पाठ्यभार नपुर्‍याई २ सिफ्ट पढाउनेमा पोखराका १६ बोर्डिङ, ८ सरकारी विद्यालय

सराङकोट न्यूज
17 November, 2022 4:56 pm
Advertisements
Advertisements

पोखरा

जबसम्म विद्यार्थीले पुरा समय कक्षामा पढ्न पाउँदैनन् तबसम्म गुणस्तरीय शैक्षिक विकास हुन सक्छ भनेर कसरी विश्वास गर्ने ? हप्तामा ५ दिन पुरा र १ दिन आधा पढाई गर्ने नेपालको शिक्षा नीति रहेको छ । पाठ्यक्रम विकास केन्द्रले दिएको तालिम बमोजिम कक्षा ११–१२ मा ५ घण्टा २० मिनेट पढाइ हुनुपर्छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले एकै सिफ्ट मात्र पढाइ गर्ने भन्दै पटक पटक सवै विद्यालयलाई समेटेर सूचना प्रकाशन गर्यो ।
नेपाल सरुकारको नियम निकाय स्थानिय तहमा सरेको छ तर विद्यालयहरु महानगरको निर्णय मान्न तयार देखिदैनन् । पटक पटक गरेको सुचना अवज्ञा गरी दुवै सिफ्टलाई निरन्तरता दिनुले पोखरा महानगरका विद्यालय नीति नियम मान्न तयार देखिदैनन्। ५ घण्टा २० मिनेट पाठ्यभारलाई दुइ सिफ्टमा पढाउने विद्यालयले वढि ४ घण्टा मात्र पढाउने गरेका छन् । यसरी झण्डै डेढ घण्टा कम पढाएर संस्थागत तथा समुदायिक विद्यालयहरुले विद्यार्थीको समय माथी ठगी रहेको छ । महानगरपालिका शिक्षा शाखाले समयको ठगी रोक्न र विद्यार्थीलाई एउटै सिफ्टमा मात्र पढाई गर्न गराउन गरेको पहल व्यर्थ वनाउदै २४ वटा विद्यालयहरुले टेर पुच्छर लगाएका छैनन् ।

कुन–कुन विद्यालयले टेरेनन् ?

निजि विद्यालय तर्फ

१. डायमण्ड इ.वोर्डिङ स्कुल, लेखनाथ
२. नेपाल आदर्श इ.वोर्डिङ स्कुल, लेखनाथ
३. जुनियर सिटिजन एकेडमी, लेखनाथ
४. त्रिवेणी पब्लिक इ.वोर्डिङ स्कुल, लेखनाथ
५. मदरल्याण्ड इ.वोर्डिङ स्कुल, मासवार
६. वेस्ट प्वाइन्ट इ.वोर्डिङ स्कुल, पोखरा
७. करुनानिधि एजुकेशन फाउण्डेसन (केफ), सिम्पानी
८. पोखरा आदर्श मा.वि., बगर
९. सिर्जना मा.वि, फिर्के
१०. लिटिलस्टेप वोर्डिङ स्कुल, सिमलचौर
११. ग्लोवल कालिजियट एकेडेमी, रानिपौवा
१२. सगरमाथा आ.मा.वि, नयाँबजार
१३. प्रतिभा मा.वि, पालिखेचोक
१४. न्यू ग्यालेक्सी मा.वि, नदिपुर
१५. माउण्ट अन्नपूर्ण मा.वि, नदीपुर
१६. गुरुकुल विद्या सदन, नयाँबजार

सामुदायिक विद्यालय तर्फ

१. छोरेपाटन मा.वि, छोरेपाटन
२. जनप्रिय मा.वि, सिमलचौर
३. तालवाराही मा.वि, वैदाम
४. नवप्रभात मा.वि, नयाँबजार
५. नविन मा.वि, गैहापाटन
६. कन्या मा.वि, नदिपुर
७. महेन्द्र मा.वि., नयाँवजार
८. कालिका मा.वि, रामबजार
यि विद्यालयहरुले विहान ६ बजे देखि १० बजे भित्र पढाउने गरेका छन्। घण्टी लाग्दा १५ मिनेट ढिला हुने र नयाँ कक्षा सुरु हुनूभन्दा १५ मिनेट अगाडी कक्षा अन्तिम हुँदा पुरा पढाई हुने समय केवल साढे तीन घण्टा मात्र हुन पुग्दछ । ११–१२ कक्षा को पढाईमा विद्यालयमा गरिने भ्रष्टाचार कहिलेसम्म?
त्यसो त यस पोखराका धेरै विद्यार्थी पढ्ने राष्ट्रिय मा.वि. टुडिखेल, भद्रकाली मा.वि.ले महानगरको नीति निर्देशन स्वीकार गरी यसै वर्षबाट दिउँसोको मात्र एक सिफ्ट पढाई सुरु गरिसकेका छन् । यसै वर्षबाट अधिकांश विद्यालय दिवा सिफ्ट मात्र पढाई गर्ने तयारी भइरहको थियो तर महानगरको मेयरले ग्रिन सिग्नल दिएका कारण एकै सिफ्टमा आउन उनिहरु पछि परेका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: