लाइसेन्सको पिडा सधैं उस्तै, लाइसेन्स कार्यालय चावाहिलमा विजोक

सराङकोट न्यूज
28 June, 2022 11:58 am
Advertisements
Advertisements

पोखरा

लाइसेन्स कार्यालय विगत ४ वर्ष देखि प्रदेश सरकार मातहतमा आएको छ । संघीयता कार्यान्वयनपछि सुधारको आशा राखिएको सवारी चालक अनुमति पत्र कार्यालयको सेवा “झिकिदे गाँण भन्दा थपिदे गाँण” भनेजस्तै झन विजोग माथि हरिविजोक बन्दै गएको छ ।
लाइसेन्स कार्यालय कर असुलीका लागि अब्बल मानिन्छ । पैसा तिर्न आउने सेवाग्राहीहरुले लाइन नै लाग्नुको विकल्प छैन । यसरी लाइनमा घण्टौ बिताएर कर तिर्ने सेवाग्राहीहरुको योगदानको कदर भने प्रदेश सरकारले गर्न सकेको पाइदैन ।
ललितपुरको एकान्तकुना स्थित कार्यालयबाट सेवा प्रवाह गर्दा जनतालाई असुविधा पुगेको भन्दै नयाँ नयाँ ठाउँमा कार्यालय खोले पनि सेवाग्राहीलाई खासै राहत पाउन भने सकेका छैन । चावाहिलको सुकेधारामा रहेको सवारी चालक अनुमति कार्यालय फेला पार्न सेवाग्राहीलार्य हम्मे हम्मे नै पर्ने गरेको छ । लाइसेन्स परीक्षा पास भएका एक जना पत्रकार बासुदेव अर्याललाई लाइसेन्स आए नआएको बुझ्न सुकेधारा सम्म पुग्न हम्मे हम्मे परेको बताउँछन् । अर्यालले परीक्षा पास भएर राजस्व तिरेको डेढ वर्ष कटिसकेको बताउँछन् । डेढ वर्षको बीचमा चार पटक सुकेधारा कार्यालय पुगिसके तर लाइसेन्स कार्ड अझ सम्म हाता पर्न सकेको छैन ।
सवारी चालक अनुमति पत्र कार्यालयको सूचना अधिकारी मखमली गिरी भन्छिन् “विभागले लाइसेन्स कार्ड प्रिन्ट नै गरेको छैन त म कसरी दिउँ ?” उनले सेवाग्राही बासुदेव अर्याल सँग बल्ल फोन नम्बर लिएकी छिन् । उनले भनिन विभागबाट कार्ड आएपछि फोन गरेर बोलाउँछौं । उनको बोलावट कहिले हुने हो अझै एकिन भने छैन ।
यस विषमा सेवाग्राही यातायात व्यवस्था विभाग मिन भवन सम्म आइपुगे । सराङकोट ती सेवाग्राहीलाई पछ्याएर विभाग सम्म पुग्यो । विभागमा सूचना अधिकारी नै थिएनन् । फ्लेक्स बोर्ड त झन टाढाको कुरा । विभागमा लाइसेन्स कार्डको जिम्मा लिएका कर्मचारी हरिश भट्टलाई भेटिए तर उनले पनि लाइसेन्स कार्ड प्रिन्ट भएको भन्न सकेनन् । भट्टले सेवाग्राही अर्याललाई भने “एक महिना पछि सम्पर्क गर्नु ।”
अझै कति महिना कुर्नु पर्ने हो थाहा छैन । हस्त लिखित लाइसेन्स कार्डलाई विस्थापन गर्दै आएको स्मार्ट कार्ड नाम मात्रको स्मार्ट कार्ड रहेछ एक सेवा ग्राहीले छेड हाने । हो स्मार्ट लाइसेन्स कार्ड स्मार्ट शैलीमै दिनुपर्ने थियो तर कहिले कार्ड नआएको बहाना त कहिले मेसिन बिग्रिएको बहाना गर्दैमा ठीक्क छ । यातायात व्यवस्था विभागलाई । फर्म भरेर परीक्षा लिने, राजस्व बुझ्ने देखि मेडिकल जाँच र फोटो खिच्ने सम्मको काम सम्पन्न गर्ने लाइसेन्स कार्यालयले भने सेवाग्राहीको गाली खाएर बस्नुको विकल्प नै छैन । विभागले प्रिन्ट नै नगरेको भन्दै सेवाग्राहीलाई फर्काउनु कार्यालयको बाध्यता रहेको छ ।
यातायात व्यवस्था विभागका सहायक सूचना अधिकारी अर्जुन अधिकारी अब भटाभट कार्ड प्रिन्ट हुने बताउँछन् । अधिकारी भन्छन् “अब करिब डेढ लाख कार्ड प्रिन्ट हुन बाँकी छ ।” उनले भने प्रयाप्त जनशक्ति र मेसिनको अभावले समयमा काम दिन नसकिएको हो । नेपालले स्मार्ट लाइसेन्स कार्ड त दियो तर त्यसको रिड गर्ने मेसिन भने आइपुगेको छैन । ट्राफिकले कार्ड छाम्नु र ल जानुस भन्नुको विकल्प छैन । हात्ती छि¥यो पुच्छर अडक्यो भन्याजस्तै कार्ड त आयो तर रिडेवल मेसिन छैन।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: