ब्ल्याक बोर्डमा लेख्न नजानेको भन्दै कक्षा कोठामै पिटिए १२ वर्षिय विद्यार्थी

सराङकोट न्यूज
15 September, 2022 3:30 pm
Advertisements
Advertisements

पोखरा

सकुशल पढ्न गएका विद्यार्थी घर फर्कदा घाइते भएर फर्कन्छन् भने अभिभावकको मन कस्तो होला ? बच्चाको दिमाखमा विद्यालय प्रति कस्तो धारणा बन्ला ? खाई नखाई बच्चालाई बोर्डिङ स्कूल पठाएको अर्थ के रहला ? यस्तै विवादले अवको शिक्षा कस्तो हुने र शिक्षण सिकाई कस्तो हुने भन्ने विषयमा गंभिर वहसको विषय वन्न पुगेको छ ।
पोखरा महानगरपालिका वडा नं. ३० मा रहेको न्यू लेखनाथ पव्लिक एकेडेमी शिशुवामा पढ्न गएका १२ वर्षिय निराजन अधिकारी भदौ २३ गते विहिबार सदा झै विद्यालय गए । छुट्टि भएर घर फर्कदा दुवै गोडामा निल डाम बोकेर खोच्याउँदै पुगे । घरमा पिडा लुकाउन ड्रेस पनि फुकाल्न मानेनन् । आमा राधा अधिकारीले केहि भयोकि भन्ने शंका मान्दै आफैले छोराको कपडा खोलिन् । दुवै घुडाको कोप्रा भाग, पिडौला र नलि खुट्टामा रातो र निलो डामका लाप्सा देख्ने वित्तिकै आमा झस्कदै भक्कानिइन, छोरा निराजन पिडाले अत्तालिएर डाँको छोडेर रुदै कुटाई खाएको घटना बताए ।
भाद्र २३ गते विहिबार कक्षा शिक्षक तिलमाया गुरुङले निराजनलाई होमवर्क नगरेको भन्दै ब्ल्याक बोर्डमा लेख्न भनिन्, निराजनले लेख्न जानेनन् । लेख्न नजान्नु नै निराजनको अभिसाप बन्न पुग्यो । शिक्षिका गुरुङले पाइपै पाइले धुलाई गरिन् । कुटाइको चोट र पिंडाले बच्चा विगत एक हप्ता देखि पढ्न जान नसकेका घाइतेकी आमा राधा अधिकारीले गुनासो पोखिन् । टाउको दुख्ने, जीउ दुख्ने ज्वरो आउने क्रम मंगलबार सम्म नरोकिएपछि अस्पताल लगेर एक्सरे लगायतका घाउ जाँच गरिएको पीडित बालकको हजुरवुवा ताराप्रसाद पौडेलले बताए । हड्डीमा असर नपरेको तर मासु थिल्थिलिएको पिडाले ज्वरो आएको डाक्टरले बताएको हजुरबुबा पौडेलले सुनाए ।
यस बारेमा न्यू लेखनाथ पव्लिक स्कूलका संचालक लक्ष्मी बास्तोलाले निराजनले होमवर्क नगरेको र बोर्डमा लेख भन्दा नमानेपछि तिलमाया मिसले एक पटक पाइपले हिर्काएको बताइन् । पिटाई गर्नु राम्रो होइन भन्दै बास्तोलाले अहिले दोस्रो सत्रको परीक्षा आएकोले दशैं पछि आवश्यक निर्णइ लिइने बताइन् तर बच्चाको स्वास्थ्य र शिक्षाको बारेमा क्षतिपूर्ति दिने बारे कुनै प्रतिकृया दिइनन् । बोर्डिङका प्रिन्सिपल रिषिकान्त मरासिनी वा बच्चालाई कुट्ने शिक्षिका तिलमाया गुरुङको प्रतिकृया लिन वहाँहरुसँग सम्पर्क गराइदिन गरिएको हाम्रो आग्रहलाई संचालक बास्तोलाले अस्वीकार गर्दै सम्पर्क नम्वर दिन चाहिनन् ।
बालबालिकाहरु विदालय भित्रै शिक्षकहरुबाट यातना र पीडित हुनुपर्ने कहिले सम्म ? के पिटाइ, यातना दवाव ले शैक्षिक विकास होला त ? वडा शिक्षा, महानगर शिक्षा समिति र वाल अधिकारसँग सम्बन्ध सरकारी र गैह्रसरकारी संस्थाको ध्यान जान जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: