पालिखे चोकको ‘फल्चा’ निर्माण विवादमा

सराङकोट न्यूज
21 June, 2022 5:48 pm
Advertisements
Advertisements

पोखरा

पोखरा महानगरपालिका वडा नं. ३ पालिखेचोकमा निर्माण गर्न लागिएको फल्चाको विषयमा विवाद सृजना भएको छ । २ वर्ष अघि पालिखेचोक साँघुरो सडकलाई चाक्लो पार्न मुआव्जा दिएर हटाइएको भागको त्रिकोण चोकको उत्तर तर्फ निर्माण गर्न लागिएको फल्चाको लागि महानगरको अघिल्लो नेतृत्वले २० लाख वजेट छुट्याएको थियो।
३ नम्वर वडाका पूर्व अध्यक्ष रविन्द्र बहादुर प्रजुको पहलमा ल्याएको फल्चा निर्माण यतिखेर टेण्डर भई निर्माणको चरणमा पुगेको छ । निर्माण सुरु गर्न थाले लगत्तै पोखरामा क्रियासिल भिन्तुना क्लवले पालिखे चोकको साँघुरो जग्गामा फल्चा निर्माण गर्दा उचित नहुने भन्दै विरोध जनाउँदै निर्माण कार्यमा अवरोध पु¥याएको छ । भिन्तुना क्लव पोखराका अध्यक्ष राजन श्रेष्ठले साँघुरो पालिखे चोकलाई फराकिलो वनाउने राज्यले मुआव्जा दिएर भएका घरहरु हटाएको ठाउँमा संरचना निर्माण गर्नु उचित नहुने बताउँछन् ।
चोकको सानो क्षेत्रफललाई फल्चा निर्माण गर्नु भन्दा त्यसलाई खुल्लै राख्न उचित हुने कतिपयले बताएका छन् भने स्थानीय कतिपय नागरिकले चोकको सुन्दरताको लागि फल्चा निर्माण गर्नु उचित हुने भन्दै निर्माणको पक्षमा वकालत गर्दै आएका छन् ।
निर्माण गर्नु पर्ने र निर्माण गर्न नहुने दोहोरो पक्षमा जारी विवादले निर्माण कार्य स्थगनको सिकार भएको छ । फल्चा नेवारी संस्कृतिको प्रतिविम्व हो । फाल्चा भन्नाले प्राचिन शैलीका पाटी पौवा हो । फल्चामा आराम गर्ने, छलफल संवाद गर्ने, सानातिना विवादमा छलफल सहमति गराउने थलोको रुपमा लिइने जानकारहरु बताउँछन् ।
पालिखे चोकमा फाल्चा निर्माण गर्न हुन्छ कि हुन्न भन्ने विषयमा हाम्रा आफ्नै ठोस धारणा भने छैन । फल्चाका उद्देश्य र अर्थपूर्ण उपलव्धिका लागि पालिखेचोकको उत्तरतर्फ रहेको क्रिकोणात्मक सानो कुनो जग्गामा फल्चा बनाउँदा हेर्दा त राम्रो देखिएला तर प्रयोग गर्न सुहाउने वातावरण छ भन्ने हामीलाई लाग्दैन । चारै तिरै सडक सँग टाँसिन्छ फल्चा व्यस्त सडक पार गरेर फल्चा सम्म पुग्न पनि जोखिम देखिन्छ । वातावरण शान्त नहुने भएका कारण छलफल, सम्वाद पनि हुने सम्भावना देखिदैन । यात्रु प्रतिक्षालयको रुपमा पनि प्रयोग हुन उपयुक्त देखिदैन किनकि त्यो ठाउँ वसस्टप पनि होइन ।
यस प्रकरणमा हामी यति मात्र भन्न सक्छौ कि विरोध कसले ग¥यो, समर्थन कसले ग¥यो भन्नु भन्दा त्यहाँ फल्चा बनाउन उचित छ कि छैन स्वतन्त्र विज्ञबाट स्थलगत अध्ययन गरी राय लिनु राम्रो हुन्छ । उपयुक्त स्थान खोजौ रोजौ र फल्चा, प्रतिक्षालय, सार्वजनिक शौचालय निर्माणमा जुटौं ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: