गण्डकी वोर्डिङ छानविनको दायरामा

सराङकोट न्यूज
19 October, 2022 9:43 am

पोखरा

केहि वर्ष अघिसम्म गण्डकी वोर्डिङको हाई हाइ थियो । उत्कृष्ठ पढाई, अब्बल नतिजाका समाचारले स्थानीय देखि केन्द्रीयस्तरका अखवारका पानाहरु भरिन्थे । देशका टप टेन विद्यालय भित्र गणनामा आइरहने गण्डकी वोर्डिङले विद्यार्थीको चाप धान्न मुस्किल थियो । देशभरबाट ओइरिने विद्यार्थीबाट रोजेर उत्कृष्ट विद्यार्थीहरुले बल्ल भर्ना पाउथे।
तर विगत केहि वर्ष यता अवस्था फेरिएको छ । अब्बल कोटीमा रहेको गण्डकी वोर्डिङको नाम कमसल कोटीमा दर्ज हुँदै गएको छ । विद्यार्थीको सिट संख्या पुरा नभएपछि अन्य प्राइभेट वोर्डिङहरुले जस्तै फोन गरी गरी सिट खाली छ पढ्न आइदिनु न भन्दै बोलाउन पर्ने अवस्था आएको छ । यसै वर्ष कक्षा ११ को सिट पुरा नभएपछि फोन गर्दै विद्यार्थी खोज्न वाध्य भएको छ गण्डकी वोर्डिङ स्कुल ।
पछिल्ला वर्षमा गण्डकी वोर्डिङ विवादको श्रृंखलामा मुछिएको छ । विद्यार्थीको नतिजा सच्चाएर फेललाई पास पासलाई फेल बनाउने जस्तो अवैध मात्र हैन निकृष्ठ कार्य गरेको पर्दाफास भइसकेको छ भने “दोषी को ?” भन्ने वारेमा निर्णय सार्वजनिक हुन बाँकी छ । राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरका सूचना अधिकारी नारायण पोखरेलले दिएको जानकारी अनुसार छानविन समितिले प्रतिवेदन राष्ट्रिय परीक्षा वोर्ड समक्ष पेश गरिसकेको र हस्तलिखित नमूना परीक्षणको लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको र उक्त विषय वोर्ड समक्ष विचाराधिन रहेको वताएका छन् । भविष्यका कर्णधार विद्यार्थीको भविष्यमाथि गंभिर गल्ती गर्ने पात्र को हुन भन्ने बारेमा जारी छानविनले निक्र्यौल गरेपछि हामी हाम्रा आम पाठक समक्ष अवश्य सार्वजनिक गर्ने नै छौं । कर्तुतकर्मी पात्र कानूनको फन्दा बाट उम्कन्न सक्ने छैन केवल सहि नतिजाको लागि प्रतिक्षा गरौं । छानविन नतिजा दिन ढिलाई गरी आलटाल गर्न खोजेमा हामी त्यसमा पनि कारण माग्ने नै छौं ।

Advertisements

सेतो हात्ति काण्डमा अख्तियारको छानविन सुरु

सरकारी गाडी वा १ झ ८६१५ नम्वरको निशान प्याट्रोल जीप गण्डकी वोर्डिङलाई कसरी दिइयो, मर्मत शिर्षकमा पौने सात लाख खर्च कसरी भयो, प्रकृया पुरा गर्न गरिएका किर्ते डकुमेन्ट र भुक्तानी सम्बन्धमा विभिन्न विवाद उठेपछि अख्तिार दुरुपयोग अनुसन्धान आयोगले छानविन कार्य अगाडि बढाएको छ । अख्तियारले तत्सम्वन्धमा गण्डकी वोर्डिङबाट विभिन्न कागजपत्र नियन्त्रणमा लिएको स्रोतले वताएको छ । गण्डकी वोर्डिङका प्राचार्य वीरेन्द्र खड्काले गण्डकी वोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष रहेको शिक्षा मन्त्रालयका सहसचिव र समितिकै सदस्य रहेका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सँग मिलेमतोमा करोड भन्दा बढि मूल्य पर्ने सरकारी गाडी विगारी मर्मत गर्न नसक्ने वहानावाजी गरी गण्डकी वोर्डिङलाई उपहार दिइएको र सार्वजनिक खरिद प्रकृया पुरा नगरी ६ लाख ६६ हजार रुपैयाँ मर्मत खर्च भुक्तानी गरेरको सम्बन्धमा सराङकोट साप्ताहिक र सराङकोट अनलाइनमा समाचार छापिएपछि अख्तियारले छानविन अघि बढाएको बताइएको छ । उक्त गाडीमा गैह्रकानूनी ढंगबाट इञ्जिन व्लक समेत फेरिएको आशंका व्यक्त गर्दै चर्चा चलेकोले अख्तियारले विज्ञ प्राविधिक मार्फत् इञ्जिन व्लक चेक जाँच गराएर सत्य तथ्य बाहिर ल्याउन पर्ने माग गरिएको छ । गण्डकी वोर्डिङका प्राचार्यको अध्यक्षतामा वसेको ०७९ साउन १२ गतेको वैठकले गरेको गाडी मर्मत भुक्तानी दिन गरेको निर्णय पर्चाको वारेमा सुक्ष्म छानविन हुन आवश्यकता रहेको वुझिन्छ । उक्त निर्णयमा २०७८÷०८÷१५ र १६ गते कोटेशन माग, पेश, गाडी मर्मत र विल भुक्तानी कार्य तमाम भएको उल्लेख छ । जवकी स्कुलका सहप्राचार्य दुवै लगायतका वहुमत सदस्यहरुले त्यहि गाडीको मर्मत, कोटेशन सम्बन्धमा व्यापक असन्तुष्टि व्यक्त गरी हस्ताक्षर गरेका छैनन् । हामीले माग गरेको सूचनामा समेत अल्पमत हस्ताक्षरित कोटेशन सम्झौता पत्र उपलब्ध गराएका छैनन् । यो कदम आर्थिक अनियमितता लुकाउने आधार हुन सक्छ । वाँकी कुरा पछि खुल्दै जानेछन् ।

रुख कटान बारे वनको सोधपुछ

गण्डकी वोर्डिङ स्कुल सार्वजनिक गुठी अन्तरगतको राष्ट्रिय विद्यालय हो । सरकारी व्यवस्थापन छ, सरकारी लगानी छ सरकारी अनुदान छ तर विद्यालय परिसरका दर्जनौं रुखहरु विना अनुमती काटेर समिलमा विक्री गरेको छ । सरकारी निति नियम लाई चुनौती दिदै चाप, सिसौ र सिमलका रुख काटेर विक्री गरेको सम्बन्धमा सराङकोटले समाचार छापेपछि डिभिजन वन कार्यालय कास्कीले अनुसन्धानका लागि सोधपुछ अगाडि बढाएको छ । वोर्डिङले सुरक्षाको लागि काटेको दावी गरेपछि त्यस बारेमा सरकारी आधिकारिक निकायलाई कुनै जानकारी नगराई कानून मुठ्ठीमा लिई वन ऐनलाई उल्लंघन गरेका थिए । ढिलै भएपनि डिभिजन वन कार्यालय कास्कीले छानविनको तदारुक्ता देखाएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख वन अधिकृत केदार बरालले नियमानुसार सुक्ष्म छानविन गरी कानून वमोजिम कारवाही गर्न कुनै कसर नराखिने बताएकाछन् । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले आफू वि.व्य.स. सदस्य रहेको विद्यालय भएपनि विवादित विषयमा छानविन गर्न सहयोग गर्ने बताएका छन् ।
गण्डकी वोर्डिङ पोखराको गरिमा हो गौरव गर्न योग्य सम्पत्ति हो तर यस विद्यालयमा पछिल्ला दिनमा जारी विवादले आम शिक्षा प्रेमी पोखरेली जनतामा चिन्ता छाएको छ । विवादित विषयलाई छानविनबा टुङ्गाएर स्फटिक झै पवित्र र निर्मल बनाउन सबैले पहल गर्नु जरुरी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: