पोखराको ट्राफिक व्यवस्थापनका समस्या, चुनौति र समाधानका उपाय

शिवराज वस्ताकोटी (शिवदाई)
5 July, 2022 12:40 pm
शिवराज वस्ताकोटी (शिवदाई)
शिवराज वस्ताकोटी (शिवदाई)

नेपालको प्राकृतिक सम्पदा र सुन्दरताको धनी धार्मिक तथा पर्यटकीय रुपले पनि परिचित दोस्रो शहर पोखरा केही बर्ष यता भने जिर्ण सडक अस्तव्यस्त अव्यवस्थित ट्राफिकको शिकार बनेको छ । पोखराका मुख्य चोक र मुख्य सडक सार्वजनिक सवारीले यात्रु चढाउने र ओराल्ने स्थान मात्रै बनेका छैनन् सार्वजनिक सवारी तथा निजी सवारी पार्किङ स्थल बन्दै जान थालेका छन् । जहाँ न त मापदण्ड अनुरुप व्यवस्थित प्रतिक्षालय छन् न त निश्चित पार्किङ स्थान नै छन्, न त सडक लेन छन् न त सडक संरचनासहित ट्राफिक सकेंत बोर्डहरु राखिएका छन् । पोखराको मुख्यद्वारको रुपमा रहेको पृथ्वीचोक सबैभन्दा बढि अस्तव्यस्त ट्राफिक जामको शिकार बनेको छ । कुनै पनि व्यवस्थित शहरमा पहिला त वसपार्क व्यवस्थित हुनु जरुरी छ । तर करिव चार दशक पहिला पोखरामा व्यवस्थित बसपार्क बनाउन करिव २०५ रोपनी जग्गा अधिग्रहण गरिएको भएपनि विभिन्न राजनीतिक खिचलो कै कारण बन्न नसकेको बसपार्क यतिबेला भने फेरि राजनीतिक पहुँचकै बलमा अव्यवस्थित सुकुम्बासी वस्ति विस्तारका नाममा अतिक्रमणको शिकार मात्रै बनेको छैन हिलेपार्क बन्न पुगेको छ। जसले गर्दा पोखराको मुख्य पृथ्वीचोक र चाइनापुल सडकखण्ड बसपार्क बन्न पुगेको छ। दिनहँु आम नागरिक ट्राफिक जामको शिकार बन्न बाध्य भएका छन् ।
बाहिरबाट आउने लामो दुरिमा चल्ने ठुला सवारी साधनहरु पोखराको मुख्य चोक पृथ्वी चोक सभागृह चोक सृजना चोक जिरो किलोमिटर विरौटाचोक, अमरसिहचोक, हरिचोक भएर जानुपर्ने अवस्था छ । हाइवे सडकमा गुड्ने सवारीहरु मुख्य चोक भएर जानुपर्ने अवस्थाले गर्दा ट्राफिक जाम हुन गएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.नि. प्रकाश शाह वताउँछन्। सडकमै बसपार्क पार्किङको समस्या मुल तथा शाखा सडकमै दिनभर घण्टौ पार्किङ हुनुले गर्दा सडक लाइनै बसपार्क बनाउँदा र वसपार्क अतिक्रमण मात्रै होइन कसैका लागि पार्किङ शुल्क उठाउने कसैका लागि भाडा उठाएर खाने त कसैका लागि ग्यारेज वर्कसप चलाउने थलो बनेको हुँदा र पोखराको मुख्यचोकहरुमा समेत पार्किङ शुल्क उठाउने नाममा सवारि घुमाउन पनि नमिल्ने गरी सवारी पार्किङ गराउने महानगरको नीति र ट्राफिक प्रहरीको मौनताले गर्दा पोखरा अस्तव्यस्त मात्रै हैन कुरुप शहरको रुपमा चित्रित भएको पृथ्वीचोक बसपार्क लाई बर्षौदेखि नजिकबाटै नियाल्दै आउनुभएका स्थानिय तथा फोटो पत्रकार सुदर्शन रञ्जित बताउनु हुन्छ ।

वहाँका अनुसार पोखराको मुख्य सडक चोकहरुमा विशेष गरेर पृथ्वी चोकदेखि अमरसिंह चोकसम्म मुल सडकमा पार्किङ गर्न वा सवारी रोकि राख्न दिन नहुने वहाको भनाइ छ। पोखराका सडक महानगरको नीति अनुसार तोकिएको मापदण्ड मुताविक नभएकै कारण सडक साघुँरा भएका र पछिल्लो एक दशक यता सवारी चापमा ह्वात्तै वृद्धि भएका कारणले गर्दा हिजो फराकिलो देखिएका सडक अहिले आएर भने साघुरा हुन पुगेका छन्। सडक जिर्ण हूदै जानू सडकको बिचभागमै खाल्डाखुल्डी पर्नु पानी जम्नु समयमा नबनाइनु खानेपानीका नाममा बनेका सडक पुन खनेर अलपत्र छाडिनु सडकमै भएका विजुलिका पोल नहटाइनु सडक मार्क मेटिनु जेब्राक्रस नहुनु सवारि चालकमा लेन ड्राइभ गर्ने बानि नहुनु ट्राफिक प्रहरिले लेन ड्राइभ नगर्ने जेब्राक्रसमा रोक्ने यात्रु उकाल्ने र झार्ने बेलामा बिच सडकमै रोक्ने सार्वजनिक सवारीलाई कारवाहि गर्न नसक्नु पनि ट्राफिक जामका मुख्य कारण बनेका छन्।
पार्किङ शुल्क उठाउने नाममा जहापायो त्यहि पार्किङ दिनु बसप्रतिक्षालयमा निजी सवारी पार्किङ हुनु अफिस टायममा सिटि भित्र मुख्य मुख्य चोकमा ठुला ठुला सवारी लाई प्रवेस दिनु । बजार क्षेत्रमा भएका सडकमा दिनभर सवारी पार्किङ गरि राख्नु भित्री सडकमा दोहोरो पार्किङ हुनु ठुला ठुला ढुवानि सेवाका सवारी लाई सिटि प्रवेसमा समय सिमा नतोकिनु निर्माण सामग्री सडकमै थुपार्नु।व्यवस्थित फुटपाथ नहुनु सडकको दायाँबायाँ रेलिङ नहुनु ।यात्रुले जहापायो त्यहि बाट बाटो काट्नु सवारी चालकले जहापायो त्यहि बाट सवारी मोड्नु पनि ट्राफिक जाम हुनुका कारण भएका छन्।ट्राफिक प्रहरिले मुख्य मुख्य चोकमा ट्राफिक नियम विपरीत सवारि पास गराउनु एक त मुख्य मुख्य चोकमा जेब्राक्रस लेनमार्क नहुनु भएका जेब्राक्रस र लेन लाई स्वय ट्राफिक प्रहरिले समेत महत्त्व नदिनु जसले गर्दा पैदलयात्रुले बाटो काट्दा समस्या हुनु यी र यस्ता कारण र सरचनाका अभावले गर्दा पोखराको ट्राफिक व्यवस्थापनमा समस्या मात्रै हैन चुनौती पनि थपिएका छन्।
पोखरा अब हिजोको पोखरा रहेन पोखरा लाई महानगर पालिका बनाएपछि झन् समस्या मात्रै हैन चुनौतीहरु पनि त्यत्तिकै थपिदै गएका छन्।कारण हिजोका गाउपालिकाहरु साथै हिजोको लेखनाथ नगरपालिका समेत महानगर पालिकामा गाभिएपछि कालोपत्रे सडक विस्तार हुन नसक्नु भएका सडकपनि जिर्ण हुँदै जानू महानगर पालिकाको नीति ऐन कानुन विधि अनुसार मापदण्ड नियम लागू हुन नसक्नु। सवारीको चाप दिन प्रतिदिन बढ्दै जानू सडक साघुरिदै र भत्किदै जानू सरोकार निकाय जिम्मेवार बन्न नसक्नु सबैखाले सडक प्रयोगकर्ताबाट ट्राफिक नियम उलङघन हुनु लगायत ठेक्कापट्टामा दिइएका सडक हरु समयमा सम्पन्न हुन नसक्नु पनि ट्राफिक व्यवस्थापन का लागि चुनौतिको रुपमा रहेका छन्।

Advertisements

पोखरामा ट्राफिक जनशक्ति र सवारी सडकको अवस्था

ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांक अनुसार पोखरालाई जोड्ने सडक हाइवे सिद्दार्थ राजमार्ग कुभिण्डे सडक खण्ड १७ किमि छ भने पृथ्वीराजमार्ग कोत्रे पोखरा सडक खण्ड २३ किमि छ। भने नयापुल पोखरा जोड्ने ४४ किमि गरि जम्मा ८४ किमि हाइवे सडक रहेको छ। पोखरामा मुख्य भित्री सडक करिव १९४ किलोमिटर छ भने माटे कच्चि सडक १८३ किलोमिटर छ । ट्राफिक कार्यालय वाट प्राप्त तथ्यांक अनुसार हाइवे र पोखराको सबै सडक जोड्दा करिव ४६१ किलोमिटर हुन आउँछ। यदि सडक र सवारीको संख्यालाई हेर्दा र पोखरामा गुड्ने सवारी को संख्यालाई तुलना गर्दा पोखरामा ट्राफिक दरबन्दी शुन्य बराबर हुन आउँछ ।

यातायात कार्यालय गण्डकीमा दर्ता भएका सवारीको तथ्यांक

यातायात कार्यालय गण्डकी कास्की सवारी प्रशासन शाखाका प्रशासन सहायक कृष्ण विश्वकर्माका अनुसार सवारी को तथ्यांक भने २०७९ असार २० गते सम्ममा कुल सवारी हेवि ठुला साना तथा सरकारि निजि भाडका साथै सस्थान र पर्यटक सवारि गरि करिव ३८८१८ दर्ता भएका छन् भने स्कुटर तथा मोटरसाइकल २२८६२० दर्ता भएका छन् ।गण्डकिमा दर्ता भएका सवारी मात्रै होइन देस विदेस तथा दृसका विभिन्न प्रदेस तथा जिल्ला बाहिर वाट आउने सवारी समेत पोखराका सडकमा दिनहु लाखौं गुडिरहेका छन्। दिन प्रतिदिन पोखरामा सवारीको चाप बढ्दो छ भने सडक झन् साघुरा बन्दै जान थालेका छन्। कतिपय सडक अझै पनि बिसौ बर्ष पहिलााकै मापदण्ड मै सिमित रहेका छन् कतिपय ठाउमा सडक विस्तार हुन नसकेको अवस्था भएका सडक पनि भलपानि निकास नगरि बनाएकै कारण बाढि पहिरो कै कारण जिर्ण भैरहेका छन् । जसले गर्दा पोखरा पर्यटकको ओइरो लागेमा कोहि पनि यात्रु समयमा गन्तब्यमा पुग्न नसक्ने समस्या बाट ग्रस्त नहोला भन्न सकिँदैन ।पर्यटक मात्रै भित्रिने होइन ठुला ठुला दुइतले बसहरु समेत पोखरा भित्रिन थालेका छन् जसले गर्दा पोखरावासि मात्रै होइन आगन्तुक पर्यटक मात्रै होइन समयमा उपचार का लागि एम्बुलेन्स मा आउने बिमारी हरु समेत ट्राफिक जामको शिकार बन्न बाध्य हुने अवस्था आउने सभावना पनि त्यत्तिकै कहालिलाग्दो छ ।
यातायातमा दर्ता सवारीको तथ्यांक र बाहिरबाट पोखरा भित्रिने सवारीको संख्यालाई हेर्दा र कास्की ट्राफिकमा २८ जनाको दरबन्दि रहेको संख्यालाई हेर्दा हाल १०५ जना कार्यरत ट्राफिकको संख्यालाई हेर्दा सुरक्षाको दृष्टिकोणले पोखराको ट्राफिक व्यवस्थापन अत्यन्तै कमजोर देखिन्छ ।जुन सख्या सडकको हिसावले एक जना बराबर ४०.६ किमि हुन्छ। ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार गण्डकी यातायात मा साना ठुला गरी दर्ता भएका सवारीको सख्या २ लाख ५८ हजार ३७३ रहेको छ ।

सवारी चापमा बढि, ट्राफिक जनशक्ति कम

ट्राफिक जनशक्तिको आधारमा हेर्दा एक जना ट्राफिक बराबर ९ हजार २२७ सवारी सख्या हुन आउँछ । यदि ट्राफिक कार्यालयको तथ्यांकलाई हेर्ने हो भने गण्डकीमा दर्ता भएका सवारी सख्या र महानगरपालिकामा रहेको करिव ५ लाख जनसंख्यालाई हेर्ने हो भनेपनि २ दुइजना बराबर एक सवारी हुन आउँछ। यदि यहि आँकडालाइ मान्ने हो भने पोखराको स

डकको अवस्थालाई ट्राफिक प्रहरीको सख्यालाई हेर्ने हो भने पनि पोखरालाई ट्राफिक ग्रसित शहर मान्न सकिन्छ। ट्राफिक प्रमुख शाहका अनुसार पोखराको ट्राफिक व्यवस्थापनमा सबैभन्दा जटिल समस्याको रुपमा बसपार्क रहेको छ । जहाँ बसपार्कबाट छुट्नु पर्ने सबैखाले सवारी सडकबाट छुटि रहेका छन्। जसले गर्दा यहि चुनौतीपूर्ण विषय बनेको छ । पोखरा भित्रिने लामो दुरिका सवारी पोखरा सिटि भित्र मुख्य चोक सडक हैन सिटि सिमामै रोकिनु पर्ने त्यहि बाट यात्रु झार्नु पर्ने व्यवस्था हुनु पर्ने त्यसका लागि महानगरपालिकाले छोरेपाटन लेखनाथ जौवारी लगायत मुख्य मुख्य महानगर सिमा नाका भित्र लामो दुरिका बस तथा अन्य सार्वजनिक सवारी राख्ने स्थानको व्यवस्था गर्नु पर्ने जसले गर्दा पोखरा भित्र लामो समय ठुला सवारी रोकिने अवस्था हटेर जानेर ट्राफिक व्यवस्थापन सहज हुने वताउछन् ।

ट्राफिक व्यवस्थापनमा प्रभाव

मुख्य चोक नजिकै रहेका मुल सडक पार्किङ शुन्य हुनु पर्ने महानगरमा रहेका स–शुल्क पार्किङ अण्डर ग्राउन्ड भवन हरुमा पार्किङ गर्न गराउनका लागि महानगर

बाट पहल भएमा ट्राफिक व्यवस्थापनमा सहज हुने र सडकमा समस्या नआउने प्रमुख शाहले बताए । सवारी रुट नभए कै कारण यात्रुअलमलमा परेको सुरक्षित तथा निश्चित बस प्रतिक्षालय नहुनुले गर्दा र सार्वजनिक सवारी जहाँ पायो त्यहि रोक्ने यात्रु राख्ने ओराल्ने गर्नुले पनि ट्राफिकमा समस्या आएको प्रमुख शाहले जनाए । भेकल शोरुम तथा ग्यारेज सिटिभित्र हुनु पनि ट्राफिक व्यवस्थापनमा समस्या आउनु हो पसल बजार क्षेत्रमा रहेका व्यवशायिले निश्चित ठाउमा सवारी नराखि आ–आफ्नो पसलकै अगाडि भन्दै दिनभर सडकमा सवारी पार्किङ गर्नु र मुख्य बजार क्षेत्रमा समान खरिद गर्न आउने उपभोक्ता ग्राहकले सवारी पार्किङ गर्न नपाउँदा आम उपभोक्ता लाई पार्किङ गरी बजार गर्न कठिनाइ हुनुका साथै ट्राफिक व्यवस्थापनमा समेत प्रभाव परेको प्रमुख शाह वताउँछन् । ट्राफिक व्यवस्थापन उपाय प्रशस्त सबै निकाय जिम्मेवार बन्नु पर्ने। महानगरबाट निश्चित भिजन आउनु पर्ने – शाह ।
यसो त जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रनि प्रकाश शाह भने पोखरामा ट्राफिक व्यवस्थापनमा झट्ट हेर्दा जटिल समस्याको रुपमा देखिए पनि धेरै चुनौतीहरु देखिए पनि सडकसँग सम्वन्धित सबै खाले सरोकार निकाय सडक डिभिजन, खानेपानी, विध्युत, दुरसंचार, केवुल विभिन्न यातायात व्यवशायि संघ संस्था यातायात मजदुर संघ सगठन नागरिक समाज लगायत महानगरपालिका सबै गम्भीर भएर आ आफ्नो दायित्व र जिम्मेवारीलाई आत्मसात गरि सबै निकाय लाग्ने हो भने पोखरामा ट्राफिक व्यवस्थापन गर्नमा खासै ठुलो समस्या नपर्ने बताउछन्। प्रमुख शाहले महानगरबाट निश्चित आधिकारिक भिजन आउनु पर्ने जनाउदै पहिला त हालकै लागि तत्कालै लामो दुरिमा चल्नेसवारीहरु बसपार्क बाटै छुटाउने व्यवस्था गरिनु पर्नेमा जोड दिदै अण्डर ग्राउन्ड पार्किङ कै लागि महानगरसँग नक्सा पास गरिएका भवन हरुमा स–शुल्क पार्किङका लागि व्यवस्थापन हुनु पर्ने सडक मापदण्ड नछाडि भवन वा संरचना बनेका ठाउँमा सडक पार्किङ पुर्ण निषेध गर्नु पर्ने । स्मार्ट तथा सुरक्षित प्रतिक्षालय साथै निश्चित बसपकेट हुनु पर्ने जसले गर्दा गर्मि तथा बर्षामा पनि यात्रु सुरक्षित हुन सकुन् । सकेसम्म ग्रिन लेन वेल्ट तथा सडकमा सोलार बत्ती हुनु पर्ने सडकमा सिसि क्यामरा जडान गर्नु पर्ने। मुख्य मुख्य चोक र सडकमा रेलिङको वार हुनु पर्ने सडकमा क्याट आइ लेन अनुसार राखिनु पर्ने ।
निजि तथा सरकारी बसहरुका लागि छुट्टाछुट्टै प्रतिक्षालय हुनु पर्ने सिंगो महानगर क्षेत्रलाई समेट्ने गरि चौतर्फि रुपले आन्तरिक सडक छुनेगरि रिङरोडको निर्माण मुख्य मुख्य चोकहरुमा ट्राफिक लाइट ओभरव्रिज सुरक्षाविट हुनुपर्ने सवारीमा छुट्टाछुट्टै पहिचान हुनु पर्ने विशेष गरेर सार्वजनिक सवारि ट्याक्सिमा दुई फरक रङ कालो र पहेलो नगरमा चल्ने बस हरियो पहेलो हुनु पर्ने । सार्वजनिक सवारी चालक तथा सहचालक परिचालक सबैले अनिवार्य युनिफर्म परिचय खुल्ने गरि परिचय कार्ड अनिवार्य लगाउनु पर्ने। बढ्दो सवारी चापलाइ मध्यनजर गर्दै आवस्यकता अनुसार ट्राफिक प्रहरी र नगर प्रहरिमा जनशक्ति थप गर्नु पर्ने। नो पार्किङ मा राखिएका सवारी लाई चेनलक हैन क्रेनलक गरि सोही स्थान बाट हटाउनका लागि महानगर र ट्राफिक प्रहरी समन्वय मा रहने गरि क्रेन भेकल को व्यवस्था गरिनु पर्ने फुटपाथ व्यापार व्यवस्थित हुनु पर्ने यी सम्पुर्ण पुर्वाधार तथा सरचना निर्माण र व्यवस्थापन का लागि महानगर पालिका ट्राफिक प्रहरी मात्रै होइन सम्वन्धित सबै निकायबाट सहयोग प्राप्त हुने हो भने पोखराको ट्राफिक व्यवस्थापनका लागि सफल हुन सकिने प्रमुख शाहले वताए।
यसो त महानगर पालिकाले सबै निकायसँग समन्वय गरि आम नगरवासिको सहयोग लिएर अगाडि बढ्ने हो भने पक्कै पनि पोखरा महानगरपालिका नेपाल मात्रै होइन एसियाकै अब्वल महानगरपालिकाको रुपमा चिनाउन सकिने प्रवल सभावना देखिन्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: