सार्वजनिक विदामा सरकारी सवारी दुरुपयोग ! स्याङ्जा प्रहरीले त समात्यो, कास्कीले के गर्ला ?

सराङकोट न्यूज
22 June, 2022 11:04 am
Advertisements

पोखरा

सरकारी कामकाज गर्न दिइएको सवारी साधनको सुविधालाई कतिपय कर्मचारी र जनप्रतिनिधिहरुले दुरुपयोग गर्ने गरेका छन् । विदाको दिनमा व्यक्तिगत काममा हिड्ने आफन्त घुमाउने मात्र हैन भट्टि र जाँड पाटीमा समेत पुग्ने गरेको पाईन्छ। आफन्तको विवाह, ब्रतवन्ध र पिकनिक स्थल सम्म सरकारी सवारी साधन प्रयोग गरिदै आएको पाइन्छ ।
यस प्रकारका सवारी दुरुपयोगका सम्बन्धमा सराङकोटले विगत एक दशकदेखि निगरानी गर्दै आएको छ । पहाडी जिल्लाका कर्मचारीहरुमा सरकारी सवारी साधनको दुरुपयोग बढि हुने गरेको देख्न सकिन्छ । महंगो इन्धन समेत सरकारबाटै खर्च हुने भएका कारण सार्वजनिक विदामा सरकारी साधन रोक्न कडाइ गर्नुपर्ने हुन्छ तर कडाइ गर्ने निकाय नै सवारी साधन दुरुपयोगमा लागे भने कारवाहीको अपेक्षा गर्नु पनि निरर्थक हुन्छ ।
तर स्याङ्जा प्रहरीले सार्वजनिक विदाका दिनमा प्रयोग भएका ४ वटा मोटर साइकल नियन्त्रणमा लिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तालुक गृह मन्त्रालयले गत जेष्ठ ३ गते दिएको परिपत्र बमोजिम ४ वटा साधन नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ ।
पुतली बजार नगरपालिकाका २ वटा मोटरसाइकल कृषि ज्ञान केन्द्र विरौटा पोखराको १ थान मोटरसाइकल र पूर्वाधार विकास कार्यालय स्याङ्जाको १ वटा मोटरसाइकल नियन्त्रणमा लिएर अपरान्ह ५ बजे सम्बन्धित कार्यालयका जिम्मेवार व्यक्तिलाई जिम्मा लगाइएको जि.प्र.का. स्याङ्जाका सूचना अधिकारी प्र.ना.उ. रविन्द्र खनालले बताएका छन् तर सवारी दुरुपयोग गर्ने कर्मचारीको नाम भने खुलाएको छैन ।
स्याङ्जा प्रहरीले नियन्त्रणमा लिइएको मोटरसाइकलहरु ग.१ व. ११३७, ग १ व ९८८, ग १ व १५६८ र ग १ व ४४० नम्बर का रहेका छन् । स्याङ्जा प्रहरीको यो सकृयताले सरकारी सवारी दुरुपयोग गर्नेहरुको मुटुमा ढ्या·्रो ठोकेको छ । गण्डकी प्रदेशको राजधानी रहेको कास्की जिल्लामा सरकारी सवारीको दुरुपयोग छ्याछ्याप्ती देखिन्छन् तर प्रहरीले कारवाही गरेको जानकारी पाइएको छैन । मोटरसाइकल मात्र हैन, सरकारी जीप, कार दुरुपयोग गर्नेलाई पनि नियन्त्रणमा लिन जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: