टोलै उठेर कुट्ने विरुद्ध प्रहरीले उजुरी नलिएको पीडितको गुनासो

सराङकोट न्यूज
20 July, 2022 11:08 am

पोखरा

पोखरा–१०, सुनकोशी टोलकी ७० वर्षिय सरस्वती थापा सोही ठाउँका मनोज घले वीच जारी विवाद कुटपिट र हमलामा पुगेको बताइएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले निर्णय चिन्न नबुझ्ने पक्षलाई जिल्ला अदालतमा जाने बाटो खुला गरिदियो तर पनि घले पक्षले महानगरमा पुन निवेदन दिए ।
जग्गा विवाद सम्बन्धि मुद्दा वीच कुरा लिएर उठेको विवाद कुटपिट र हमलामा पुगेर हिंसात्मक रुप लिएको छ । सरस्वती थापा र उनका छोरीहरुले टोल कै स्थानिय बाट असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा पाउन निवेदन दिए । जिल्ला प्रशासनले निवेदन जिल्ला प्रहरी कार्यालय पठायो, निवेदन महिला सेलमा रहेको छ तर पनि शान्ति सुरक्षा पाउन नसकेको थापा परिवार को गुनासो रहेको छ ।
केहि दिन अघि सुनकोशी टोलका केहि व्यक्तिहरु सहित मिलि आफूहरुलाई आक्रमण गरेर वृद्धा सरस्वती गुरुङ समेतलाई घाइते बनाएको र आफूहरु उपचारका लागि अस्पताल रहेको वेला हामीलाई कुट्ने पक्षले रामबजार प्रहरीमा निवेदन दिएका रहेछन् हामी उपचार र घाउ जाँच रिपोर्ट सहित उजुर गर्न रामबजार प्रहरीमा पुग्दा आफूहरुको उजुरी प्रहरीले नलिएको पीडित पूजा थापाले वताइन् ।
उनिहरु जिल्ला प्रहरीमा पुगे त्यहाँ पनि उजुरी नलिइए पछि पुन जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ जय नारायण आचार्यसँग शान्ति सुरक्षाको लागि अनुनय विनय गर्दा पनि प्रहरीले मुद्दा नलिएको पूजा थापाले वताइन् ।
हामीले यस वारेमा प्रजिअ आचार्य सँग सम्पर्क गर्दा प्रहरीमा पठाइएको बताएका छन् । जग्गा सिमाना विवाद एकातिर छ तर समूह नै आएर हुल हुज्जत गरी जेष्ठ नागरिक माथि हमला हुँदा पनि प्रहरीले किन लिएन उजुरी ? जवाफ खोज्न जरुरी देखिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: