लोसपाले २ पालिका जितेको छ नेकपा एस.ले लुम्बिनी प्रदेशमा खप्ता समेत खोल्न सकेन ।
कर्णाली प्रदेशः– जम्मा ७९ वटा पालिका रहेको कर्णाली प्रदेशमा नेपाली कांग्रेसले ३२ पालिका जितेर पहिलो दल बनेको छ, यो ४०.५ प्रतिशत स्थानको जित हो । यो प्रदेशमा नेकपा एमालेलाई माओवादी केन्द्रले उछिनेर दोश्रो स्थानमा पुगेको छ । माओवादी केन्द्रले २३ पालिका जितेको छ । यो २९.१ प्रतिशत हो । तेश्रोमा पुगेको एमालले १५ पालिका जितेको छ यो १९ प्रतिशत जित हो । चौथोमा नेकपा एस.ले ४ पालिका र अन्य ले ५ पालिका जितेका छन् ।
सुदुर पश्चिम प्रदेशः– ८७ पालिका रहेको सुदुर पश्चिम प्रदेशमा ४० पालिका जितेर नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । यो ४३.४ प्रतिशत हो । दोश्रोमा एमालले २५ पालिका जितेको छ । यो २८.७ प्रतिशत हो । तेश्रोमा रहेको माओवादीले १४ पालिका जितेको छ, यो १६.१ प्रतिशत हो । नेकपा एस.ले जम्मा २ मात्र पालिका जितेको यो प्रदेशमा स्वतन्त्र सहित अन्यले ६ पालिका जितेका छन् ।
कुल ७५३ पालिका मध्ये अब प्रदेश सुदुर पश्चिमको बाजुराको बुढिगंगा गा.पा.को नतिजा आउन बाँकी रहेको छ । त्रिजुगामा नेपाली कांग्रेसले भर्खरै विजय हासिल गरेका छन् भने बाजुराको बुढिगंगामा आउँदो बिहीबार निर्वाचन हुँदैछ । छिटपुट समान्य अवरोध बाहेक निर्वाचन शान्तिपुर्ण रुपले सम्पन्न भएको छ ।

स्थानीय चुनाव २०७४ मा के थियो नतिजा

प्रदेश १ मा एमाले ६९ पालिका, कांग्रेस ५१ पालिका माओवादी केन्द्र ९ र अन्य ८ थिए ।
प्रदेश नं. २ मा नेपाली कांग्रेस–४०, संघिय फोरम २६ राजपा २५, माओवादी २१ र पाँचौंमा एमाले १८ पालिकामा विजय भएका थिए ।
प्रदेश नं. ३ एमाले ६४, कांग्रेस ३५, माओवादी १७ र अन्यले ३ पालिका जितेका थिए ।
प्रदेश नं. ४ – कांग्रेस ४४, एमाले ३४, माओवादी केन्द्र ५ र अन्यले २ पालिका विजयी भएका थिए ।
प्रदेश नं. ५, एमाले ४३, कांग्रेस ३३, माओवादी केन्द्र १९ अन्य ९, संघिय फोरम ३, फोरम लो २ पालिका जितेका थिए ।
प्रदेश नं. ६ – एमाले २७, कांग्रेस २५, माओवादी केन्द्र २५ र अन्यले २ पालिकामा विजयी वनेका थिए ।
प्रदेश नं. ७, एमाले ३९, कांग्रेस ३८, माओवादी केन्द्र १० र फोरमलो १ पालिकाले जितेका थिए ।

समग्रमा २०७४ को नतिजा

नेकपा एमाले २९४, नेपाली कांग्रेस २६६ माओवादी केन्द्र १०६, संघिय फोरम ३०, राजपा २५ फोरम लोकतान्त्रिक ९, र अन्यले २३ पालिकामा विजयी हासिल गरेका थिए ।
पहिलो र दोस्रो निर्वाचनको नतिजालाई हेर्दा निर्णयमा उलट पुलट पाइएको छ । पहिलो भएको एमाले दोस्रो स्थानीय चुनावमा दोस्रो नै भएको छ भने माओवादी केन्द्रले आफ्नो सिट संख्या वढाएपनि तेस्रो स्थानबाट उकासिन भने सकेन तर मधेशवादी दललाई दोस्रो चुनाव घाटा सिद्ध हुन पुगेको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: