इक्यान शैक्षिक मेलाको टाइटल स्पोन्सरमा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स

सराङकोट न्यूज
3 July, 2022 8:55 pm

पोखराको पन्थीगल्लीमा रहेको इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सले इक्यान शैक्षिक मेलाको टाइटल स्पोन्सर गरेको छ ।

यहि २४ र २५ गते पोखरा सभागृहमा हुने शैक्षिक मेलाको टाइटल स्पोन्सर इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सले गर्ने सम्झौता भएको मेलाका प्रचारप्रसार संयोजक कमलनाथ बरालले जानकारी दिए ।

Advertisements

संस्थाका म्यानेजिङ डाइरेक्टर समीर थापा मगरले इक्यान शैक्षिक मेलामा टाइटल स्पोन्सर गर्न पाउदा खुसी लागेको बताए ।

अन्तराष्ट्रिय स्तरको मेनपावर उत्पादन गर्ने तालिम प्रदायक संस्था यस कलेजले अन्तराष्ट्रिय बजारमा विद्यार्थीलाई जवप्लेष्मेन्ट गर्न सहयोग गर्ने डाइरेक्टर थापाले बताए । उनले भने(ूयो संस्था होटल म्यानेजमेन्टसम्वन्धी अष्ट्रेलियन कोर्ष अध्यापन गराउने पोखराको पहिलो तालिम प्रदायक संस्था भएकाले अष्ट्रेलियाको कलेजसँग सम्वन्धन गरेर विदेश जाने विद्यार्थी साथै अन्य व्यक्तिहरुलाई छोटो अवधिका तालिमहरु वरिस्ता,कुकिङ, वेकरी, हाउस किपिङ,वेटर लगायत एक वर्षीय प्रोफेससनल कुङ तालिम प्रदान गर्छौ ।ू

उनले संस्था र संस्थाले दिने तालिमका कोर्षहरु तथा छात्रवृत्तिका विषयमा विस्तृत जानकारी लिन इक्यान शैक्षिक मेलामा आउनको लागि वैदेशपक अध्ययनमा जान चाहने सबै विद्यार्थी तथा अन्य व्यक्तिहरुलाई समेत अनुरोध गरेका छन् ।

यस संस्थाबाट तालिम प्राप्त केही विद्यार्थीहरु अहिले ओजेटी गरिरहेका छन् । सिटीभिटीबाट मान्यता प्राप्त यस संस्था २०१४ देखि सञ्चालनमा आएको हो । शुरुवाती अवस्थामा तीन महिनाको मात्र तालिम प्रदान गर्दै आएको यस संस्थाले जनसमुदायको माग र आवश्यकतालाई मध्यनजर गरी एक वर्षे कोर्ष पनि शुरुवात गरेको छ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श लिन उपयुक्त माध्यम शैक्षिक मेलामा विदेशमा पढाई हुने कोर्ष, कलेज फि, होस्टेल फि, लागत लगायत विभिन्न देशको भिसा नीतिको बारेमा विद्यार्थीले निस्शुल्क जानकारी तथा परामर्श लिन सक्नेछन् ।

एकै छानामुनि ४० वटा स्टल रहने यस मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन, बंगलादेश लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने भएकोले पनि विद्यार्थीले विस्तृत जानकारी लिन सहज हुने मेला संयोजक युवराज पौडेलले जानकारी दिए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: