शिक्षाशास्त्री समाजको शैक्षिक गोष्ठी तथा अधिवेशन सम्पन्न

सराङकोट न्यूज
26 June, 2022 9:34 am
Advertisements

नेपाल शिक्षाशास्त्री समाज पोखरा एकाइ समितिको शैक्षिक गोष्ठी तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
पोखरा विश्वविद्यालयका उपकुलपति तथा नेपाल शिक्षाशास्त्री समाजका केन्द्रीय अध्यक्ष प्रा. डा. श्री प्रेमनारायण अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रम दुई सत्रमा विभाजन गरी सञ्चालन गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा अवधारणा पत्र सहितको शैक्षिक गोष्ठी र दोस्रो चरणमा नयाँ एकाइ कार्यसमितिको अधिवेशन गरिएको थियो ।
कार्यक्रमको पहिलो चरणमा समाजका कोषाध्यक्ष उप प्रा. कृष्ण प्रसाद त्रिपाठीले स्वागत मन्तव्य सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि प्रा. डा. अर्यालले उद्घाटन गरेको कार्यक्रमको बारेमा संयोजक प्रा. दिपकचन्द्र वाग्लेले परिचय तथा उद्देश्यमाथि प्रस्ट पार्दै एकाइको गतिविधि प्रस्तुत गर्नुभएको थियो ।


एकाइले सेवा निवृत्त शिक्षाविद्व् सह प्रा. श्री प्रेम बहादुर राई र सह प्रा. श्री गोविन्द प्रसाद जोशीलाई प्रमाण–पत्रसहित दोषल्ला ओढाएर सम्मान गरेको छ । साथै उप प्रा. डा. श्रीकृष्ण पन्थीले “Restructuring education of Nepal” शीर्षकमा आफ्नो अवधारणा पत्र (Vision Paper) प्रस्तुत गर्नुभएको थियो । जसमा शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख, शिवशक्ति क्याम्पस प्रमुख र पृथ्वीनारायण क्याम्पस शिक्षाशास्त्र संकाय प्रमुख यादवराज अधिकारीले सुझाव दिनुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा भएको एकाइको अधिवेशनले प्रा. दिपक चन्द्र वाग्लेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसमा सचिव डा. श्रीकृष्ण पन्थी, कोषाध्यक्ष खरिका देवी पराजुली र सदस्यहरुमा क्रमशः दुर्गा शर्मा, हिममाया पौडेल, रेशम बहादुर सुवेदी र कल्पना ढुंगाना रहेका छन् ।


आजीवन तथा साधारण सदस्य गरी ५० जना सहभागी रहेको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष प्रा. डा. श्री प्रेमनारायण अर्यालको प्रमुख आतिथ्यता र पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुखको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख अम्बिका प्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख नारायण प्रसाद सुवेदी, शिवशक्ति क्याम्पस फूलबारीका क्याम्पस प्रमुख दिपक बाँस्तोला, पोखरा एकाइ समितिका अध्यक्ष प्रा. दिपक चन्द्र वाग्ले, समाजका आजीवन सदस्यहरु पितृराज बाँस्तोला, रेशम बहादुर सुवेदी, सन्जीवराज खनाल, खरिका देवी पराजुली, र हिममाया पौडेल लगायतका व्यक्तित्वहरुकोे उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन उप प्रा. सुशील शर्मा भट्टराईले गर्नुभएको थियो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: