घार-म्याग्दी-पोखरा समाजद्वारा आयोजित रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन

शिवराज वस्ताकोटी (शिवदाई)
24 July, 2022 2:42 pm

“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने उदेश्यका साथ आफ्नो नवौ बार्षिक उत्सवको अवसरमा घार-म्याग्दी-पोखरा समाजले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको छ ।
प्रमुख अतिथि पोखरा वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले कार्यक्रमको उद्घघाटन गर्दै रक्तदाता ज्योति भण्डारीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बरालले यसरी रक्तदान गरी सिङ्गो मानवजातिको संरक्षण र सुरक्षामा आफ्नो जिम्मेवारी ठानेर समाजले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद प्रकट गरेका थिए ।

रक्तदान कार्यक्रममा समाजका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु साथै विभिन्न निकायबाट प्रतिष्ठित तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियोे । रक्तदानको अवसरमा नेपाल सँस्कृत माध्यमिक विद्यालयका उप–प्राध्यापक डा. जगन्नाथ रेग्मीले कविता मार्फत कविता वाचन गरी रक्तदान किन कसका लागि भन्ने बारे र यसको महत्वबारे प्रकाश पारेका थिए । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार कास्कीका एसुधरा दुराको नेतृत्वमा आएको टोलि साथै मोतिराज वरुवालको संयोजकत्वमा भएको कार्यक्रममा ६६ युनिट रगत सङ्कलन भएको संयोजक वरुवालले बताए ।
समाजका अध्यक्ष प्रेम शङ्कर वरुवालको अध्यक्षता गरिएको थियोे भने कार्यक्रमको संचालन उपाध्यक्ष गोकर्ण वरुवालले गरेका थिए ।

Advertisements

रक्तदानको अवसरमा नेपाल सँस्कृत माध्यमिक विद्यालयका उप–प्राध्यापक डा। जगन्नाथ रेग्मीद्धारा प्रस्तुत गरिएको कविता

रक्तदानको अवसरमा नेपाल सँस्कृत माध्यमिक विद्यालयका उप–प्राध्यापक डा. जगन्नाथ रेग्मीद्धारा प्रस्तुत गरिएको कविता

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: