लेवल नभएको बोरामा कुहिएको चामल, बजार अनुगमन भयो कारवाही भएन

सराङकोट न्यूज
31 August, 2022 9:39 am
Advertisements
Advertisements

पोखरा

वीरगंजका चामल मिल संचालक बताउने मनोज शाहले पोखराको केआईसिंह पुलमा रहेको बास्तोला ट्रेडर्समा २५ के.जि.को २ सय वोरा चामल पठाए । मनोज खाद्य उद्योगका संचालक दावी गर्ने मनोज शाहले पठाएको एप्पल भेजेटेरियन नाम लेखिएको बोरामा चामल प्याक गरेर पोखरामा विक्रिको लागि पठाएका थिए । प्याकिङ बोरा आकर्षक थियो तर वोरा भित्रको चामल ढुसी परेर डल्ला परेको अवस्थामा थियो । वोरा वाहिर उत्पादन मिति, मूल्य, उत्पादक, ठेगाना, व्यााच नम्वर केहि उल्लेख थिएन ।
चामल पोखरा १६ बाटुलेचौरको एक मजदुरले खानाको लाग लान खोलेर जोख्न खोज्दा चाम कुहिएको अवस्थामा फेला परेको भन्दै हामीलाई खवर आएर स्थलगत अवलोकन गर्न पुग्दा गैह्रकानूनी ढंगबाट उत्पादन र विक्री वितरण कार्य गरेको रहस्योद्घाटन भएको थियो । अखाद्य वस्तु लेवल विहिन अवस्थामा भएको सराङकोट साप्ताहिकले प्रमुख समाचार प्रकाशन गरेको थियो ।
समाचार प्रकाशनमा आएपछि भाद्र ८ गते बुधबार उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक नारायण प्रसाद आचार्यको नेतृत्वमा वास्तोला ट्रेडर्समा अनुगमन गर्न पुग्यो । एप्पल व्राण्ड लेखिएको लेवल विहिन चामलको वोरा भेटियो तर टोलिले चामलको वोरा खोलेर समेत हेरेन । चामलको गुणस्तर कस्तो थियो भन्ने जान्न नमूना संकलन समेत गरिएन । आचार्यको टोलीले चामल फिर्ता गर्न मात्र निर्देशन दिएर कार्यालय फर्कियो । न चामल नष्ट गर्ने कार्य गरियो न उत्पादक र विक्रेलाई वयानका लागि नै वोलाइयो ।
अनुगमनमा सहभागी मध्य कतिलाई अनुगमनको सैली नै मन नपरेको बताए । कास्कीका सहायक प्रजिअ शिव प्रसाद रिजाल, मुद्दा शाखाका शिव प्रसाद गौतम, खाद्य तथा गुण नियन्त्रण कार्यालयका अधिकृत शिवजी बराल, उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइराला समेतको टोलीले गरेको बजार अनुगमन कर्मकाण्डी मात्र देखियो प्रत्यक्षदर्शी हरुले गुनासो गरे । उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष समेतका उम्मेदवारहरुले कारवाही प्रकृया नगर्न दवाव दिएका कारण केहि दिन पछि अवकास हुँदै गरेका निर्देशक नारायण आचार्यले केहि नगर्न भने पछि टोली कारवाही प्रकृया अगाडि नबढाई फर्किएको अनुगमनका एक सहभागीले गुनासो गरेका थिए ।
भक्तपुरमा फेला परेको यहि प्रकृतिको लेवल विहिन खाद्य पदार्थी फेला पर्दा प्रशासनले ३ लाख रुपैयाँ जरिवाना गरी समान नष्ट गरेको घटना उसै हप्ताको हो तर पोखरामा घटना लाई यहाँको प्रशासनले उद्योगी र व्यापारीको पक्षमा हित हुने कार्य गरेर उपभोक्ता माथि अन्याय गरेको महसुस गराएको छ । भक्तपुरमा लाग्ने कानुन यहाँ किन लागेन आम उपभोक्ताको गुनासो छ ।
यता व्यापारी वास्तोला ट्रेडर्सलाई लेवल विहिन रहेकोकुहिएको चामल उद्योगमा फिर्ता गर्न अनुगमनले भनेको छ तर उद्योगलाई कारवाहीको कुनै संकेत छैन । यसरी फिर्ता गरेको सडेको चामल वोरा फेरेर बेच्ने अवसर अनुगमन प्रशासनले नै दिएको छ । यो कमजोर र कर्मकाण्डी अनुगमनले बजारमा सुद्धिकरण कसरी हुन्छ, उपभोक्ताको हित कसरी स्थापित हुन्छ ? राज्यले नागरिकलाई जवाफ दिनु पर्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: