प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालको एउटा तारा अस्तायो !

सराङकोट न्यूज
1 July, 2022 9:47 am
Advertisements
Advertisements

कसैकसैको त मृत्यु पनि अनौठो र अकल्पनीय हुँदो रहेछ। मिति २०१० साल भाद्र १६ गते मंगलवारका दिन बुवा स्व. बामदेव घिमिरे र आमा चन्द्रकला घिमिरेको कोखबाट लमजु· जिल्लाको बाहुनडाँडामा जन्मनु भई २०१६ सालमा चितवन बसाँइ सराँई गरी हाल भरतपुर महानगरपालिका वडानं २३ सितलपानीमा बस्दै आएका स्व. कृष्ण मुरारी घिमिरेको यहि २०७९ आषाढ ५ गते आइतवारका दिन असामयिक निधन हुन पुग्यो। उहाँको पारिवारिक स्रोतका अनुसार उहाँ श्रीमती दिल कुमारी घिमिरेका साथ अष्ट्रेलिया हुने माहिला छोरा बुहारीलाई भेट गर्न जानका लागि आवश्यक पर्ने काजातहरु तयार पार्न काठमाण्डौं गई ५ गते आइतवारका दिन गृह नगर चितवन फर्ककदै गर्दा धादिङ जिल्लाको धार्के आईपुग्दा उहाँलाई अचानक वान्ता भयो र तुरुन्त त्यहिबाट काठमाण्डौं अस्पतालमा पुर्याउँदा उहाँको बाटोमै मृत्यु भई सकेकोले मृतक घिमिरे प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु साथै शोकसन्तप्त परिवारजन – उहाँकी श्रीमती दिल कुमारी घिमिरे, बृद्ध आमा चन्द्रकला घिमिरे, ३ छोरा बुहारीहरु– जेठो छोरा ह्दय बन्धु बुहारी दूर्गा, माहिलो छोरा रविकिरण बुहारी सबिना, कान्छो छोरा रामचन्द्र बुहारी रेजिना घिमिरे, नातिनिहरु प्रतिमा, प्रतिभा, अनुजा र नातिहरु प्रतिक अनुभव र आयन घिमिरे, एक दिदी र एक बहिनी, समस्त दुखित घिमिरे परिवार सहित आफन्तजन प्रति हार्दिक समवेदना दिनुको विकल्प रहेन ।

सरल स्वभाव, इमान्दार, मेहनती, मृदुभाषी र कर्मठ प्रांगारिक कृषक घिमिरेले प्रांगारिक कृषि सम्बन्धि कुनै पनि नयाँ प्रविधि थाहा पाउने बित्तिकै सर्वप्रथम आफुले प्रयोग गर्ने र राम्रो लागेमा अरुलाई पनि सिकाउने गर्नुहुन्थ्यो । उहाँले चितवन जिल्ला मात्र नभएर देहका बिभिन्न जिल्लामा समेत पुगेर उहाँले प्रांगारिक कृषि सम्बन्धि प्रशिक्षण दिँदै आउनु भएको थियो । त्यसैले आज उहाँको मृत्युमा सारा प्रांगारिक कृषकहरु दुखित एवम् चिन्तीत भएका छन् । यसरी हेर्दा प्रांगारिक कृषि अभियानले कुशल प्रशिक्षक मात्र गुमाएको छैन एकजना अभिभावक समेत गुमाएको महशुस गरेको छ।

२०२८ सालमा एस. एल. सि. उत्तिर्ण गरी ठाकुरराम बहुमुखी क्याम्पस बिरगंजबाट स्नातक तहसम्मको अध्ययन पुरा गर्नु भएका घिमिरेले २०३३।५।१३ देखि गंगानगर मा.वि. चितवनमा शिक्षण पेशा शुरु गर्नु भई २०५६।९।०७ मा शिक्षण पेशाबाट स्वैच्छिक अबकाश लिनु भएको थियो।
स्व. कृष्णमुरारी घिमिरे २०७२ साल कार्तिक महिनामा अष्ट्रेलिया बसाइकै क्रममा प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालको संपर्कमा आई आफ्नो गृह जिल्ला चितवनमा फिर्ता भए पश्चात २०७३ भाद्र २४ र २५ मा सम्पन्न यसको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी भएर केन्द्रिय सदस्यमा निवाचित भई हालसम्म निरन्तर केन्द्रमा रहनु भएका उहाँ २०७६।७।१६ को चितवन जिल्ला भेलाबाट जिल्ला संयोजक चयन हुनु भएको थियो । तेस्तै गरी उहाँ आवद्ध संघसंस्थाहरुमा जिल्ला प्रा·ारिक संघ चितवनका संस्थापक सचिव, पूर्व अध्यक्ष तथा सल्लाहाकार समितिका संयोजक, रास्ट्रिय कृषक समूह महासंघ चितवनका निवर्तमान सचिव र हालका सल्लाहकार, सेवा तथा बस्तु उपभोक्ता संरक्षण महासंघ चितवनका सदस्य, ओ.पि.एम. तथा आइ. पि. एम. प्रविधिका कुशल प्रशिक्षक, बिगत २०६४ साल देखिका कुशल प्रांगारिक कृषक, वेष्ट डिकम्पोजर कल्चरको सफल प्रयोग कर्ता कृषक हुनुका साथै बिभिन्न सामाजिक आन्दोलनहरुमा पनि सक्रिय हुनुहुन्थ्यो ।
यसरी प्रकति–मानव केन्द्रित जन अभियान, नेपालले एकना प्रांगारिक कृषि अभियन्ता मात्र गुमाएको छैन यसले एकना केन्द्रिय सदस्य र प्रकृति–मानव हितैषी कृषि अभियन्ता समेत गुमाउन पुगेकाले यस अभियानलाई समेत अपुरणीय क्षति पुगेको छ । अब यस अभियानले उहाँको निधनको शोकलाई शक्तिमा बदलेर स्व. घिमिरेको अभियानलाई सार्थक रुप प्रदान गर्न सबै अभियन्ताहरु जुटेर अघि बढनु पर्ने आवश्यकता महशुस गरिएको छ ।

(लेखकः बिन्दु राज सापकोटा, उपाध्यक्ष प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाल)

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: