पोखरा १७ नम्बर वडा सचिव माथि भएको धम्की प्रति यूनियनद्वारा खेद व्यक्त

सराङकोट न्यूज
21 June, 2022 5:55 pm
Advertisements

पोखरा

नियमित रुपमा काम गर्दै आइरहेका पोखरा महानगर वार्ड नं. १७ का सचिव सुरेन्द्र प्रसाद शर्मा उपर गत जेष्ठ ३० गते कार्यालय भित्रै भएको धाक धम्की पूर्ण सैली प्रति स्थानीय तह कर्मचारी यूनियन नेपाल पोखरा महानगर इकाई समितिले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ । इकाइका अध्यक्ष अमिर भण्डारी द्वारा जारी विज्ञप्तिमा पोखरा १७, महतगौडाका प्रेम थापाले आफ्नो प्रमाण कागजात समेत पेश नगरी दम्भ देखाई कानून विपरित काम गर्न दबाब सिर्जना गरेको भन्दै त्यस्ता घटनाका दोषी माथि कारवाहीको माग गर्दै जनसेवामा समर्पित कर्मचारीहरुको पेशागत सुरक्षा र हक अधिकार सुरक्षाको लागि माग गरेको छ ।
१७ नम्बर वार्ड महतगौडाका थापाले बसाई सराई कागज प्रकृया पुरा नगरि सेवा लिने धेयले अनावश्यक बल प्रयोग गरेर कर्मचारीलाई दबाबमा पार्न खोजेका थिए । थापाले विगतमा कागजी प्रकृया नपु¥याई गरेको काम अब किन नहुने भन्दै वडा कार्यालयका सचिव र कर्मचारीहरुलाई धम्की दिएको एक कर्मचारीले बताएका छन् । थापाले दिएको अभिव्यक्ति अनुसार यस अघि भएका छानविन गरी रीत नपुर्‍याई काम भएको पाइए काम गर्ने र गराउनेलाई कारवाही गर्नुपर्ने अवस्था आएको जानकारहरु बताउँछन् । सेवाग्राही बनेर आएका थापाले सामाजिक सञ्जालमा हालेको भिडियो अन्तः उनी आफैले हटाएको बताइएको छ ।
कर्मचारी वृत्तमा त्यस घटनाले असुरक्षा महसुस गराएको गुनासाहरु आइरहेका बखत महानगर प्रशासनले कस्तो कदम चाल्छ त्यो भने हेर्न बाँकी छ । त्यसो त महानगरका कतिपय कामचोर कर्मचारीहरु र सेवाग्राहीहरुलाई सास्ती र हैरानी दिने कर्मचारीहरुका बारेमा पनि गुनासो आउने नगरेको भने होइन । सेवा प्रदायक र सेवाग्राही दुवै पक्षले विधि प्रकृया र कर्तव्य बोध हुनु आवश्यक देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: