व्यास नगरका विद्यालयमा छैनन् सूचना अधिकारी, एक हप्ता भित्र तोकिने दावी गर्छन् शिक्षा अधिकृत

सराङकोट न्यूज
21 September, 2022 9:18 am
Advertisements
Advertisements

पोखरा

सार्वजनिक निकायले सूचना अधिकारी राख्नै पर्ने व्यवस्था सूचनाको हक सम्बन्धि ऐन २०६४ ले गरेको छ । सूचना अधिकारी नराख्नु लाई अपारदर्शिता जन्य कार्य मानिन्छ । २०६४ सालमा ऐन लागू भए यता त्यसको कार्यान्वयनमा तदारुक्दा बढ्दै गएको पाइन्छ । सूचना अभियन्ताहरुको सकृयताले अधिकांस सार्वजनिक निकाय, कार्यालहरुलाई सूचना अधिकारी तोक्न दवाव मूलक अभियान चलाउँदै आएको पाइन्छ ।
तनहुँ जिललको व्यास नगरपालिका अन्तरगत रहेको मा.वि. तह सम्मका अधिकांस विदालयहरमा सूचना अधिकारी नतोकिएको पाइएको छ । व्यासमा रहेको सत्यवती मा.वि., सर्वज्योती मा.वि. व्यास १०, जलदेवी मा.वि., निर्मल मा. मा सूचना अधिकारी तोकिएका छैनन् तोकिएका ठाउँमा पनि फ्लेक्स राखिएको छैन । सूचना अधिकारीको काम कर्तव्य र अधिकारको सम्बन्धमा समेत जानकारी नरहेको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले स्वीकार गरेका छन् ।
यस विषयमा व्यास नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत नविन पराजुलीसँग सामुदायिक तथा संस्थागत (वोर्डि·) स्कूलहरुमा सूचनाको हक सम्बन्धि ऐन २०६४ वमोजिम सूचना अधिकारी तोकिए नतोकिएको वारेमा प्रतिकृया लिंदा सूचना अधिकारी तोक्ने कार्य प्रयोगमा नरहेको बताएका छन् । कानूनले तोकेको सूचना अधिकारी तोक्ने कार्यमा भएको अवज्ञा पनि हामीले प्रश्न गरेपछि अवको एक हप्ताभित्र सामुदायिक र संस्थागत सवै विद्यालयहरुलाई सूचना अधिकारी तोक्ने व्यवस्था मिलाइने वताएका छन् । शिक्षा अधिकृत पराजुलीले सवै विदालयमा सूचना अधिकारी तोकेर ति विद्यालय र सूचना अधिकारीको नाम नामेसी विवरण उपलब्ध गराइने बताएका छन् ।
हाल व्यास नगरापकिाल भित्र सरकारी तथा सामुदायिक तर्फ २५ वटा मा.वि. र ४७ वटा आधारभूत र संस्थागत तर्फ ४६ वटा वोर्डिङ रहेको अधिकृत पराजुलीले सूचना अधिकारी तोकेर कामको जिम्मेवारी दिएको खण्डमा सूचनाको हक सम्बन्धि कानूनको पभावकारी कार्यान्वयन त हुन्छ नै नागरिकहरु सम्बन्धित विद्यालय सम्बन्धि सहजै जानकारी लिन सहज हुने छ ।
व्यास नगरपालिका भित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालयहरुले गरेका काम कारवाही को यथेस्ट विद्यालयहरुले गरेको काम कारवाही को येथेस्ट जानकारी गराउन पाउन सहज हुने अपेक्षा गरिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: