वडा नं. १६ का जनप्रतिनिधिले थाले निर्णय कार्यान्वयन, स्थानिय प्रसुतीका विरामीलाई पोषण खर्च हस्तान्तरण

सराङकोट न्यूज
2 June, 2022 1:24 pm
Advertisements

पोखरा–१६, अर्मला तुम्के कि कमला परियारले कोमागाने मातृशिशु अस्पतालको बेडमा बसिरहँद पोखराका मेयर धनराज आचार्यको हातबाट एक हजार रुपैंया उपहार पाइन । यस्तै अर्मला कि राधा आचार्यले पनि एक हजार उपहार पाइन । यो पुरस्कार विरामी भएर अस्पतालको शैयामा सुते बापत मात्र पाएकै भने होइनन् । उपहार पाउने दुवै महिलाले पनि रकम पाउँदा आश्चर्य माने ।

पोखरा महागरपालिका वार्ड नं. १६ का नव निर्वाचित वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले आफू पदवहाली भएकै दिन गरेको पहिलो निर्णयको पहिलो कार्यान्वयन थियो त्यो । वडा अध्यक्ष शर्माले आफ्नो वडाबासी (स्थानिय) महिलाहरुलाई सरकारी अस्पतालमा गएर सुरक्षित प्रसुती गराउने महिलाहरुलाई प्रोत्साहन स्वरुप एक हजार रुपैया पोषण खर्च र अस्पताल जाँदा लाग्ने एम्बुलेन्स खर्च वडा कार्यालयले व्यहोर्ने विषयमा पहिलो बैठक (जेष्ठ १२ गते) भएको निर्णय कार्यान्वयनको पहिलो दिन तुम्केकी कमला परियारले मेयर आचार्यको हातबाट पोषण खर्च स्वरुप एक हजार रुपैया बुझ्ने अवसर पाइन भने अर्मलाकै राधा आचार्यले अध्यक्ष अमृत शर्मा र अस्पताल विकास समितिका अध्यक्ष धर्मराज थापाको हातबाट पोषण खर्च बुझ्ने अवसर पाएकी थिइन । त्यसो त मेयर आचार्य पोषण खर्च दिन नै मातृशिशु अस्पताल गएका थिएनन् । मेयर आचार्य अस्पतालका नि.मेसु डा. पुस्कर पौडेलको विदाई समारोह र नवनिर्वाचित वडामा जनप्रतिनिधिहरुको स्वागतमा अस्पतालले गरेको कार्यक्रममा त्यो संयोग जुटेको अस्पताल विकास समितिका अध्यक्ष धर्मराज थापाले बताए ।
नव निर्वाचित वडा जनप्रतिनिधिले गरेको जनमुखी निर्णय कार्यान्वयनमा आएपछि स्थानिय नागरिकले राहत महसुस गरेका छन् । एक हजार रुपैया पोषण खर्च र एम्बुलेन्स खर्च ठूलो रकम नभएपनि वडा सरकारले आफ्ना नागरिकप्रति देखाएको अपनत्व पूर्ण व्यवहारप्रति खुसी लागेको भने अस्पतालमा आएका सुत्केरी विरामीले सन्तुष्टि व्यक्त गरेका थिए ।
वडामा रहेका नागरिकलाई सुरक्षित प्रसुतीका लागि प्रोत्साहन गर्नु त छ नै वडा भित्र रहेको कोमागाने मातृशिशु अस्पताल र अर्मला जोगीमणीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको प्रवद्र्धन गर्नुपर्ने वडा सरकारको उद्देश्य रहेको नवनिर्वाचित वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताए । हाम्रो प्राथमिकता वडा भित्रको नागरिकको सेवा र स्वास्थ्य संस्थाको प्रवद्र्धन गर्नु हो अध्यक्ष शर्माले भने ।
जनप्रतिनिधिले निर्णय गर्नु ठूलो कुरा होइन त्यसको कार्यान्वयन पक्ष मुख्य कुरा हो । १६ नम्बरका जनप्रतिनिधिले त निर्णयको कार्यान्वयन सुरु गरे अरु वडाले के गर्दैछन् त्यो पनि जनता जान्न चाहन्छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: